काठमाडौं । नेपालक लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले शुक्रबारबाट ‘ग्राण्ड दसैं एक्सचेन्ज मेला’ सुरू गरेको छ।
भृकुटीमण्डपमा आयोजना हुने सो मेला असोज ६ गतेसम्म आयोजना हुने छ। यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको वर्षाको साथ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।
यस एक्सचेन्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजार रूपैयाँसम्म मूल्याङ्कन पाउने छन् ।
त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसके पछि १० लाख रूपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्, त्यसका लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dasha मा जानुपर्ने हुन्छ। यसैगरी ० प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। यस अफरमा प्रि बुकिङ गरे मात्र पनि ग्राहकहरुका लागि २ हजार रूपैयाँबराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ।
यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिँ एक्सचेन्जमा ईएमआई अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मूल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम ईएमआईको सुरुवाती दर ५ हजार ९ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्।
यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएमआइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्ने छन्।
यस दसैं ग्राण्ड एक्सचेन्ज मेलाको उदघाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए । उनले भने, टीभीीएसले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ।
नेपालीहरुको महान् चाड बडादसैंमा यो एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारी का साथ बडादसैंमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं।
नेपालभर १ सय ३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।