काठमाडौं । साओमी नेपालले सोमबार ११ सिरिजको हलुको र पातलो डिजाइन भएको साओमी ११ लाइट एनई ५ जी सार्वजनिक गरेको छ ।
नयाँपन र सौन्दर्य खोज्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यस फोनले १२ फाइभजी ब्यान्ड सपोर्ट गर्छ । यसमा क्वालकम स्न्यापड्रागन ७७८ जी प्रोसेसर प्रयोग भएको छ । साथै यसमा साओमीले हाई एण्ड सफ्टवेयरको पनि प्रयोग गरेको छ । यसलाई एनएफसी बिल्ट–इनका साथ लोड गरिएको छ र डोल्बी भिजनसहितको आफ्नो सेग्मेन्टको यो पहिलो १०बिट कलर डेप्थ भएको स्मार्टफोन पनि हो ।
यो फोनमा ६.५५ इन्चको एफएचडी एमोलेड डिस्प्ले छ । जसमा ९० र २४० हट्र्जको रिफ्रेस रेट छ । यसमा साओेमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फाइभजी भेरियन्टलाई भित्राउने कम्पनीको प्रतिज्ञालाई पूरा गर्दै, २०२१ को सबैभन्दा स्लिम र हल्का फाइभजी स्मार्टफोन साओमी ११ लाइट एनई फाइभजी ल्याएको बताएका छन् ।
१५८ ग्राम तौल भएको यस फोन ६ र ८ जीबीको र्याम भेरियन्टमा उपलब्ध छ । क्यामेराको कुरा गर्दा यसमा ट्रिपल क्यामेरा छ जसमा ६४ मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सल र ५ मेगापिक्सलका क्यामेरा छन् । २० मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि यसमा छ ।
यस फोनमा ४२ सय ५० एमएएचको ब्याट्री र ३३ वाटको चार्जिङ सपोर्ट छ । साओमी ११ लाइट एनई ५ जी असोज १८ बाट डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्ल्याक रंगहरूमा नेपालभरिका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ ।
दुई भेरियन्टमा उपलब्ध यस फोनको मूल्यको कुरा गर्दा ८ जीबी ¥याम र २५६ जीबी इन्टरनल स्टोरेजलाई ४८ हजार ९ सय ९९ रुपैयाँ पर्छ भने अर्को ८ जीबी ¥याम र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्टलाई ४५ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।