काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा परेको छ । विश्व प्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनौटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पहिलो नम्बरमा पर्न सफल भएको हो ।
फोर्ब्सले बर्सेनि सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले बर्सेनि आफ्नो अग्रस्थान कायम गर्दै आइरहेको छ ।
फोब्र्सको छनौटमा परेका शीर्ष २० कम्पनीमा सामसङपछि दोस्रो स्थान आईबीएमले लिन सफल भएको छ । यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, बीएमडब्लू, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनि परेका छन् ।
कोरोना महामारीका कारण विश्व बजार नै अप्ठ्यारोमा परेका बेलासमेत सामसङले आफूलाई विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ ।
नेपालमा पनि दक्षिण कोरियाली इलेक्टोनिक्स कम्पनी सामसङको महत्वपूर्ण हिस्सा रहेको छ । पछिल्लो समयमा यसका प्रयोगकर्ता झनै बढ्दै गएका छन् ।