काठमाडौं । यो साताभरी नै सेयर बजारमा हरियाली देखिएको छ । आइतबारदेखि निरन्तर बढेको बजार बिहीबार अन्तिम कारोबार दिनसम्म कायम रह्यो । बिहीबार बजार १३ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७८२ अंकमा पुगेको छ ।
आइतबार २७.५१ अंक, सोमबार ८७.६३, मंगलबार ७८.८२ र बुधबार १८ अंकले बजार बढेको थियो । ४ दिनमा बजार २२५ अंकले सेयर बजार बढेको छ ।
ब्याजदरमा नेपाल राष्ट्र बैंकको लगाम, सेयरधितो कर्जामा केन्द्रीय बैंकले पुनरावलोकन गर्ने चर्चा, निर्वाचन आयोगद्धारा चैत ५ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस, ब्रोकरहरुद्धारा सेयर कारोबारलाई सहज बनाउन थप धितोको व्यवस्थालगायतका कारणले सेयर बजारमा निरन्तर बढेको हो ।
बुधबारको तुलनामा बिहीबार कारोबार घटेको छ । बिहीबार ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेच भएको छ । बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
बिहीबार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड र नबिल बैंकको सबैभन्दा बढी कारोबार भएको छ । नेसनलको प्रतिकित्ता ४३४ मा २९ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नबिल बैंकको १५९८ मा २२ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
बिहीबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । रिडीको सेयर १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बिमा, अन्य, लघुवित्त र लगानी परिसूचक बढदा, बैंकिङ, व्यापार, होटल एन्ड टुरिज्म, उत्पादन तथा प्रशोधन, जीवन बिमा र भ्युचअल फण्डको सेयर मूल्य घटेको छ ।
यो पनि हेर्नुहोस
साताको पाँचै दिन सेयर बजारमा हरियाली, अर्को साता थप उचाइको प्रतिक्षामा