काठमाडौं । चेरीको कम्प्याक्ट अर्बन एसयूभी सेग्मेन्टको एड्भान्स सब एसयूभी गाडी टिग्गो फोर प्रो शुक्रबार नेपाली बजारमा सार्वजनिक भएको छ । चेरीको नेपालका लागि आधिकारिक वितरक एसपीजी ग्रुपले उक्त एसयूभी नेपाली बजारमा ल्याएको हो ।
कम्प्याक्ट क्रसओभर सेग्मेन्टका गाडी चाहने ग्राहकहरुका लागि उत्कृष्ट अप्सनको रुपमा आएको टिग्गो फोर प्रो विभिन्न आकर्षक तथा सुविधाजनक फिचरले भरिपूर्ण छ ।
इन्ट्री लेभल मोडलको यस गाडीमा एलईडी हेडल्याम्प र डीआरएल राखिएको छ । १६ इन्चको अलोय ह्विलका साथै १७ इन्चको अप्सनल डायमण्ड कट अलोय ह्विल भाएको यस गाडीमा ३.५ इन्चको टीएफटी डिस्प्ले छ ।
यस गाडीका सबै हाई रेन्ज लगायत सामान्य मोडलमा समेत एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सहितको १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ ।
सुविधाको हिसाबले यो गाडी एकदमै आरामदायी फिचरले भरिपूर्ण छ । जसमा एयर कन्डिसनिङ, इलेक्ट्रिक विण्डो, अटोमेटिक हेडल्याम्प तथा रेन सेन्सिङ वाइपर्स प्रयोग भएका छन् । यसको लक्जरी भर्सनमा त पावर सनरुफ, इन्टेलिजेन्ट भ्वाइस कमाण्ड सिस्टम तथा क्लाइमेट कन्ट्रोल समेत छन् ।
पावरको ममिलामा यसको इन्ट्री लेभल मोडलमा १.५ लिटरको चार सिलिण्डर पेट्रोल इन्जिन छन् जसले सीभीटीको माध्यमबाट फ्रन्ट ह्विल्सहरुलाई ८५ किलोवाट र १४१ एनएम टर्क प्रदान गर्दछ ।
सुरक्षाका दृष्टिकोणले समेत यो गाडी एकदमै राम्रो छ । यसमा प्यासिभ तथा डाइनामिक सेफ्टी सिस्टम छन् । यसमा मोडल अनुसार २ देखि ६ ओटासम्म एयरब्याग छन् । सबै मोडलमा भेहिकल स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा क्रुज कन्ट्रोल छन् ।
१९० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो गाडीले अफरोडको यात्रा पनि सहजै तरिकाले गर्न सक्छ ।
यो गाडी तीनओटा ट्रान्समिसन भेरियन्टमा उपलब्ध छ । जसमा टिग्गो फोर प्रोको १.५ एल मेनुअल ट्रान्समिसनको मूल्य ४६ लाख २० हजार, १.५ एल सीभीटी ट्रान्समिसनको मूल्य ५२ लाख ५० हजार र १.५ टी टर्बो सीभीटी ट्रान्समिसनको मूल्य ५८ लाख ४० हजार रुपैयाँ रहेको छ । यी तीन वटै भेरियन्टमा १४९८ सीसीको इन्जिन क्षमता छ ।