काठमाडौं । एनसेल आजियाटाले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार प्राप्त गरेको छ । जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफदिइयर’ अवार्ड जितेका हुन् ।
लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।
साथै, एनसेल ‘वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा हुँदैछ ।
त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।
‘मस्ट सोसिएल्ली रेस्पनसिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफदिइयर’ अवार्ड जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले भने, “एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायहरूमा पु¥याएको महत्वपूर्ण योगदानको कदर स्वरूप यो अवार्ड पाएकामा हामी निकै हर्षित छौं ।
शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पु¥याउन हामीले विभिन्न सामाजिक परियोजनामा १ अर्ब ४० करोड रूपैयाँभन्दा बढी लगानी गरिसकेका छौं ।”
सामाजिक योगदानका बारेमा थप स्पष्ट पार्दै उनले थपे, “हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु । उहाँहरूको कडा मेहनत र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।”