काठमाडौं । हिँडिरहेको बाटोबाट मोडिएपछि सफलता पाउन कठिन हुन्छ । थोरैले मात्र यस्तो सफलता हात पार्छन् । तिनै मध्येका एक हुन् सुमन पोखरेल । बच्चा बेलादेखि नै इन्जिनियर बन्ने ठूलो सपना बोकेका पोखरेलले साइन्स अध्ययनलाई छोडेर आफ्नो सपनालाई पनि मारे तर अध्ययनमा मोडिएको उनको पाइलाले आज देशकै अग्रणी कंगलोमेरेट बिजनेस कम्पनी आईएमई ग्रुपलाई अब्बल व्यवस्थापनमार्फत हाँकिरहेका छन् ।
पोखरेल मुलुककै ठूलो र नम्बर एक रेमिट्यान्स कम्पनी आईएमई रेमिट्यान्सको प्रमुख कार्यकारी अधिकृत हुन् । आईएमई ग्रुपभित्रको दर्जनौं व्यवसायमा पोखरेलले व्यवस्थापन हेरिसकेका छन् । आईएमई अटोमोटिभ्समा प्रबन्ध निर्देशक भएर ग्रुपको अटोमोबाइल व्यवसायमा उनले नयाँ उचाइमा पुर्याए ।
डिसहोमदेखि ग्लोबल आईएमई बैंकमा बोर्डमा बसेर उनले थु्रपै काम पनि गरे । लुबुका मध्यमवर्गीय रैथाने पारिवारिक पृष्ठभूमि भएका पोखरेल नेपाल सरकारका तत्कालीन सहसचिवका छोरा हुन् । आफ्नो प्रारम्भिक स्कुले दिनका बारेमा सुमन सुनाउँछन् ।
‘उपत्यकाभित्रै भए पनि लुबु खासै विकसित थिएन, यसैले बुवाले हामीलाई साइकलमा राखेर लुबुबाट पढ्नलाई सधैं सातदोबाटोको महेन्द्र आदर्श विद्यालय ल्याउनु हुन्थ्यो ।’ उनले आफ्नो माध्यमिक तहको पढाइ पनि सोही महेन्द्र आदर्श विद्यालयबाट पूरा गरे । बाल्यकालदेखि नै उनको स्पष्ट योजना भविष्यमा इन्जिनियर बन्ने थियो ।
एसएलसी पास गरेपछि साइन्स पढ्न उनी त्रिचन्द्र कलेजमा भर्ना भए । पढाइ चल्दै थियो बीचमा दसैं बिदा आयो । त्यसैबेला सुमनलाई टाइफाइड भयो । बिमारीका कारण उनले केही दिन कलेज जान सकेनन् । बिमार अलिक बिसेक भए जस्तोे लागेपछि उनी पुनः कलेज जान थाले । त्यसबेला उनी लुबुदेखि साइकल चलाएर त्रिचन्द्र कलेज धाउने गर्थे । धपेडीले बिमारी फेरि बल्झियो ।
अवस्था साह्रै नाजुक भएपछि त्यसबेलाका नामुद डक्टर आइएल आचार्यलाई देखाउँदा उनको टाइफाइड बल्झिएको थाहा भयो । स्वास्थ अवस्था निकै जटिल भइसकेको हुनाले उनले ६ महिना नै बेड रेस्ट लिन पर्ने भयो । यसरी कलेजको पहिलो वर्ष यतिकै खेर गयो । अर्को वर्ष उनले पाटन क्याम्पसमा साइन्सको फेरि इन्ट्रान्स दिएर भर्ना हुन तयारी पनि गरेँ । तर, इन्ट्रान्स परीक्षाको मितिमा भुलचुक हुँदा उनले पाटनमा भर्ना हुन पाएनन् । त्यसबेला अहिले जस्तो जताततै निजी कलेजहरू पनि थिएन ।
एक वर्ष खेर गइसकेको थियो, अब अर्को वर्ष पनि खेर फाल्न उनलाई मन्जुर भएन । पढाइलाई निरन्तरता दिन कलेज खोज्दै जाँदा नेपाल कमर्स कलेज (एनसीसी)मा मात्र भर्नाको समय बाँकी रहेको पाएपछि उनले आफ्नो इन्जिनियर बन्ने सपनासँग सम्झौता नै गरेर म्यानेजमेन्ट विषयमा भर्ना हुने निर्णय लिए ।पहिलोपटक उनले बाध्यताले आफ्नो सपनालाई परित्याग गरी नयाँ संकायमा जाने जोखिम लिए ।
पोखरेल मुलुककै ठूलो र नम्बर एक रेमिट्यान्स कम्पनी आईएमई रेमिट्यान्सको प्रमुख कार्यकारी अधिकृत हुन् । आईएमई ग्रुपभित्रको दर्जनौं व्यवसायमा पोखरेलले व्यवस्थापन हेरिसकेका छन् । आईएमई अटोमोटिभ्समा प्रबन्ध निर्देशक भएर गु्रपको अटोमोबाइल व्यवसायमा उनले नयाँ उचाइमा पुर्याए । डिसहोमदेखि ग्लोबल आईएमई बैंकमा बोर्डमा बसेर उनले थु्रपै काम पनि गरे । लुबुका मध्यमवर्गीय रैथाने पारिवारिक पृष्ठभूमि भएका पोखरेल नेपाल सरकारका तत्कालीन सहसचिवका छोरा हुन् । आफ्नो प्रारम्भिक स्कुले दिनका बारेमा सुमन सुनाउँछन् ।
यसरी साइन्सबाट पाइला मोडिएपछि उनी एनसीसीबाट आफ्नो आइकम पूरा गरी शंकरदेवमा म्यानेजमेन्टमै ब्याचलर्स र मास्टर्स अध्ययन गर्न भर्ना भए । म्यानेजमेन्टको विद्यार्थी भएपछि अब नेपाल राष्ट्र बैंकमा जागिरे हुने उनको ध्येय थियो । त्यसैबेला सन् २००३ मा उनी मास्टर्सको पहिलो वर्षको परीक्षा दिने तयारीमा थिए । तब कान्तिपुर दैनिकमा एभरेष्ट बैंकले म्यानेजमेन्ट ट्रेनिङको भ्याकेन्सी खुलाएको विज्ञापन छापियो ।
राष्ट्र बैंकमा जाने सपना बोकेका सुमनलाई घरमा बैंकर रहेका अंकलहरूले समेत प्राइभेट, इन्डियन भेन्चर बैंक राम्रो हुन्छ भनी आवेदनका लागि सल्लाह दिए । त्यो कुरालाई उनले हल्का रूपमा लिएर २००३ मा अप्लाई पनि गरे । तर, इन्ट्रान्स परीक्षा राम्रो भएछ । उनी सेलेक्ट भए । कामका लागि बैंकबाट पनि खबर आयो । मन त अझै राष्ट्र बैंकमै थियो । तर, राष्ट्र बैंकमा पछि गए पनि हुन्छ अहिले आएको अवसरलाई सदुपयोग गर्ने सल्लाह आएपछि उनी एभरेष्ट बैंकमा जोडिन पुगे । दोस्रोपटक अवसरका कारण सुमनले आफ्नो पाइला मोडिदिए ।
मास्टर्सलाई निरन्तरता दिन उनले बुटवल वा विराटनगरको शाखामा जाने प्रस्ताव गरेपछि एभरेष्ट बैंकले उनलाई विराटनगर पठायो ।
म्यानेजमेन्ट ट्रेनीबाट बैंक प्रवेश गरेका सुमन ६ महिनामै सिनियर असिस्टेन्टका रूपमा बढुवा भए । उपत्यका बाहिर काम गर्न थालेपछि त्यताकै माहोलमा उनी बिस्तारै भिज्न थाले । बैंकमा दैनिक आउने नयाँ–नयाँ चुनौती, कार्यभार, प्रेसरमै व्यस्त हुन थालेपछि उनको ध्याउन्न त्यतै तिर बढ्न थाल्यो । राष्ट्र बैंकमा जाने सोच विस्तारै ओझेल हुन थाल्यो ।
यता प्राइभेट बैंकमा उनको ग्रोथ पनि राम्रोसँग भइरहेको थियो । सिनियर असिस्टेन्ट भएको डेढ वर्षमै उनी जुनियर अफिसर भए । त्यसको केही समयमै अर्थात् एभरेष्ट बैंकमा प्रवेश गरेको तीन वर्षमै २००६ मा उनी अफिसर भए । उनको बढुवाको रफ्तार पनि सामान्य थिएन ।
‘म पहिला साइन्स पढेर इन्जिनियर हुन चाहन्थे, व्यवस्थापनमा आए पनि राष्ट्र बैंकको जागिरे हुन खोजिरहेको थिए दुवै मैले चाहेजस्तो भएन तर पनि म बैंकमै रहे,’ उनले भने ।
एभरेष्ट बैंकमा उनी अब विस्तारै रेमिट्यान्स सेक्टरतिर आउँदै थिए । तब एभरेष्ट बैंक पनि रेमिटर्स एसोसिएसनको सदस्य थियो । बैंकको तर्फबाट पोखरेल बैठकमा भाग लिन जान्थे । बैठकमा जाँदा एसोसिएसनका तत्कालीन अध्यक्ष चन्द्र ढकालसँग उनको भेट हुन थाल्यो । त्यस बेला चन्द्र ढकालले भर्खरै ग्लोबल आईएमई बैंक स्थापना गरेका थिए । ग्लोबल आईएमईमा आउन उनलाई चन्द्र ढकालले प्रस्ताव गर्ने थालेका थिए । एभरेष्टको व्यवस्थापनसँग पनि सम्बन्ध अलिक खल्लो हुन थालेको थियो ।
यसैबीच सन् २००७ मा उनले एभरेष्ट बैंकको जागिर छाडेर ग्लोबल आईएमईमा सिनियर अफिसरका रूपमा प्रवेश गरे । ३ वर्ष ग्लोबल आईएमई बैंकमा काम गरेपछि पोखरेल आईएमई रेमिट्यान्समा पुगे । एभरेष्ट बैंकदेखि उनको रेमिट्यान्सको अनुभव अध्यक्ष चन्द्र ढकाललाई थाहा थियो । आईएमईलाई अझ बढी भाइब्रेन्ट बनाउन आइडियटरको खोजी भइरहेको बेला पोखरेलको आईएमईमा इन्ट्री भयो ।
त्यसबेला बैंकलाई निकै अग्रणी क्षेत्र र बैंकर जागिरलाई निकै प्रतिष्ठित कामका रूपमा हेरिन्थ्यो ।
त्यसरी एकाएक बैंकको जागिर छोडेर कुनै निजी कम्पनीमा जाँदा त कतिले उनलाई मति भ्रष्ट भएको संज्ञा पनि दिए । ‘त्यस समयको लोभलाग्दो बैंकिङ क्षेत्रलाई छोडेर निजी कम्पनीमा जाँदा मैले त सम्भावित परिणामको कुनै हिसाब किताब पनि गरेको थिइन्,’ उनी भन्छन् ।
राष्ट्र बैंकमा जाने सपना बोकेका सुमनलाई घरमा बैंकर रहेका अंकलहरूले समेत प्राइभेट, इन्डियन भेन्चर बैंक राम्रो हुन्छ भनी आवेदनका लागि सल्लाह दिए । त्यो कुरालाई उनले हल्का रूपमा लिएर २००३ मा अप्लाई पनि गरे । तर, इन्ट्रान्स परीक्षा राम्रो भएछ । उनी सेलेक्ट भए । कामका लागि बैंकबाट पनि खबर आयो । मन त अझै राष्ट्र बैंकमै थियो । तर, राष्ट्र बैंकमा पछि गए पनि हुन्छ अहिले आएको अवसरलाई सदुपयोग गर्ने सल्लाह आएपछि उनी एभरेष्ट बैंकमा जोडिन पुगे । दोस्रोपटक अवसरका कारण सुमनले आफ्नो पाइला मोडिदिए ।
ग्लोबल आईएमई प्रवेश गरेको डेढ वर्षमै उनी ग्लोबल आईएमई बैंकको असिस्टेन्ट म्यानेजर भएका थिए । बैंकमा काम गरिरहे पनि उनको विज्ञताको क्षेत्र त रेमिट्यान्स नै थियो । त्यसैले बैंक रहेर रेमिट्यान्सलाई पनि हेर्न थाले । यसैबीच २०१० मा अब पूर्णरूपमा आईएमई रेमिट्यान्सकै जिम्मेवारी लिने सोचले आईएमई रेमिट्यान्समा जनरल म्यानेजरका रूपमा छिरे ।
सौभाग्यवश उनी आईएमईमा प्रवेश गर्दा नेपालमा रेमिट्यान्स उद्योग तीव्र रूपमा फस्टाइरहेको थियो । कम्पनीले पनि रेमिट्यान्स उद्योगलाई बृहत् रूपमा विस्तार गरिरहेका थिए । समयको मागको कारण रेमिट्यान्सले आफैं गति लिइरहेको थियो । तब उनको उपस्थितिले सुनमा सुगन्ध थपिदियो । उनले आईएमईको ब्राण्ड प्रोमोसन तथा सेवाग्राहीलाई ब्राण्डसँग जोड्ने कामको थालनी गरे ।
उनकै नेतृत्वमा आईएमई ब्राण्डले एकदमै राम्रो प्रबद्र्धन गर्दै जान थाल्यो । रेमिट्यान्स र आईएमई पर्यायवाची शब्द जस्तै बन्न पुग्यो । मानिसहरू रेमिट्यान्स गरौं भन्दैन थिए सिधै आईएमई गरौं भन्थे । त्यो स्तरको ब्राण्ड पहिचान सुमनको नेतृत्वमा आईएमईले पाउन सफल भएको थियो, जुन आजसम्म पनि कायमै छ ।
मलेसियामा त आईएमईको वर्चस्व थियो नै विस्तारी अन्य मुलुकहरूमा पनि फैलिन थालेको थियो । २०११ देखि २०१७ सम्म रेमिट्यान्सका लागि स्वर्णिम अवधि नै रह्यो ।
आईएमई फाइनान्सको मर्जर कमिटीमा रहेर ग्लोबल बैंकसँग मर्जरमा उनले आफ्नो विज्ञता पनि देखाए । फाइनान्स बैंकसँग मर्ज भएपछि उनी बैंकको बोर्डमा आठ वर्ष अर्थात् दुई कार्यकालसम्म बसे ।
सुमन आफू पनि स्वभावले एउटा मात्र क्षेत्रमा संकुचित भएर बस्ने सक्ने खालका छैनन् । साइन्सदेखि मोडिएयता उनले यसलाई सफल पनि सावित गरिसकेका छन् । विभिन्न क्षेत्रमा नयाँ–नयाँ काम गर्न, जोखिम लिइरहन पर्छ । एभरेष्टमा हुँदा उनी बैंक र रेमिट्यान्समा मात्र सीमित थिए । तर, अहिले आईएमई ग्रुपमा आएपछि उनी यस कम्पनीका विभिन्न भर्टिकल सेक्टरमा नयाँ पृथक आइडियाहरूमा काम गरिरहेका छन् ।
आईएमई ग्रुपमा रहेर उनले सिंगो कंगलोमेरेटलाई मात्र होइन कति भर्टिकलमा आफैंले नेतृत्वसमेत गरेका छन् । उनको करियर ग्राफ पनि निकै रोचक छ । वित्तीय क्षेत्रमा लागेका उनी सुरुमा बैंकमा प्रवेश गरे त्यसपछि आईएमई ग्रुपको रेमिट्यान्स, बीचमा डिसहोम, अटोमोबाइल । उनीसँग धेरै क्षेत्रको अनुभव र ज्ञान छ । कहिले त उनले दोहोरो भूमिका समेत निभाएका छन् ।
‘मेरो स्वभाव नै त्यस्तै छ, म कुनै एक ठाउँमा मात्र अडिएर बस्न सक्दिनँ,’ सुमन हाँस्दै भन्छन्, ‘२०१८ मा अटोमोबाइलको पूर्ण व्यवस्थापनको खाँचो थियो तब मलाई त्यता हेरिदिन आग्रह भए पछि म त्यता पनि गएँ । मलाई त्यसको कुनै ज्ञान नै थिएन । डिसहोममा पनि जान पर्ने भयो आधा दिन डिसहोम र आधा दिन आईएमईमा रहेर पनि केही समय काम गरेँ ।’
बैंकमै रहेको भए पनि उनको करियर यसैगरी अघि बढिरहने थियो भन्नेमा उनलाई विश्वास छ । सुमनलाई कति बैंकबाट अफर नआएको होइन, तर बैंकभित्र एउटा निर्धारित फ्रेमवर्कभित्र बसेर काम गर्न पर्ने हुँदा उनी आफ्नो स्वभावले नदिने बताउँछन् ।
पोखरेल नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष हुने भने म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष । सुमन कुनै ठूलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाबाट दीक्षित विद्यार्थी पनि होइनन् । मोफसलका आम नागरिकको पहुँच भएकै एनसीसी र शंकरदेव कलेजका प्रोडक्ट हुन् । बुवा उच्च पदस्थ सरकारी कर्मचारी भए पनि घरेलु जिम्मेवारीले थिचिएको उनले भरपुर संसाधन पनि पाएनन् । यद्यपि उनले लोभलाग्दो करियर हासिल गरे । देशकै अग्रणी कंगलोमेरेटको उच्च पदस्थ व्यक्ति बने ।सुमन आफ्नो वृद्धि विकास औपचारिक शिक्षा र संस्थानमा भन्दा पनि आफैंमा निर्भर हुने बताउँछन् ।
४२ वर्षीय सुमन पोखरेल आज वित्तीय, रेमिट्यान्स, ऊर्जा, हस्पिटालिटी, प्रविधि, इन्फोटेन्मेन्ट, अटोमोटिभ, रिटेल, लजिस्टिक्सलगायत आधा दर्जनभन्दा धेरै व्यवसायको मातृ संस्था आईएमई ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा बसेर आफ्नो आइडिया र नेतृत्व प्रदान गरिरहेका छन् ।
पोखरेल नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष हुने भने म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष । सुमन कुनै ठूलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाबाट दीक्षित विद्यार्थी पनि होइनन् । मोफसलका आम नागरिकको पहुँच भएकै एनसीसी र शंकरदेव कलेजका प्रोडक्ट हुन् । बुवा उच्च पदस्थ सरकारी कर्मचारी भए पनि घरेलु जिम्मेवारीले थिचिएको उनले भरपुर संसाधन पनि पाएनन् । यद्यपि उनले लोभलाग्दो करियर हासिल गरे । देशकै अग्रणी कंगलोमेरेटको उच्च पदस्थ व्यक्ति बने ।सुमन आफ्नो वृद्धि विकास औपचारिक शिक्षा र संस्थानमा भन्दा पनि आफैंमा निर्भर हुने बताउँछन् ।
‘हावर्डको सर्टिफिकेट भयो भने राम्रो हो तर सफल हुनका लागि त्यो अनिवार्य आवश्यकता भने होइन,’ उनी भन्छन्, ‘ठूलो ठाउँमा पढेर मात्र सफल हुने होइन । नेपालको पढाइ पनि राम्रो छ । तर, यो सबै कुरा तपाईंमै निर्भर छ । तपाईं पढाइलाई कसरी लिनुहुन्छ कस्तो टुल मान्नुहुन्छ त्यसमा भर पर्छ, आफ्नो प्यासन, रुचि र इन्ट्रिगिटीका कुराहरू हुन्छन्,’।
‘म सामान्य शैक्षिक संस्थाबाट आए म गर्न सक्दिन भनेर चुपचाप बस्ने होइन । नयाँ कुरा सिक्न खोज्ने, आफूलाई अपडेट गरिरहने एटिच्युड विकास गर्ने । जहाँ आफूले एक्सपोजर पाउँछ धेरै सिक्छ त्यहाँ जाने हो । म अझै पनि सिकिरहेको छु । कार्यस्थलमा विभिन्न बैंकका सीईओ, कर्मचारी नयाँ मान्छेहरूसँग भेट हुन्छ दैनिक सिकिरहेको हुन्छु । जर्नल, बुकहरू पढिरहन्छु । सिकिरहेको हुन्छ । फिजिकल र अनलाइन ट्रेनिङहरू लिइरहेको हुन्छु । विभिन्न कोर्सहरू गरेँ । आईएममा गएर एउटा कोर्स गरे, अमेरिकामा गएर कोर्स गरे । गत वर्ष अनलाइनबाटै इन्डियन स्कूल अफ विजनेसमा कोर्स गरेँ । कोरोनाका समयमा रियुनाइजिङको विषयमा कोर्स गरे । भर्खरै एमआईटीमा पनि एउटा कोर्स गरेँ । सिक्ने र गर्ने एटिच्युड कायम रहनुपर्छ ।’
प्यासन र रुचिका साथ लागेर जोखिम लिन सकेकै कारण आफू यहाँसम्म आइपुगेको उनी बताउँछन् । आखिर साइन्सबाट पाइला मोड्नु पनि त उनको पहिलो जोखिमपूर्ण निर्णय नै थियो ।