काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी डेभलपर्सले हाउजिङ परियोजना ‘सीजी हिल्स प्रिमियम भैंसेपाटी’ सुरु गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअन्तर्गत कम्पनीले सो परियोजना कार्यान्वयनमा ल्याएको हो ।
राजधानीमा पछिल्लो समय भीआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैंसेपाटीको विशेष आकर्षणका रूपमा सीजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको हो । सरकारले भैंसेपाटीमा मन्त्रीक्वार्टरलगायत अन्य आवासीय संरचनाहरू निर्माण गरिरहेको छ ।
सीजी डेभलपर्सले सो क्षेत्रमा ६० वटा लक्जरियस घरहरू निर्माण सुरु गरेको छ । आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रवन्ध, फराकिलो सडकलगायतका भौतिक संरचना र भीआईपीहरूको जमघट हुने स्थानमा सीजीले उपभोक्ताहरूका लागि विशेष सेवा पुर्याउन हाउजिङ परियोजना सुरु गरेको हो ।
‘सीजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप त हो नै त्यसका अलावा यो आफंैमा स्टाटस सिम्बोलका रूपमा समेत स्थापित हुनेछ’, परियोजनाका प्रमुख इन्जिनियर नारायण श्रेष्ठ भन्छन्, ‘सीजीसँग वर्षौंदेखि जोडिदै आउनुभएका उपभोक्ताहरूका लागि यति सुन्दर परियोजना समर्पण गर्न पाउँदा हामी निकै खुसी छौं । यो उहाँहरुका लागि एउटा दुर्लव अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौं ।’
यस परियोजनामा चार प्रकारका घर निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाइने कम्पनीले बताएको छ ।
‘उपभोक्ताहरूलाई विशेष घरमा बसेको अनुभूति दिलाउन डिजाइनमा हामीले इन्जिनियरिङका अन्तर्राष्ट्रिय कन्सल्टयान्टहरूको समेत सेवा लिएका छाैं, परियोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘हामी यो परियोजनाबाट नेपालकै हाउजिङ डिजाइन नेक्ट लेभलमा पुगोस् भन्ने सोचकासाथ काम गरिरहेका छौं ।
फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरेको छ । परियोजना प्रमुख श्रेष्ठले भने, ‘उपभोक्ताबाट प्राप्त प्रारम्भिक रेस्पोन्सबाट हामी निकै उत्साहित छौं ।
सीजी नेपालको रियल स्टेट बिजनेसको पायोनियर कम्पनी मानिन्छ । यस ग्रुपले दुई दशक अघि काठमाडौं रेजिडेन्सी र माउण्ट भ्यू रेजिडेन्सी निर्माण गरेको थियो ।