एजेन्सी । विश्व बजारमा चिपको चर्को अभाव भएका बेला भारतले उत्पादन गर्ने भएको छ । अहिले गाडी, मोबाइललगायत अन्य प्रविधिमा आवश्यक पर्ने चिपको चर्को अभाव हुन थालेपछि छिमेकी भारतले उत्पादनका लागि पहल सुरु गरेको हो ।
चिप उद्योगलाई दक्षिण एसियामा भित्र्याउन भारतले ताइवानसँग वार्ता थालेको छ । सेमिकण्डक्टर अर्थात चिप निमार्ण उपकरणमा छुटसहित यसै वर्षको अन्त्यसम्म उद्योग दक्षिण एसियामा भित्रने अपेक्षा गरिएको छ । तर, यो नयाँ सम्झौताले चीन र भारतबीच थप तनाव पैदा गर्ने जानकारहरू बताउँछन् ।
हालै नयाँदिल्ली र ताइपेइका अधिकारीहरू यसबारेमा औपचारिक छलफल गरी साढे ७ अर्ब डलरको चिप उत्पादन प्लान्ट भारतमा निर्माण गर्ने सहमतिमा पुगेका थिए । ती चिपले फाइभजीदेखि विद्युतीय वहानलगायत धेरै प्रविधिमा काम गर्ने बताएको छ । यसका लागि हाल भारतले पर्याप्त पानी, जमिन र जनशक्ति सहितकोको उपयुक्त क्षेत्रको अध्ययन गर्दैछ ।
सो प्लान्ट सञ्चालनका लागि भारतले २०२३ देखि ५० प्रतिशतसम्म पुँजीगत खर्च व्यहोर्नका साथै कर छुट र सहुलियत प्रदान गर्ने बताएको छ । चिप निर्माणका लागि आवश्यक दर्जनौं पाटपुर्जाहरू कर छुट प्रदान गर्ने द्वीपक्षिय सहमतिमा चाँडै पुग्ने ताइपेइको चाहाना रहेको जानकार बताउँछन् ।
पछिल्लो हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच चिप आपूर्ति र यसका प्रणालीहरूलाई मजबुत बनाउने बताएपछि दुई मुलुकको वार्ताले तिब्रता पाएको हो । भारत चिपमा आत्मनिर्भर भइ अत्याधुनिक प्रविधिमा वैदेशिक लगानी आकर्षित गर्न चाहान्छ ।
यस्तै ताइवान पनि चिनियाँ दबदबालाई कमजोर बनाउन र यस क्षेत्रमा आफ्नो कूटनीतिक उपस्थिति बलियो बनाउन चाहान्छ । हाल विश्वमा चिप अभावका कारण धेरै प्रतिक्षित स्मार्टफोनहरू सार्वजनिक हुन सकेका छैनन । भारतले अन्य मुलुकहरुबाट चिप आयात गरी प्रविधि निर्माण गर्दै आएको छ ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)
यो पनि हेर्नुहोस
चिप अभावमा अटो उद्योगले ११० अर्ब डलर गुमाउँदै, पिल्सिएको अटो यसरी हुँदैछ अडप्ट