काठमाडौं । डिसहोम फाइबरनेटको सेवा कलैया,लाहान,भैरहवा र टौदहमा विस्तार गरिएको छ । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी ती क्षेत्रमा सेवा विस्तार गरेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिए ।
सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको फाइबरनेट नेपालका प्रमुख सहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगन्ज ,धरान, जनकपुर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ ।
योसँगै नेपालगञ्ज, धनगढी र नारायणघाटमा केहि समय भित्र सेवा सञ्चालन गर्ने जनाएको छ । डिसहोम फाइवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ । २०७८ असोज ११ गतेदेखि लागू हुने यो योजनाअन्तगर्त डिसहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।
स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरुमा हुनेछ ।
डिसहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाइलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।