काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाईको बहुप्रतीक्षित गाडी ह्युन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक गरेको छ ।
तीन इन्जिन अप्सनमा उपलब्ध ह्युन्डाई भेन्यू एउटा १.२ लिटरको पेट्रोल इन्जिन कप्पा ड्युअल भीटीभीटी प्रविधि हो । यसले ८३ पीएस पावर र ६००० आरपीएम टर्क दिन्छ । अर्को रहेको छ १.४ लिटर डिजल इन्जिन यू२ सीआरडीआई । यसमा ९० पीएम पावर र ४००० आरपीएम टर्क छ । यस्तै अर्को इन्जिन अप्सन १.० को टर्बो पेट्रोल इन्जिन कप्पा ड्युअल भीटीभीटी प्रविधि छ । यसमा १२० पीएस पावर र ६००० आरपीएम टर्क छ ।
यसमा स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेल छ । यसमा रहेको आर १६ डायमन्डकट एलोए पाङ्ग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारीको अनुभव दिलाउँछ ।
एड्भान्स प्रविधि र आधुनिक डिजाइन, प्रिमियम लुक्ससहितको यो गाडीमा बत्तीहरुको जडान सुन्दर र आधुनिक छ । यसमा कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्टसहितको लेड लाइटहरु छन् ।
यसमा धेरै नवीनतम विशेषता पनि छन् । रियोस्ट्याटसहितको एडभान्स सुपरभिजन क्लस्टर, ड्राइभर रेयर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल छन् । यसमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफाइर तथा रियर एसी भेन्ट छ ।
तीनओटा इन्जिन अप्सनमा रहेको यो गाडीको ९ भेरियन्टका विभिन्न मूल्य वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको छ । यसको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । हालका लागि यसमा एक लाख २० हजारसम्मको छूट दिने बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।
यो गाडी अहिले स्टारडस्ट, पोलार ह्वाइट, लाभा ओरेन्ज, डिप फरेस्ट, फायरी रेड, ताइफून सिल्भर र डेनिम ब्ल्यू गरी हाल सात रङमा उपलब्ध छ ।
हुण्डाइको भेनुमा शक्तिशाली इन्जिनहरु प्रयोग भएका कम्पनीले जनाएको छ । भेन्युमा विकल्पका रुपमा ३ ओटा इन्जिनमा उपलब्ध छ । १.२ लिटर पेट्रोल इन्जिन, १.४ डिजेल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनका विकल्पहरु छन् ।
१.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीतीभीटी टेक्नोलजी छ, ८३ पीएस ६०००को सर्वाधिक पावर रहने कम्पनीले जानकारी दिएको छ । १.४ लिटर डिजल इन्जिन यूसीआरडीआई जसको सर्वाधिक पावर ९० पीएस ४००० आरपीएम छ ।
भेन्यूमा ग्राहकमैत्री थुप्रै सेग्मेन्ट फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी छन् । भेन्यूमा ग्राहकमैत्री थुप्रै सेग्मेन्ट फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी छन् ।भेन्यूमा ग्राहकमैत्री थुप्रै सेग्मेन्ट फिचर्सहरु छन् ।