नेपाल राष्ट्र बैंकको अभियान, सरकारको आकांक्षा र नीतिलाई प्रोत्साहित गर्दै भाटभटेनी सुपर मार्केट, प्रभु बैंक यो अभियानमा जोडिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरेको छ । यसै सिलसिलामा आर्थिक क्षेत्रभित्र हामीले विद्युतीय कारोबारलाई प्रोत्साहितका साथै नयाँ पुस्ताको इच्छा–आकांक्षा परिपूर्ति गर्न कसरी सकिन्छ भनेर लागिरहेका छौं ।
यसले गर्दा समाज र अर्थतन्त्र सुशासित हुनेछ । थप औपचारिकता तिर पनि जानेछ । हाम्रा कारोबारहरू पारदर्शी हुनेछन्, राज्यले त्यहीअनुसार, सजिलैसँग पाउनेछ । हाम्रो कारोबार पनि सँगसँगै वृद्धि हुँदै जानेछ । यी विभिन्न फाइदाहरूकाबीच हामीले वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छौं ।
म पुनः बधाई दिन चाहन्छु भाटभटेनी स्टोरलाई । सायद यहाँ कमै हुनुहोला, जसले यो स्टोर बन्नु अगाडि मीनबहादुर गुरुङको सानो स्टोरबाट पहिला पनि केही ब्रेड, बटर र कोक फ्यान्टा खाने गथ्र्यौं । त्यो मध्येको एउटा व्यक्ति म पनि हुँ ।
बालुवाटारमा अफिस सिध्याएर, बेलुका घर फर्किंदा सानो एउटा कोठाको स्टोर थियो । जसको उपभोग हामीले त्यतिबेला पनि गथ्र्यौं । अहिले उहाँले त्यो स्टोरलाई देशव्यापी रूपमा यसरी ल्याउनु भएको छ । हामीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा दिनु भएको छ, त्यसका लागि उहाँलाई म बधाईसमेत दिन चाहन्छु । उहाँले धेरै ठूलो उपलब्धि हासिल गर्नुभएको छ ।
कतिपय ठाउँमा त स्टोर पनि पर्यटकीय स्टोर बनाइ सक्नुभएको छ उहाँले । मैले सोसल मिडियामा हेरिरहेको छु, सुनिरहेको छु, इटहरीको स्टोरमा मान्छेहरू हेर्नलाई, पर्यटनका लागि पनि त्यहाँ गइरहेका छन् । त्यस्तो उपलब्धि हासिल गरिरहनु भएको छ, यसअर्थमा उहाँलाई बधाई छ ।
समाज र अर्थतन्त्र सुशासित हुनेछ । थप औपचारिकता तिर पनि जानेछ । हाम्रा कारोबारहरू पारदर्शी हुनेछन्, राज्यले त्यहीअनुसार, सजिलैसँग कर पाउनेछ । हाम्रो कारोबार पनि सँगसँगै वृद्धि हुँदै जानेछ । यी विभिन्न फाइदाहरूकाबीच हामीले वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छौं ।
जहाँसम्म ‘पेमेन्ट सिस्टम’को कुरो छ डिजिटल अर्थात विद्युतीय भित्रै धेरै खालका अरू माध्यम पनि पर्छन् क्यूआर बाहेकका पनि धेरै छन् । आज हामीले यहाँ क्यूआरको उद्घाटन गरिरहेका हौं । विद्युतीय माध्यमको फाइदा अझ धेरै छ, अझ क्यूआरको धेरै छ ।
समयको बचत हुन्छ । अहिले यही काउन्टर कै कुरा गरौं, धेरै टाढा नजाऊ । काउन्टरमा बस्ने व्यक्तिलाई हामीले पैसा दिँदा, गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ । फेरि त्यसलाई मिलाएर पाकेटमा राख्नुपर्छ, त्यसपछि त्यही दिन अथवा भोलिपल्ट बैंकमा लगेर जम्मा गर्नुपर्यो ।
बैंकका काउन्टरवालाले पनि गन्न थाल्छन्, त्यहाँ बसेर हेर्नुपर्यो । एउटा काम पूरा हुनका लागि त्यही काउन्टरमा पनि अर्को मान्छे लाइनमा बस्नुपर्छ । केही झन्झट नै छैन । उहाँले स्क्रिन घुमाउनु भयो सिधैं बैंकको खातामा गयो । नगदको कारोबारमा बैंकसम्म पुग्नलाई म बैंकमा गएर पैसा निकालेर यहाँ ल्याएर तिर्नुपथ्र्यो । काउण्टरमा अर्को एकजना कर्मचारीको काम त्यसमा नै हुन्थ्यो ।
बैंकमा पुगुन्जेल र ब्याज आउन्जेल कति समय लाग्थ्यो, यहाँ त कारोबार हुनासाथ बैंकमा क्रेडिट भयो र त्यही पोइन्टबाट बैंकले ब्याज पनि दिने काम पनि सुरु गर्छ । आम्दानीलाई पनि यसले धेरै सहयोग गर्छ र कारोबारको मात्रालाई पनि सहयोग गर्छ । नगदबाट एक जनासँग कारोबार गर्ने समयमा क्यूआरबाट ५ जनासँग कारोबार गरी सक्नुहुन्छ । कारोबार पनि त्यसरी बढ्न सक्छ, सेटलमेन्टमा सजिलो भयो ।
यस्ता कैयौं फाइदाहरू हामी सिधै देख्छौं । व्यक्तिलाई हुने, व्यवसायीलाई हुने फाइदा धेरै छन् । यो त स्थापित संस्था भयो, स्टोर भयो । कैयौं ठाउँमा हामीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सुनिरहेका छौं, क्यूआर पेमेन्ट, क्यूआरको ट्रान्जेक्सन हेरेर एआईमार्फत बैंकहरूले आफ्ना ग्राहकको हैसियतहरू बुक गर्दै जान्छन्, डेटा बेसहरू बनाउँदै जान्छन् । तपाईँले भोलि बिनाधितो ऋण पाउन सक्ने, बैंकसँग कारोबार गर्न सक्ने हैसियत बनाउन सक्नुहुन्छ । तपाईँको हैसियत छ तर, देखाउन सक्नु भएको छैन ।
अब यो सामान्य डिजिटल कारोबार गरेको कारणले त्यसैबाट हैसियत झल्किँदै जान सक्छ । तपाईँ आफैं बैंकसँग रिक्नाइज्ड हुँदै जना सक्नुहुन्छ । त्यस्ता कुराहरूमा फाइदा रहन्छ । सबै सोसाइटीका व्यक्तिहरूलाई वित्तीय सिस्टममा समाहित गर्ने र वित्तीय सिस्टमको सेवा गराउने हाम्रो पहल रहेको छ । यो हाम्रो मात्रै होइन संसारभरिका केन्द्रीय बैंकहरूको सोच रहेको छ ।
वित्तीय समावेशीको अभियानमा हामीले डिजिटल सर्भिसलाई बेवास्ता गर्यौं भने त्यो कहिले सम्भव हुँदैन । अहिले हामीलाई के सहज भएको छ भने मोबाइल सुरुमा सञ्चारको माध्यम थियो, एकअर्काको खबर सुन्ने मात्रै थियो ।
अहिले मोबाइल एउटा महत्वपूर्ण मनोरञ्जनको साधन भयो । त्यति मात्रै होइन पेमेन्टको महत्वपूर्ण साधन बनेर गएको छ । यसैमार्फत हामी मोबाइल बैंकिङ चलाउँछौं र पेमेन्टहरू गर्छौं । प्रत्येक व्यक्तिको हातमा मोबाइल हुँदा पक्कै पनि उसलाई उत्साहा जाग्छ र म पनि यो चलाउँछु भन्छ ।
उसले म पनि यो चलाउँछु भन्ना साथ बैंकिङ सिस्टमभित्र प्रवेश गर्छ । जसले गर्दा वित्तीय समावेशीतालाई पनि धेरै सहयोग पुग्छ । यसका धेरै फाइदा भएको कारणले राष्ट्र बैंकले प्रोत्साहित तथा जोडबल गरिरहेको छ ।
हामीले गत सालबाट यो प्रयासलाई अलिकति बल दिएर अगाडि बढाइरहेका छौं । यो सेवा सञ्चालनका लागि २८ वटा पीएसपीलाई अनुमति/सहमति दिएका छौं । १० वटा पीएसओहरूलाई सहमति दिएका छौं । हामीले सबैलाई प्रोत्साहित गरिरहेका छौं, तपाईँहरूको कारोबार बढाउनुस्, जति कारोबार, आउट्रिज बढाउनु हुन्छ त्यति नै यो डिजिटल पेमेन्ट सेवा थप सुदृढ हुँदै जान्छ ।
केही पेमेन्ट सर्भिस प्रोभाइडरहरू निकै अगाडि हुनुहुन्छ केही पछाडि हुनुहुन्छ । पछाडि रहेकाहरूलाई पनि अगाडि ल्याउन खोजिरहेका छौं, बल गरिरहेका छौं । मलाई आशा छ, सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा काम गरी दिनुभयो भने, हाम्रो यो डिजिटल नेपाल अथवा लेस क्यास सोसाइटीको अभियान चाँडै नै पूरा गर्न सक्ने छौं । यास सिलसिलामा आजको यो अभियानमा प्रभु बैंक र फोन पे २ वटाको महत्वपूर्ण सहयोग रहेको मैले देख्या छु ।
केही पेमेन्ट सर्भिस प्रोभाइडरहरू निकै अगाडि हुनुहुन्छ केही पछाडि हुनुहुन्छ । पछाडि रहेकाहरूलाई पनि अगाडि ल्याउन खोजिरहेका छौं, बल गरिरहेका छौं । मलाई आशा छ, सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा काम गरी दिनुभयो भने, हाम्रो यो डिजिटल नेपाल अथवा लेस क्यास सोसाइटीको अभियान चाँडै नै पूरा गर्न सक्ने छौं । यास सिलसिलामा आजको यो अभियानमा प्रभु बैंक र फोन पे २ वटाको महत्वपूर्ण सहयोग रहेको मैले देख्या छु ।
हामीले एक खालको ‘इको सिस्टम’ बनाउनु छ । इको सिस्टम भनेको तपार्इं हामी सबै भएको सिस्टम हो । भनौं, एउटा तरकारी पसल, अरू कुनै पनि स्टोर, भाटभटेनीले किन्ने ठाउँ र बेच्ने कुराका ग्राहकहरू पनि इको सिस्टम भित्र पर्नु हुन्छ । हामीले मोबाइलबाट किन्दिएनौं भने यो क्यूआर सफल हुँदैन, डिजिटल पेमेन्ट सफल हुँदैन ।
हामी सबैले आ–आफ्नो ठाउँबाट डिजिटल विषेश गरी क्यूआर पेमेन्टलाई, नेपालको राष्ट्रिय हितको सन्दर्भमा यसको विशेष महत्व छ । यसबाट ‘डोमेस्टिक बेनिफिट’ धेरै छ । अन्तर्राष्ट्रिय रूपमा केही पेमेन्ट गर्नु पर्दैन त्यसकारण पनि डिजिटल पेमेन्टमध्ये क्यूआर पेमेन्टलाई हामीले विशेष महत्व दिएका हौं । यसमा यहाँहरू सबैले आ–आफ्नो, परिवार, समाज र सञ्जलभित्र यही प्रयास गर्नु दिनु होला ।
मलाई चै निकै सजिलो भएको छ अहिले । पोहोर पुस १० गते पहिलो उद्घाटन गरेको हुँ, यहीँ नक्साल तरकारी बजारबाट । त्यस पछाडि सायदै कमै नगद चलाउनु परिरहेको छ । यो यहाँहरू सबैले इको सिस्टममा सहयोग गरी दिएको कारणले नै हो । आजबाट भाटभटेनीले यस्को सुरुवात गरेको छ ।
(गभर्नर अधिकारीले प्रभु बैंक र भाटभटेनी सुपर मार्केटबीच क्यूआर कोड सेवा सञ्चालन कार्यक्रमलाई गरेको सम्बोधनको सम्पादित अंश)