काठमाडौं । जगदम्बा मोटर्सले ०.९९ प्रतिशतमै प्रोटोनको कार खरिद गर्ने अफर ल्याएको छ । प्रोटोनको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमै पहिलो पटक ०.९९ प्रतिशतमा कार किन्ने अफर ल्याएको हो ।
मोटर्सले ०.९९ प्रतिशतको ब्याजदर योजनाका साथै अन्य ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरेको छ। यो योजना असोज २४ गतेबाट सुरु भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने उल्लेख गरेको छ ।
नेपालमा बैंकको ब्याजदरमा उतारचडाव भैरहेको अवस्थामा पनि यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको साँगा र एक्स ७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्स गरेर खरिद गर्न सक्नेछन्। आवश्यक कागजपत्र बुझाएको ४८ घण्टामै ग्राहकहरुले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने छन्।
प्रोटोन ‘विशेष’ योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फाइनान्सको योजनाहरु पाउन सक्नेछन् । जसअन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा पनि रहेको छ ।
किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन-हाउस फाइनान्सको सुविधा प्रदान गर्दै आइरहेको छ।
विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन साँगाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स ७० को सुरुवाती मुल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुने जनाएको छ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ । जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो पहिलो गाडी बजारमा ल्याएको थियो।