काठमाडौं । प्यारामाउन्ट मोटर्सले एमजी मोटर्सको हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ औपचारिक रुपमा शुरू गरेको छ । भारतीय बजारमा सार्वजनिक भएसँगै लोकप्रियता बटुलेको हेक्टर चाढै नेपालमा भित्राउन बुकिङ खुल्ला गरेको प्यारामाउन्टले बताएको छ ।
हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ । यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किंङ ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिनेछ ।
आराम र सविधाको दृष्टिकोणले हेक्टर २०२१ सधैँ अग्र स्थानमा आउँदछ । यसमा २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणाली रहेको छ जसले यात्रुको आफ्नो हरेक यात्राको पललाई आरामदायक बनाउने पक्का गर्दछ ।
यो गाडी २५+ सुरक्षाका सुविधाहरुका सांथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ । यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न रङहरुमा उपलब्ध छ ।