काठमाडौं । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा वीरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ शेर्पा र रामकृष्ण तिमल्सिना चयन भएका छन् । महासचिवमा बद्रीप्रसाद तिमल्सिना चयन भएका छन् ।
यस्तै, उपमहासचिवमा नवराज गौली र केशव धिताल, सचिवमा प्रदीप पण्डित, सुमन न्यौपाने, विष्णु बराकोटी, अच्युत गुरुङ, तिलक लोहनी र उत्तम कार्की चयन भएका छन् ।
कोषाध्यक्षमा नवराज थापा र सहकोषाध्यक्षमा सुनिल सिलवाल निर्वाचित हुनुभएको हो । नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको सो सङ्गठनको भेलाले ५५ सदस्यसमेत चयन गरेको हो ।