ब्लुमबर्ग। टिकटकको मातृ कम्पनी बाइटड्यान्स लिमिटेडको मुख्य लगानीकर्तामध्ये एक सुस्क्युहन्ना इन्टरनेसनल ग्रुपले ५० करोड डलरको सेयर बेच्ने तयारी गरेको छ ।
चीनले ठूला टेक कम्पनीहरूमाथि कडा नीति अख्तियार गर्न थालेपछि ग्रुपले आफ्नो व्यावसायिक पोर्टफोलियोलाई विविधीकरण गर्न सो कदम उठाउन लागेको हो ।
बेलायत आधारित सुस्क्युहन्ना इन्टरनेसनल ग्रुपले सो सेयर ४ सय अर्ब डलरमा बिक्री गर्ने लक्ष्य लिएको थियो । तर, उसको त्यो योजना असफल भएपछि हाल अफर मूल्य घटाइएको हो ।
टिकटक र न्युज एग्रिगेटर टाउटियाओ जस्ता एपहरूका कारण पछिल्लो समय बाइटड्यान्स विश्वकै धनाढ्य स्टार्टअपहरूको सूचीमा रहिआएको छ । पछिल्लो समय ठूला टेक कम्पनीहरूको एल्गोरिदम, डेटा सुरक्षा र सार्वजनिक धारणाहरूलाई लिएर चीन सरकारले नियन्त्रणमुखी नीति अपनाउन थालेदेखि यी कम्पनीको सुन्दर व्यावसायिक भविय्य नै दुविधाको स्थितिमा पुगेको छ ।
बाइटड्यान्स चिनियाँ बहुराष्ट्रिय कम्पनी हो । २०१२ मा स्थापना भएको यस कम्पनीअन्तर्गत हाल टिकटक, डुयिन, टाउटियाओ, छिगुआ भिडियो, हेलो, लार्क, बाइटप्लस जस्ता सहायक कम्पनीहरु सञ्चालनमा छन् ।
२०२१ म बाइटड्यान्सको बजार मूल्य १७८ अर्ब डलर रहेको बताइएको थियो । यसैगरी नयाँ प्राइभेट इक्विटी लगानीकर्ताहरुका लागि बाइटड्यान्सको भ्याल्युएसन २०२१ जूनमा ४२५ अर्ब डलर पुगेको थियो । कम्पनीले २०२० मा कुल ३४ अर्ब ३० करोड डलरको आम्दानी गरेको थियो ।
यो पनि हेर्नुहोस्
टिकटकको लोकप्रियता उचाइमा, नाफा ९३ प्रतिशतले बढेर पुग्यो १९ अर्ब डलर
टिकटकले ३८ वर्षीय झाङलाई बनायो ६० अर्ब डलरको मालिक