काठमाडौं । गुण एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जेट्स्ट्रीम जहाजको उडान अनुमति प्रमाणपत्र (एओसि) पाएको छ।
बेलायतमा निर्मित पाँच वटा जेट्स्ट्रीम जहाज यती एयरलाइन्ससङ्ग खरीद गरेको गुण एयरलाइन्सले एओसि प्राप्त गरेसङ्गै ३० सिटको जेट्स्ट्रीम जहाजद्वारा शुक्रबारबाट तुम्लिङटार भरतपुर र पोखरामा पहिलोपटक आफ्नो नियमित उडान शुरु गरेको हो ।
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट १९०० द्वारा नियमित उडान भने असोज १ गते देखि नै उडान शुरु गरेको थियो।
एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार उडानको सुरुवातमा काठमाडौ बाट पोखरा र भरतपुर (चितवन) र तुम्लिङटारको उडान सुरु भएको हो ।
यसैसाता देखिनै अन्य गन्तव्य सिमरा, भैरहवा,जनकपुर ,नेपालगन्ज , सुर्खेत र बिराटनगरको लागि उडान भर्नेगरि तयारी गरिएको छ। नेपाली हरुको महान चाड दशैलाई लक्षित गर्दै आफूहरु यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने थापाले बताए ।
कोभिड महामारीकोबीच आफूहरु नेपाली यात्रुहरुका लागि सेवा दिन तयार रहेको र वर्तमान हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसारको तयारी थालेको हो ।
एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रुहरुको लागि वातावरनअनुकुल दुइवटा विद्युतीय बसको समेत सञ्चालन गरेको छ । आन्तरिक विमानस्थलमा पहिलोपटक विद्युतीय बस सन्चालन गर्ने गुण एयरलाइन्स पहिलो निजी वायुसेवा कम्पनी समेत भएको छ।