काठमाडौं । जगदम्बा मोटर्सले सेलिब्रेसन राइड सञ्चालन गरेको छ । टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्य पुगेकाले सबै एनटर्किएनका लागि सेलिब्रेसन राइड सञ्चालन गरेको हो ।
सो सेलिब्रेसनको मुख्य उद्देश्य दर्ता गरिएकामध्ये चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु रहेको छ । साे राइड शनिबार नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको थियो ।
राइडको बीचमा महालक्ष्मी स्थान, कौशलटार र भक्तपुरका टीभीएसका शोरुमहरुका विक्रेताले स्वागतको गरेका थिए । आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभम्युजिक, मनोरञ्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक पनि सञ्चालन भएको थियो । यसले सबै राइडरहरुलाई एकअर्कासँग जुट्नका लागि र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाड्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
एनटर्किएनहरुले अनलाइनमार्फत दर्ता गरेर उक्त सेलिब्रेसन राइडमा सहभागी भएका थिए । सेलिब्रेसन राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर र सरकारको अनुमति लिएर सञ्चालन भएको थियो ।
जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्षश्री दीपक अग्रवालले भने, ‘हामी टीभीएस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं र सबै एनटर्किएन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौं । एनटर्किएनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहित युवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु ।
म आशा गर्छु कि हामीले यो कार्यक्रम आयोजना गर्दा जति रमाइलो अनुभव गर्यौं एनटर्किएन राइडरहरुले पनि यस राइडमा त्यति नै रमाइलो अनुभूति गरेका छन् । ’सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु भएको थियो ।