काठमाडौं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैं–तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्ने छन् । यसबाहेक क्लियरन्स मोडेलमा समेत विशेष छुटको व्यवस्था छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरुमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक-फरक हिसाबका छुटहरू लागू हुने कम्पनीले बताएको छ ।
सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू बिक्री बितरण गर्दै आएको छ ।