काठमाडौं । दशै,तिहार र छट पर्वमा घर जाने र काठमाडौं फर्कने यात्रुहरुलाई ध्यानमा राख्दै गुण एयरलाइन्सले उडानका लागि गन्तव्य विस्तार सुरु गरेको छ ।
असोज १ गतेबाट नियमीत उडान सुरु गरेको गुण एयरलाइन्सले बिहीबारबाट भैरहवामा नियमीत उडान सुरु गरेको छ । ३० सिट क्षमता भएको जेटस्ट्रीम जहाजद्धारा भैरहवामा पहिलोपटक नियमीत उडान सुरु गरेको हो ।
दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्टले भरतपुर, पोखरा र तुम्लिङटारमा नियमित उडान गर्दै आएको छ ।
एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाले यसैसाता देखिनै अन्य गन्तव्य सिमरा, ,जनकपुर , नेपालगन्ज , सुर्खेत र बिराटनगरको लागि उडान भर्नेगरी तयारी गरिएको जानकारी दिए ।
दशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुविधा दिन कुनै कसर बाकी नराख्ने र वर्तमान हवाइ भाडादरको चर्कोे प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा जाने थापाको भनाई छ ।
एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रुहरुको लागि वातावरणअनुकुलित दुइवटा विद्युतीय बस समेत सञ्चालन गरेको छ । जुन नेपालको पहिलो हो ।