काठमाडौं । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टीजीडीआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रो मेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ । यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ । यसलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ ।
समानान्तर ड्राइभ प्रणालीको टिएमईडी संरचनामा आधारित छ यो गाडी तारमार्फत फुल गियरबक्समा परिवर्तन भई ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्नसक्ने विद्युतीय मोटर र टीजीडीआई पेट्रोल इन्जिन दुवै छ ।
यस गाडीले सुरुमा २५ किलोमिटर प्रतिघण्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ । त्यसपछि टीजीडीआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टीजीडीआई पेट्रोल इन्जिन दुवैको प्रयोग गर्छ ।
सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले भरपूर यस गाडीमा यात्रुले भरपुर सुरक्षा महसुस गर्न सक्छन् । यसमा भएको असाधारण ड्राइभ मोडहरुले सडकको अवस्थाअनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ ।
२०२१ किया सोरेन्टोमा इन्जिन र हाइब्रिड प्रविधि मात्र होइन एक्सटेरियर डिजाइनमा समेत एकदमै आकर्षक छ । २८१० एमएमको ह्विलबेसका कारण गाडी भित्रका यात्रु आरामपूर्वक यात्रा गर्न सक्छन् । विद्युतीय पावरट्रेनको सहयोगले सडक र पम्प दुवैमा निकै भिन्नता ल्याउँछ ।
नयाँ सोरेन्टो हाइब्रिड एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ पर्ने किया मोटर्सले बताए छ ।