एजेन्सी । भारतको शक्तिशाली व्यवसायिक घराना टाटा सन्स लिमिटेड अहिले आफ्नो १५३ वर्ष पुरानो विरासतलाई निरन्तरता दिने क्रममा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयनको तयारीमा छ । ८० को दशकमा हिडिरहेका टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटाको अनुमोदनपछि यो परिवर्तनको कार्यान्वयन हुनेछ ।
भारतको बजार नियामक निकायले २०२० को अप्रिलदेखि देशका सूचिकृत अग्रणी ५०० वटा कम्पनीहरुले व्यवस्थित रुपमा सञ्चालनका लागि छुट्टाछुट्टै सीईओ वा अध्यक्ष राख्नुपर्ने व्यवस्था गरेपछि टाटामा पनि नयाँ नेतृत्व आउन लागेको हो ।
टाटा सन्सका हालका अध्यक्ष नटाराजन चन्द्रशेखरनले फेब्रुअरीको अन्त्यमा सकिने आफ्नो कार्यकाललाई थप गर्ने सोचिरहेका छन् । यद्यपी यस विषयमा ग्रुपले निर्णय गरेको छैन । तर, टाटा ग्रुपका अन्य कम्पनी टाटा स्टिल लिमिडेटका प्रमुखले पनि यो पदका लागि दावी गरेका छन् । हालसम्म निर्णय भएको छैन ।
८३ वर्षिय पूर्वअध्यक्ष रतन टाटाले उनी पछिका अध्यक्ष बनेका साइरस पी मिस्ट्रीसँगको वर्षौं लामो कानुनी लडाई जितेको महिनौंपछि सीईओ नियुक्तिको प्रक्रिया सुरु भएको हो । टाटा ग्रुपको व्यवस्थापन गर्न असफल भएको आरोप लगाउँदैं २०१६ मा रतनले उनलाई हटाएका थिए । त्यसको विरुद्धमा उनी अदालत गएका थिए ।
तर, ग्रुपमा आउने नयाँ सीईओले चुनौंतीका चाङ सामना गर्नुपर्नेछ । किनभने यसबीचमा टाटा स्टिलले १० अर्ब डलर ऋण कटौंती गर्नुपर्नेछ । आईकोनिक ब्रिटिस मक्र्यु ज्यागौर र ल्याण्ड रोभरकोसमेत स्वामित्व रहेको कम्पनी टाटा मोटर्सले लगातार ३ वर्षदेखि घाटा व्योहरिरहेको छ ।
१०० वटा फरक व्यवसाय र दुई दर्जनभन्दा धेरै कम्पनी स्टक एक्सचेन्जमा सूचिकृत रहेको टाटा ग्रुपको २०२० मा वार्षिक आम्दानी १०६ अर्ब डलर थियो ।
यस कम्पनीमा ७ लाख ५० हजार कर्मचारी कार्यरत छन् । जसले कार, ट्रक, ब्लेण्ड टी, फोर्ज स्टिल निर्माण गर्ने, बीमालेख बिक्री गर्ने, सफ्टवेयर बनाउने, मोवाइल फोन सञ्चालन र नुनको प्याकिङलगायतका काम गर्छन् ।
टाटा ट्रस्टको नेतृत्वबाट ग्रुपको व्यवस्थापनमा उल्लेखनीय प्रभाव पारिरहेको भए पनि हाल रतन टाटा आफै भने व्यवसायमा सक्रियरुपमा लागेका छैनन् ।
गत जुलाईमा चेन्द्रशेखरनकै कार्यकाल थप हुने कुराको अनौपचारिक सदर भएको खबर बाहिर आएपछि रतनले आफ्नै वक्तव्य जारी गरी सो कुरा झुठो भएको पुष्टि गरेका थिए ।
(ब्लुमबर्गको सहयोगमा)