काठमाडौं । नेपालमा आईफोन १३ सिरिजका लागि प्रि–बुकिङ खुला भएको छ । अमेरिकामा २४ सेप्टेम्बरदेखि आईफोन १३ को सिपिङ भएको र नेपालमा २९ अक्टोबरमा हुने बताइएको छ ।
यस वर्ष आईफोन १३ मोडल अघिल्लो वर्षको तुलनामा छिटो सार्वजनिक हुँदैछ । पहिलो लटमा आउने फोन सीमित स्टकमा भएको कारण प्रि–बुकिङको माध्यमबाट उपलब्ध नेपालका लागि आधिकारिक वितरक नेक्स्ट जेनेरेसन कम्युनिकेसन्सले बताएको छ ।
ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिङ गर्न सक्नेछन् । ३० हजार रुपैयाँभन्दा माथिको नगदमा विभिन्न अफर तथा थुप्रै डिस्काउन्ट कुपनहरु पउन सकिने कम्पनीले बताएको छ जसमा रोडहाउस क्याफे (१० प्रतिशा छुट), द एभरेस्ट होटल (१५ प्रतिशा छुट), बिइन्ग ह्युमन नेपाल (१० प्रतिशा छुट), भेन्चुरिनी सुज (१० प्रतिशा छुट), राइट च्वाइस नेपाल (२५ प्रतिशा अफ ), बाइकर्स मार्ट (१० प्रतिशा छूट), अर्बन फुड (१५ प्रतिशा छुट), नील डेभिडको सैलुन (१० प्रतिशा छुट), केज फिटनेस (२० प्रतिशा छुट) र अप्सन दरबारमार्गमा (५० प्रतिशा सम्मको छुट) छन् । यसबाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ ।
यसरी गर्नुहोस् आइ–फोन १३ लाई प्रि–बुकिङ
सबैभन्दा पहिले आईएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस् । आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस् । यसको होमपेजमा रहेको ‘प्रि–बुक योर आईफोन १३ नाउ’ ब्यानरमा क्लिक गर्नुहोस् र आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस् ।
तपाईंको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँअनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विक्रेताहरुको चयन गर्नुहोस् । अन्त्यमा ९ हजार ९ सय ९९ को प्रि–बुकिङ मूल्यलाई कन्फर्म गर्नुहोस् र आईएमई पे एपबाट पैसा तिर्नुहोस् ।
फोन अक्टोबर २९ बाट वितरण सुरु हुनेछ तर सीमित स्टक मात्र उपलब्ध भएको कारण प्रि बुकिङ गर्नेहरुले मात्र सुरुमा पाउने बताइएको छ । आफूले थप गरिएको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गरेको खुद्रा विक्रेतालाई सम्पर्क गरी साथै आफ्नोे आईफोन प्राप्त गर्ने समयकाबारे पनि जानकारी पाउन सकिने छन् ।
यी हुन् फोन मोडल र मूल्य
आइफोन १३ १२८ जीबी १,३७९९०, २५६ जीबी १, ५४९९० र ५१२ जीबी १,८९९९० रूपैयाँ पर्छ । आइफोन १३ मिनी १२८ जीबी १, २०९९० र २५६ जीबी १३७९९० र ५१२ जीबी १,७१९९० रूपैयाँ पर्छ ।
आइफोन १३ प्रो १२८ जीबी १,७४९९०, २५६ जीबी १,८९९९०, ५१२ जीबी २२४९९० र १ टीबी २, ५५९९० रूपैयाँ पर्छ । आइफोन १३ प्रो म्याक्स १२८ जीबी १, ८९९९०, २५६ जीबी २,०५९९०, ५१२ जीबी २३९९९० र १ टीबी २,७४९९० रूपैयाँ पर्छ।