काठमाडौं । रेलवे कर्पोरेसनको पाँच नेपाल–भारत संयुक्त कार्यदलको बैंठक नयाँ दिल्लीमा सम्पन्न भएको छ । भारततर्फबाट रेलवे मन्त्रालय ट्राफिक ट्रान्सपोर्टेसनका कार्यकारी निर्देशक डा. मनोज सिंह र नेपालकातर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थिति थियो ।
उक्त बैठकमा दुवै देशका सरोकारवाला निकायहरु भारतीय रेलवे, अन्तर्राष्ट्रिय मामिला मन्त्रालय, कंकोर रेलवे, आईआरकोन, केआरसीएल, नेपालकातर्फ रेलवे विभागका महानिर्देशक, वित्तीय तथा वैदेशिक मामिला मन्त्रालयका अधिकारीहरुको प्रतिनिधित्व थियो ।
उक्त संयुक्त कार्यदलले दुवै देशबीच रेलवेमा भइरहेको प्राविधिक समन्वयको रिभ्यु गरेको थियो । जसमा जयनगर बिजलपुरा बर्दिवास र जोगबनी विराटनगर क्रस बोर्डर रेलवे लाइनका जारी कामहरु पनि समावेश थिए ।
भारतको जयनगरदेखि नेपालको कुर्थाबीच सम्पन्न भएको सबैभन्दा लामो ३४ किलोमिटर रेलमार्ग लाइन सेक्सनको सञ्चालनका लागि प्राविधिक तयारीको बारेमा विस्तृत छलफल भएको थियो ।
नेपाल रेलवे कम्पनीको तर्फबाट ओएण्ड एम कन्ट्रयाक्स अपरेसनलाइजेसन र उक्त सेक्सनमा वास्तविक ट्रेन अपरेसनको माध्यमबाट ट्रेन सञ्चालनका लागि भारतीय पक्षले आफ्नो पूर्ण सहयोग र सहजीकरण प्रदान गर्न सहमति जनाएको छ ।
यसबीच नेपाल पक्षले पनि इन्डो नेपाल क्रस बोर्डर रेल सञ्चालन गर्न अघि आवश्यक नियामक फ्रेमवर्क तयारीमा ल्याउने जानकारी दिएको थियो ।
नेपाल र भारत दुबैले रेलवे क्षेत्रमा प्राविधिक समन्वय गर्ने सम्झौता गरेको छ जसमा क्षमता विकास, लजिस्टिक सपोर्ट, र रेलवे कर्मचारीहरुको प्रशिक्षण जस्ता विषयहरु रहेका छन् । दुबै पक्षले रेक्सौल काठमाडौं वृहत गज रेल लिङ्क र दोस्रो चरणको रेल परियोजनामा भएको प्रगतिका बारेमा समेत छलफल भएको थियो ।
यसैबीच दुबै पक्षले जयनगर कुर्था सेक्सनमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवा सञ्चालनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी पनि हस्ताक्षर गरेको छ । एसओपीले नयाँ सेक्सनमा चलिरहेको ट्रेनको प्राविधिक पक्षहरु पनि सूचीकृत गरेको थियो । यसले क्रस बोर्ड रेलवे लिङ्कमा रेल सेवाको प्रारम्भिक सञ्चालनका लागि निर्देशक दस्तावेजको रुपमा काम गर्नेछ ।