एजेन्सी । विश्वभर वस्तु आपूर्ति गर्ने बन्दरगाह, कन्टेनर तथा मालबाहक बहानको ठूलो सञ्जाल अवरूद्ध भएको छ । जसकारण विश्वभर वस्तु आपूर्ति मूल्य तीव्र गतिमा बढ्न गइ खुद्रा व्यापार तथा उपभोक्ता मारमा पर्ने देखिएको छ ।
१८ महिनाभन्दा लामो महामारीको समयमा विश्वको आपूर्ति चेनमा ठूलो असर परेको हो । उपभोग्य वस्तुहरूको अभाव भइ हाल गन्तव्य मुलुकसम्म सामग्री आपूर्ति गर्न धेरै महँगो भएको छ ।
एडिडास, हासब्रो र क्रोक्सजस्ता कम्पनीहरूले समेत सामान उत्पादन र आपूर्तिमा अवरोध उत्पन्न हुनेबारे जानकारी गरिसकेका छन् । यस वर्षको बिदा सिजनमा मूल्य धेरै तर वस्तु छनौट विकल्प कम हुने बताइएको छ ।
विश्वको ठूलो लजिस्टिक फर्म सीएच रोबिन्सनका सीईओ बब बेस्टरफिल्डका अनुसार वैश्विक आपूर्ति चेनमाथिको दबाब तत्काल समाप्त हुने छैन ।
चीनको सांघाईस्थित दक्षिण भागमा पर्ने निङ्बो झाउसान बन्दरगाह एकजना कर्मचारीमा कोरोना देखिएर गत अगस्ट ११ देखि बन्द हुँदा ठूलो चुनौती उत्पन्न भएको छ ।
यस्तै माइर्क्स, हापाज ललयरोयिड र सीएमए सीजीएम जस्ता प्रमुख अन्तर्राष्ट्रिय सिपिङ लाइनहरू बन्द छन् । यी सबैले बन्दरगालगायत आफ्ना आपूर्ति लाइन बन्द गरि सेवामा ढिलाइ हुने स्पष्ट बताइसकेका छन् ।
विश्वको अर्को तेस्रो ठूलो कन्टेनर पोर्ट आंशिकरूपमा बन्द हुँदा चीनका बन्दरगासमेत प्रभावित भएका छन् । यसले गर्दा यान्टिन बन्दरगामा जारी कन्टेनर अभावका कारण उत्पन्न समस्यामाथि आपूर्ति चेन थप लम्बिएको छ ।
मार्चमा स्विज क्यानल बन्द र भियतनाममा कोभिडका कारण कम्पनीहरू बन्द हुँदा कन्टेनरको अभाव भएको हो । ढुवानी कम्पनीहरूले यो ग्लोबल क्रन्च निरन्तर रहने भन्दै कार्गो ढुवानी खर्च बढाउन थालेका छन् । यसले उपभोक्ता मूल्यमा असर पार्ने देखिन्छ ।
बजारको अवस्था २०२२ को पहिलो त्रैमासिकभन्दा अघि नसुध्रने विज्ञहरू बताउँछन् । तथ्यांककाअनुसार चीनबाट उत्तर अमेरिका र युरोपमा आपूर्ति हुने वस्तुको मूल्यवृद्धि अघिल्लो महिनाहरूमा भन्दा धेरै देखिन थालेका छन् ।
(सीएनएनको सहयोगमा)