काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैंलाई लक्षित गर्दै हातै खाली नजाने अफर ल्याएको छ ।
याे योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
हरेक साताको ‘लक्की ड्र’ मार्फत बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना ४० इन्चको एमआई स्मार्ट टिभी र बम्परलक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जना ग्राहकले थप उपहार प्राप्त गर्ने जनाइएको छ ।
सिप्रदी ट्रेडिङ–कमर्सियल भेइकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी ग्राहकहरूको उत्साहलाई बढाइराख्न यस्तो योजना ल्याएको बताए । यो योजना असोज १४ गतेसम्म लागू हुनेछ ।