काठमाडौं । हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टक्सन’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्युचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टक्सन विश्वभर चर्चामा रहेको मोडल हो ।
‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टक्सनलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टक्सनलाई अलग पहिचान दिएको छ ।
नेपाली बजारमा नयाँ जेनेरेसन टक्सनको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जीएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ छ ।
अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमसन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेसन टक्सनमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउनेछ ।
बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो ।