काठमाडौं । अरुण काबेली पावर लिमिटेडले २५ मेगावाटको काबेली बी–१ आयोजना बनाउन लिएको कर्जा मेगा बैंकमा स्थानान्तरण गरेको छ ।
कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा नबिल बैंक, ग्लोबल आईएमई बैंक,लक्ष्मी बैंक, प्रभु बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सहवित्तीयकरण (कन्सोर्टियम) बाट ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लिएको थियो ।
सो ऋणलाई मेगा बैंकमा स्थानान्तरण गरी ५ वर्षका लागि स्थिर ब्याजदर कायम गरिएको ११ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । स्थिर ब्याजदरबाट सेयरधनीहरुलाई उच्चदरमा लाभाश वितरणको लागि सहयोग पुगेको कम्पनीले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
आयोजनाबाट २०७६ कात्तिक २३ गतेदेखि व्यववसायिक रुपमा बिजुली उत्पादन भएको हो । यसैगरी गत वर्ष आयोजनाले १३.२३ करोड किलोवाटघण्टा विद्युत उत्पादन गरी सोको बिक्रीवाट ७०.६७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यो रकम कम्पनीको वार्षिक लक्ष्यको ९४ प्रतिशत हुन आउँछ । गत वर्ष गरेको नाफाबाट अरुण काबेलीले सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
यसैगरी अरुण काबेलीलाई अन्य कम्पनीसँग मर्जर गर्ने तथा आगामी वर्षदेखि नयाँ आयोजनाहरु निर्माण गर्ने लक्ष्य लिएर काम गरिरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले ऋण तिर्ने प्रयोजनका लागि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने वार्षिक प्रतिवेदनमा उल्लेख छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त रकमले बैंकको ऋण तिर्ने कम्पनीले जनाएको छ ।
हल्लाका भरमा हकप्रद सेयर दिने अरुण काबेलीको प्रस्ताव