काठमाडौं । हिरो मोटरकर्पले नेपाली बजारमा आफ्नो नयाँ स्कुटर माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकहरूका लागि नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताबमोजिम विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो ।
‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० नेपालका ग्राहकहरूका लागि उत्कृष्ट डिजाइनका साथ आएको छ । विशेषगरी युवा लक्षित निर्माण गरिएको यो स्कुटरमा स्टाइलिस लुक्स र अत्याधुनिक प्रविधिको समिश्रण छ । पहिलो फर्स्ट इन सेग्मेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, पूर्णडिजिटल स्पिडोमिटर, आई थ्री एस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसनसहित नयाँ शार्पर डिजाइनसहित उपलब्ध छ ।
यो स्कुटरको मूल्य नेपाली बजारमा २ लाख १५ हजार रुपैयाँ रहेको छ । नयाँ माएस्ट्रो एज ११० मा पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीसहित प्राविधिक रूपमा उन्नत सुविधाहरू उपलब्ध छ । यसमा टर्न–बाइ–टर्न नेभिगेसन छ जसले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्टसमेत प्रदान गर्छ ।
आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्छ भने ग्राहकको सुविधाका लागि बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।
यसमा नयाँ आकर्षक स्लिकर डिजाइन र पहिलो पटक शक्तिशाली एलईडी प्रोजेक्टर हेड लाइट छ । स्कुटरको अगाडिको भाग तिखो डिजाइनमा छ । यो म्याट रेड र ब्ल्यु रंगमा उपलब्ध छ ।
बीएस फोर अनुरूपको ११० सीसी इन्जिनद्वारा सञ्चालित छ जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ । जुन अधिकमत ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम छ ।
नेपालमा हिरो मोटोकर्पको बिक्री दायरामा एचएफ डिलक्स, स्प्लेन्डर+, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर+ प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर छन् ।