काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्किम ‘यसपालिको दसैं–तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनाका वितेजनाहरुलाई गाडीको साँचो हस्तान्तरण गरेको छ ।
कम्पनीले ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरेको हो ।
गत साउन ११ गते हिमालयन टेलिभिजनबाट उक्त ‘लक्की ड्र’को प्रत्यक्ष प्रसारण गरी विजेता छनोट गरिएको थियो । कोभिड–१९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्थ भएकाले गत वर्षको ‘लक्की ड्र’मा केही ढिलाइ भएको हो ।
साथै कम्पनीले भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गरेको छ । हुन्डाईले विगतमा पनि सधैं आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको थियो ।
यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्कीम पाउन सक्ने छन् । ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुन्डाई आई २०’ एक वर्षको बीमा, वार्षिक करलगायत धेरै किसिमका छुट पाउन सक्ने छन् ।
यस योजनामा गाडी किन्नेलाई हुन्डाईले आफ्ना सबै गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्षको निःशुल्क सर्भिस सुविधा, निःशुल्क ओनरसिप ट्रान्सफर सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ ।