एजेन्सी । गत वर्ष २०२० को जुन महिनामा सधैं झै अष्ट्रेलियाको क्विन्सल्याण्ड बन्दरगाहबाट ९० हजार टन कोइला बोकेर भिमकाय टोपास भेसल नाइनाका लागि हिँडेको थियो ।
चीन र अष्ट्रेलियाबीचको उद्योग र अर्थतन्त्रका लागि आधारशीला बनेको कोइलाको कारोबार प्रतिवर्ष १४ अर्ब डलरको हाराहारीमा हुने गरेको छ ।
तर, गत वर्षको जुनमा ९० हजार टन कोइला बोकेर हिँडेको टोपास भेसलले यस वर्षको मार्च महिनामा मात्र चीनमा सामान ओराल्यो । चिनियाँ तटमा अनिश्चित भएर तैरिएको २६९ दिनपछि टोपासले कोइला अनलोड गर्यो ।
यो घटनाले अहिले अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा नाफामूलक र सफल सम्झौतामा ठूलो धक्का पुर्याएको छ । चीनले अष्ट्रेलियाबाट स्टिल उद्योगका लागि मेटालर्जिकल कोइला र बिजुली उत्पादनका लागि थर्मल कोइला आयात गर्दै आएको थियो । यसबाहेक चीनको आफ्नै घरेलु कोइला खानी पनि छन् ।
कोभिड–१९ संक्रमण उदयसँगै अष्ट्रेलियाले पनि चीनमाथि संक्रमणको उत्पत्तिलाई लिएर अन्तर्राष्ट्रिय अनुसन्धान चलाउन आह्वान गरेपछि चीन रुष्ट बनेको छ । जसको प्रतिक्रिया स्वरुप चीनले लामो समयदेखिको कोइला कारोबारमाथि प्रतिबन्ध लगाएर महिनौंसम्म अष्ट्रेलियाको कोइलालाई चिनियाँ तटमा बेवारिसे बनाएको थियो ।
राजनीतिक तनावका कारण ७० भन्दा धेरै भेसलमा अडिएका करिब १४ सय जहाज कर्मचारीहरु कोभिडको चपेटमा आई मानवीय संकट आइपर्न थालेपछि मात्र चीनले नरम नीति अपनाउँदै कोइलालाई आफ्नो तटमा राखेर कर्मचारीलाई घर फर्कने मौका दिएको थियो ।
त्यसयता पनि चीन अझै पनि आफ्नो नीतिमा अडिग छ । अझै पनि अष्ट्रेलियाली कोइला चीनमा कालो सूचीमा छ । चीन ऊर्जाका लागि कोइलामाथिको परनिर्भरता घटाइन आफ्नो उच्च आवश्यकता पूरा गर्न वैकल्पिक स्रोतको खोजीमा लागेको छ ।
तर, यो घटनाले अहिले अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा नाफामूलक र सफल सम्झौतामा ठूलो धक्का पुर्याएको छ । चीनले अष्ट्रेलियाबाट स्टिल उद्योगका लागि मेटालर्जिकल कोइला र बिजुली उत्पादनका लागि थर्मल कोइला आयात गर्दै आएको थियो । यसबाहेक चीनको आफ्नै घरेलु कोइला खानी पनि छन् ।
वास्तवमा कुनै पनि मुलुकमाथि व्यापार प्रतिबन्ध लगाउँदा जिम्मेवार मुलुक अझ धेरै प्रभावित हुन्छ । चीनका जनताहरुले अष्ट्रेलियाको गहुँमाथि प्रतिबन्ध नलगाउन धेरै याचना गरेको थिए । किनभने त्यस त्यहाँको गहुँको गुणस्तरीयतालाई प्रतिस्थापन गर्न सक्ने अरु उत्पादन नै थिए ।
अष्ट्रेलियाको आयातित कोइला गत वर्ष नोेभेम्बरदेखि आफैंले ठप्प पारेपछि अहिले चीन आफैं पनि नराम्ररी प्रभावित भएको छ । वास्तवमा कोइलाको सबैभन्दा ठूलो खपतकर्ता चीनका कारण कोइलाको विश्व बजार र मूल्यसमेत प्रभावित भएको छ ।
हाल अष्ट्रेलियाको कोइलाको मूल्यमा गिरावट आएको छ भने चीनभित्र कोइलाको मूल्य वृद्धि भएको छ । हालको र अहिलेको कोइला मूल्यमा प्रतिटन ८५ डलरको फरक देखिएको छ । युरोपलाई कोइला बेच्दै आइरहेका क्यानडा र अमेरिकाले दोहोरो मूल्यमा चीनलाई बिक्री गर्न थालेका छन् भने युरोपेली मिलहरुले सस्तो मूल्यमा अष्ट्रेलियाबाट कोइला खरिद गरिरहेका छन् ।
चिनियाँ प्रशासनले अष्ट्रेलियाको अभाव अन्य मुलुकका आयात र आफ्नै घरेलु खानीहरुले धान्ने अनुमान गरेको थियो । तर, चीन अहिले बारम्बार आपूर्तिको झट्काबाट आहत भइरहेको छ । केही समयअघि मंगोलियाले अष्ट्रेलियाको स्थान लिएर चीनमा कोइला निर्यातको थालनी गरेको थियो । तर, गत मे देखि नै कोभिड–१९ महामारीका कारण उनले रुट नै बन्द गरिदियो । जुलाईमा निर्यात केही खुकुलो बनाए पनि अगस्टबाट मंगोलियाले पूर्णरुपमा बन्द नै गरिदियो ।
यसैगरी अमेरिकाले चीनमा आपूर्ति गर्दै आइरहेको मेटालर्जिकल कोइला पनि २०२० को पहिलो सात महिनामा ४ करोड ६० लाख टनबाट २०२१ को पहिलो सात महिनामो २ करोड ६० लाखमा झरेको छ । चीनको स्टिल मिलहरुले बर्सेनि ७० करोड टन कोइला खपत गर्छ । जसमा ८८ प्रतिशत त घरेलु खानीबाट नै उत्पादन हुन्छन् । तर, मागलाई सजिलै धान्न र उच्च गुणस्तरीयताका लागि चीनलाई आयातित कोइला अत्यावश्यक छ ।
यसरी कच्चा पदार्थकै मूल्य बढ्न थालेपछि चीनका स्टिल मिलहरुले त्यसको भार उपभोक्तामा थोपर्न थालेका छन् । यसैले चिनियाँ प्रशासनले यस वर्ष स्टिल उत्पादनलाई १ अर्ब ६ करोड टनभन्दा धेरै नबढाउन निर्देशन जारी गरेको थियो । तर, उत्पादन खुम्चिने डरले स्टिल बजारमा ग्राहकको प्रतिस्पर्धा बढ्दा मूल्य झनै माथि उचालिएको छ ।
तर, पछिल्लो समय चिनियाँ कोइला खानीहरुमा भएका शृंखलावृद्धि दुघर्टनाका कारण धेरै घरेलु खानीहरु बन्द भए । सेप्टेम्बरको पहिलो सातामा मात्र एकजना कामदारको मृत्यु हुँदा बर्सेनि ६० लाख कोइला उत्पादन गर्ने साँक्षी राज्यको एउटा खानी बन्द हुन पुग्यो । गत जूनमा ३ वटा खानीमा दुघर्टना हुँदा हालसम्म २२ वटा खानी बन्द भइसकेका छन् । साँक्षी राज्यको उक्त खानी चीनको सबैभन्दा धेरै उत्पादन क्षमता भएको खानी थियो ।
साँक्षी खानी बन्द भए यता त्यहाँको उच्च गुणस्तरयुक्त कोइलाको मूल्य प्रतिटन ६१३ डलर पुग्यो जबकी आयातित कोइलाको मूल्य हालसम्म सबैभन्दा धेरै उचाइमा पुग्दा ४१२ डलर प्रतिटन पुगेको थियो । चिनियाँ मूल्य बढेपछि पुनः अष्ट्रेलियाली कोइलाको मूल्यमा भने भारी वृद्धि भएको छ । सेप्टेम्बरको सोही सुरुवाती अवधिमा कोइला २७४ डलरमा बिक्री भएको थियो जुन चिनियाँ प्रतिबन्धपछि पहिलोपटक प्रतिटन १०० डलरले बढेको हो ।
यसरी कच्चा पदार्थकै मूल्य बढ्न थालेपछि चीनका स्टिल मिलहरुले त्यसको भार उपभोक्तामा थोपर्न थालेका छन् । यसैले चिनियाँ प्रशासनले यस वर्ष स्टिल उत्पादनलाई १ अर्ब ६ करोड टनभन्दा धेरै नबढाउन निर्देशन जारी गरेको थियो । तर, उत्पादन खुम्चिने डरले स्टिल बजारमा ग्राहकको प्रतिस्पर्धा बढ्दा मूल्य झनै माथि उचालिएको छ ।
जून यतामात्र बाओ स्टिलको सेयर मूल्य हालसम्मकै उच्च ६० प्रतिशतले बढेको छ । जसको प्रत्यक्ष कारण स्टिल उत्पादनलाई सीमित बनाउने सरकारको निर्देशन नै हो । चिनियाँ सरकार वास्तवमा अष्ट्रेलियाली आइरन ओरमाथिको परनिर्भरता घटाउन र २०३० अघि कार्बन उत्सर्जन घटाएर हावाको गुणस्तरीयतालाई सुधार गर्न स्टिल उत्पादनमा कटौती गर्न चाहन्छ ।
वास्तवमा कुनै पनि मुलुकमाथि व्यापार प्रतिबन्ध लगाउँदा जिम्मेवार मुलुक अझ धेरै प्रभावित हुन्छ । चीनका जनताहरुले अष्ट्रेलियाको गहुँमाथि प्रतिबन्ध नलगाउन धेरै याचना गरेको थिए । किनभने त्यस त्यहाँको गहुँको गुणस्तरीयतालाई प्रतिस्थापन गर्न सक्ने अरु उत्पादन नै थिए । यसैगरी हाल चिनियाँ उपभोक्ताहरु अष्ट्रेलियाको लोब्सटर खानबाट पनि बञ्चित छन् ।
जसलाई उनीहरु अत्याधिक रुचाउँथे । अहिले त्यो खान अन्य महँगा वैकिल्पक रुटको साहारा लिइरहेका छन् । तर, चिनियाँ प्रशासनको अगाडि उसका ठूला–ठूला भूराजनीतिक लक्ष्यका अगाडि उपभोक्ताका यी गुनासोहरुको कुनै मूल्य छैन ।