एजेन्सी । सरकारी स्वामित्वबाट एयर इन्डियालाई फिर्ता ल्याउँदै गर्दा टाटा ग्रुपल एयरलाइनको मर्मत सुधारकै लागि १ अर्ब डलरभन्दा बढी रकम खर्चनु पर्ने भएकोे छ ।
एयर इन्डियाले आफ्ना अन्तर्राष्ट्रिय अपरेसनका वाइड बडी विमानहरुलाई अद्यावधिक, मर्मम सम्हार तथा प्यासेन्जर रिजर्भेसन सिस्टमलाई सुधार गर्न उक्त रकम लगानी पर्ने देखिएको एयर इन्डियाका आन्तरिक स्रोतहरुले बताएका छन् ।
तर, एयर इन्डियालाई टाटा ग्रुपले आफ्ना अन्य एयरलाइन्स एयर एसिया इन्डिया र भिटसारासँग एकिकृत गराउने वा नगराउने विषयमा हालसम्म निर्णय लिएको छैन ।
टाटाले प्राथमिक चरणमा एयर इन्डियाको हालका ऋणलाई रिफाइनान्स गर्ने र विस्तारै विमानहरुलाई अद्यावधिक गर्दै विभिन्न भेण्डर तथा सप्लायर्सहरुसँग व्यवसायिक सम्झौता सम्पन्न गर्ने योजना बनाएको छ ।
लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागका सचिव तुहिन कान्त पाण्डेले धेरै एयरक्राफ्टहरु हाल ग्राउण्डेड रहेको अवस्थामा एयर इन्डियालाई पुन स्थायित्वमा ल्याउन सयौं कामहरु टाटाले गर्नपर्ने र धेरै लगानी खन्याउन पर्ने बताउँछन् ।
स्रोतका अनुसार हाल टाटाले पावरहाउस वाटर कुपर कन्सल्टेन्सी फर्म र एजेडबी पार्टनर लिगल फर्मलाई एयर इन्डिया टेकओभर प्रक्रिया सम्पन्न गर्न नियुक्त गरेको छ । एयर इन्डियासँग अहिले १४१ वटा विमानहरु रहेका छन् ।
टाटादेखि डरायो एयर इन्डिगो
भारतको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी इन्डिगोले टाटा सन्सको एयर इन्डियालाई आफ्नो शक्तिशाली प्रतिस्पर्धी बन्नसक्ने भन्दै भय प्रकट गरेको छ । टाटाले एयर इन्डियालाई २ अर्ब ४० करोड डलरको डिल सम्पन्न गरिसकेपछि शक्तिशाली प्रतिस्पर्धीको रुपमा उदाउने इन्डिगोको अनुमान छ ।
हाल टाटासँग प्रिमियम ज्वाइन्ट भेन्चर सिंगापुरको एयरलाइन कम्पनी भिटसाराको अधिकांश सेयर र अर्को बजेट एयरलाइन कम्पनी एयर एसिया इन्डियाको सेयर छ ।
‘मैले उनीहरुमा आक्रमक प्रतिस्पर्धीको सम्भावना देखेको छु यद्यपी उनीहरुलाई म यस क्षेत्रमा स्वागत गर्दछु यो नै समझदारी हो ।’ इन्डिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोनोजोय दत्ताले भने ।
सरकारले केही समय अघि एयर इन्डियाको सम्पूर्ण अधिकार टाटा कम्पनीको नियन्त्रणभित्र रहने घोषणा गर्दै आर्थिक संकटग्रस्त एयर इन्डियाको निजिकरणको संघर्ष अन्त्य भएको संकेत गरेको थियो ।
इन्डिगोले भारतको आन्तरिक बजारमा आधाभन्दा बढी हिस्सा ओगटेको छ । एयर इन्डियाको तुलनामा उसको अन्तर्राष्ट्रिय अपरेसनको अवस्थामा पछाडी नै छ ।
दत्ताका अनुसार इन्डियाको सानो आकारको जहाज प्रयोग गरी सात घण्टाभित्र यात्रा पुरा गर्ने किसिमका उडानहरुमा केन्द्रित छ भने एयर इन्डिया आधारभूत रुपमा फुल सर्भिस, लङ हल अपरेसनमा केन्द्रित छ । यसकारण यी दुबै कम्पनीले एकअर्काका लागि बजारमा पर्याप्त स्थान खाली राखिदिएका छन् ।
यो पनि हेर्नुहोस
टाटाले २ अर्ब ४० करोड डलरमा लियो एयर इन्डिया, रतनले भने-वेलकम ब्याक
भारत सरकारले बेच्यो एयर इन्डिया, ६८ वर्षपछि टाटा ग्रुपकै हातमा