काठमाडौं । व्यावसायिक घरानामा पुस्ता हस्तान्तरण परम्परा नै हो । तर, बाउ बाजेले थमाएको विरासतलाई चलाउन हरेक नयाँ पुस्ताको दृष्टिकोण र भिजनचाहिँ नौलो हुनुपर्छ । अन्यथा न व्यवसायले आफ्नो गर्विलो इतिहासलाई निरन्तरता दिन सक्छ न त नयाँ पुस्ताले नै आफूलाई स्थापित गर्न सक्छ ।
वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेसका नयाँ पुस्ता हुन्, सूर्यान्स वैद्य । एक वर्षदेखि ग्रुपको अटोमोबाइल सेल्स कम्पनी युनाइटेड ट्रे«डिङ सिन्डिकेटको व्यवसाय सम्हालिरहेका छन् । यूटीएसको बिजनेस रिसर्च एनालिस्टका रूपमा टोयोटा कारको पुस्तेनी व्यवसायमा पहिलो पाइला टेकेका सूर्यान्स अहिले मात्र २३ वर्षका भए ।
उनले अमेरिकाको बोस्टनस्थित बेन्ट्ली युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टको पढाइ पूरा गरेका छन् । एक वर्षअघि नेपाल आएका सूर्यान्स हाल अमेरिकाको पढाइ र अनुभवलाई नेपालमा कार्यान्वयन गर्न यहाँको व्यावसायिक परिदृश्य र सम्भावनाहरूमाथि अध्ययन गरिरहेका छन् ।
हजुरबुवा र बुबा आमालाई आफ्नो प्रेरणाको स्रोत मान्ने सूर्यान्सले बेन्ट्लीमा अध्ययनको क्रममा अमेरिका बस्दा विभिन्न व्यवसाय र नवीन सोचहरूको एक्सपोजर पाएको बताए ।
अमेरिकामा समेत अटोमोबाइल र अन्य विभिन्न क्षेत्रलाई नियाल्दै आएका सूर्यान्स हाल यूटीएसमा सिक्ने चरणमै आफू रहेको बताउँछन् ।
तर, आफूलाई नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा विशेष रुचि रहेको उनले क्यापिटल नेपाललाई सुनाए ।
उनले अमेरिकाको बोस्टनस्थित बेन्ट्ली युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टको पढाइ पूरा गरेका छन् । एक वर्षअघि नेपाल आएका सूर्यान्स हाल अमेरिकाको पढाइ र अनुभवलाई नेपालमा कार्यान्वयन गर्न यहाँको व्यावसायिक परिदृश्य र सम्भावनाहरूमाथि अध्ययन गरिरहेका छन् ।
‘बेन्ट्लीमा बिजनेस म्यानेजमेन्ट पढे पनि त्यहाँको पाठ्यक्रमले बिजनेस, इतिहास, वातावरण, मनोविज्ञान हरेक कुरालाई समेटेको हुन्थ्यो,’ उनी अघि भन्छन्, ‘यसैले मलाई त्यहाँ हुँदादेखि नै नवीकरणीय ऊर्जामा विशेष रुचि थियो ।’तेललाई ‘ब्ल्याक गोल्ड’ भने जस्तै नेपालको जलस्रोतलाई ‘ब्ल्यू गोल्ड’ मान्नुपर्ने उनी बताउँछन् ।
नेपालको हकमा नवीकरणीय ऊर्जाको सम्भाव्यतालाई अध्ययन गरिरहेको एक वर्ष मात्र भएको छ । सूर्यान्स कम्पनी नै खडा गरी लगानी विस्तार गरिहाल्ने योजनामै पुगिसकेका छैनन् । तर, आफ्नो रुचि र भावी दिनमा गर्न चाहेको क्षेत्र भने नवीकरणीय ऊर्जा नै रहेको उनले बताए ।
‘नवीकरणीय ऊर्जा भन्ने बित्तिकै हाइड्रोपावर भन्ने होइन, नेपाललाई सुहाउँदो सौर्य, हावा जस्ता धेरै ऊर्जा प्रविधि छन्, जलविद्युतमा धेरै प्रतिस्पर्धा हुन थालिसकेको छ त्यसैले त्यस क्षेत्रमा प्रवेश गर्दा खासै उचित नहोला । ‘हाइड्रोजन सेल फ्युल’ भने नेपालमा अझै पनि बाहिरबाट आइरहेको हुँदा त्यतातिर मेरो रुचि बढेको छ,’ उनी भन्छन् ।
हाइड्रोजनको स्वामित्व कुनै एउटा देश विशेषसँग नभएर यो हावामा पाइने हुँदा यसको सम्भावना नेपालमा प्रबल रहेको उनी बताउँछन् । नेपालमा लामो समयदेखि हाइड्रोजन सेल फ्युल आयात भइरहेको हुँदा देशभित्रै यसको आन्तरिक उत्पादनलाई वृद्धि गरी आत्मनिर्भरता र स्वरोजगारी सिर्जना गर्न सकिने उनलाई लागेको छ ।
देश हरेक कुराका लागि बाहिरी मुलुकसँग निर्भर भए पनि खाद्यवस्तु जस्तो अत्यावश्क चिजका लागि आत्मनिर्भर हुनुपर्ने उनी मान्छन् । यसैकारण आफूलाई देशमा कृषि र खाद्य सुरक्षाको क्षेत्रमा समेत रुचि बढ्न थालेको उनी बताउँछन् ।
हाइड्रोजनको स्वामित्व कुनै एउटा देश विशेषसँग नभएर यो हावामा पाइने हुँदा यसको सम्भावना नेपालमा प्रबल रहेको उनी बताउँछन् । नेपालमा लामो समयदेखि हाइड्रोजन सेल फ्युल आयात भइरहेको हुँदा देशभित्रै यसको आन्तरिक उत्पादनलाई वृद्धि गरी आत्मनिर्भरता र स्वरोजगारी सिर्जना गर्न सकिने उनलाई लागेको छ ।
‘पछिल्लो समय कृषिमा मेरो रुचि बढेको छ । यहाँ खाद्य सुरक्षा र कृषि क्षेत्रको दिगो विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ मेरो रुचि बढेको हो,’ सूर्यान्स भन्छन्, ‘कागती मात्र गत वर्ष ९० करोड रुपैयाँको आयात भएछ ।
अब नीति निर्माणकर्तासँग बसेर, साना किसानलाई सहयोग गर्ने, प्रशिक्षण, प्रविधि, संसाधन बजार दिने र विस्तारी एउटा ठूलो ‘कृषि कंगलोमेरेट’ निर्माण गर्नुपर्छ भन्ने लाग्छ । खाद्य सुरक्षाका लागि यो आवश्यकीय छ ।’ आफूसँग अमेरिका पढ्न बसेका धेरै विद्यार्थीहरूले नेपालमा अवसर नभएको भन्दै देश फर्कन नचाहेको आफूले पनि देखेको उनी बताउँछन् ।
तर, सूर्यान्सलाई भने नेपाल एउटा खाली क्यानभाष जस्तो लाग्छ । नेपालमा अवसर खोजे भेटिने उनी मान्छन् । विदेशमा हरेक क्षेत्रमा अवसरहरू खोजेर अधिकतम उपयोग भइसकेकाले त्यहाँ प्रतिस्पर्धा धेरै हुन्छ । एउटा व्यक्ति सफल हुन अमेरिका जस्तो ठाउँमा धेरै मेहनत र समय लगानी गर्नुपर्छ । तर, नेपालमा हरेक क्षेत्र ‘भर्जिन ल्याण्ड’ जस्तो भएको हुँदा यहाँ खोज्न र गर्न सके हरेक क्षेत्रमा सम्भावना रहेको उनलाई लाग्छ ।
‘अमेरिकामै रहेको भए सायद म गुगल वा फेसबुकमा कुनै कर्मचारीकै रूपमा सीमित हुन्थे होला । तर, यहाँ मैले आफ्नै केही गर्न सक्छु, दुई÷तीन जनाको जीवनमा परिवर्तन ल्याउन सक्छु, अमेरिकाको तुलनामा यहाँ प्रभाव धेरै भएको कारण धेरैका लागि हितकारी काम नेपालमै बसेर मैले गर्न सक्छु ।’
भर्खरै पुस्तैनी व्यवसायमा प्रवेश गरेका सूर्यान्स, वैद्यज् ग्रुपको तेस्रो पुस्ता हुन् । बाहिरबाट देख्ने र सुन्नेले सजिलै पुस्ताको विरासत पाएको देखे पनि यो सोचे जस्तो सजिलो नहुने उनी बताउँछन् । पुस्तैनी व्यवसाय सम्हालेका हरेक नयाँ पुस्ताको आफ्नै बिजनेस आउटलुक हुनुपर्ने उनी मान्छन् ।
१३ वर्षको हुँदा हजुर बुवा विजयगजानन्द वैद्य बितेकाले खासै संगत गर्न नपाए पनि हजुरबुवाको पुराना कुराहरू सुनेरै उनी प्रेरित छन् ।
‘उहाँ अवसर खोजेर, जोखिम मोलेर लाभ लिनु हुन्थ्यो भन्ने सुनेको थिए, हजुरबुवाले सुरु गरेको व्यवसायलाई बुवा सुरज वैद्यले स्थापित गरेर विस्तार गर्न धेरै मेहनत गर्नुभयो, हाम्रो पुस्तालाई संसाधन, अनुसन्धानका लागि सुविधा पर्याप्त छ । तर, प्रतिस्पर्धा धेरै बढेको छ,’ उनले भने ।
‘२०२० मा हाम्रो सेल्स घट्नुका साथै भारतमा प्रोडक्सन पनि घटेको थियो । थाइल्याण्डमा पनि अहिले टोयोटाको दुइवटा प्रोडक्सन प्लान्ट दुई साताका लागि बन्द नै छ । माग प्रक्रिया पनि प्रभावित देखिएको थियो । तर, २०२१ मा आएर अटोमोबाइल व्यवसाय क्षेत्रले पनि भीसेप रिकोभरी पाएको देखिन्छ ।
तर, प्रतिस्पर्धालाई नकारात्मक रूपमा लिएर आत्तिन नहुने उनी बताउँछन् । प्रतिस्पर्धा सकारात्मक कुरा भएको उनको विश्वास छ ।
‘९० प्रतिशत समयमा प्रतिस्पर्धा राम्रो कुरा हो किनभने यसले तपाईंलाई सधैं राम्रो गर्नतर्फ धकेलिरहन्छ । प्रतिस्पर्धा नहुँदा वृद्धि विकास पनि थोरै हुन्छ ।’ सूर्यान्स आफ्नी आमाको संस्थालाई सञ्चालन गर्ने सीपबाट एकदमै प्रभावित छन् ।
व्यवसायबाट आफ्नो अन्तिम लक्ष्य सम्पत्ति थुपार्न नभएर जनमानसको जीवनस्तरलार्ई सुधार्न हो । आफ्नो हजुरबुवाबाट सिकेको यहीँ आदर्शले आफूलाई कृषितिर सधैं धकेल्ने उनी बताउँछन् ।
हाल अमेरिकाको शिक्षा र अनुभवलाई नेपालमा व्यावहारिक बनाउन उनी स्थलगत सिकाइमै व्यस्त छन् । यूटीएसको मुख्यालयमा रहेर स्पेयर्स पाट्र्सदेखि सेल्स डिपार्टमेन्टका टिमहरूबाट दैनिक केही न केही सिकिरहेको बताउँछन् ।
कोभिड कालमै अटो व्यवसायमा विशेष गरी सेल्स र ब्राण्ड प्रोमोसनमा छिरेका सूर्यान्सले प्रारम्भिक चरणमै व्यावसायिक संकट पनि देख्ने मौका पाए । २०२० मा समस्याग्रस्त रहे पनि २०२१ म अटो क्षेत्र ‘भीसेप रिकोभरीमा’ गइरहेको उनी बताउँछन् ।
‘२०२० मा हाम्रो सेल्स घट्नुका साथै भारतमा प्रोडक्सन पनि घटेको थियो । थाइल्याण्डमा पनि अहिले टोयोटाको दुइवटा प्रोडक्सन प्लान्ट दुई साताका लागि बन्द नै छ । माग प्रक्रिया पनि प्रभावित देखिएको थियो । तर, २०२१ मा आएर अटोमोबाइल व्यवसाय क्षेत्रले पनि भीसेप रिकोभरी पाएको देखिन्छ ।
गत वर्ष हामीले यो वर्ष पनि ‘स्लो’ हुने अनुमान गरेको थियौं तर तथ्यांकले हाम्रो अनुमानको विपरीत देखायो । यस वर्ष हाम्रो ‘पर्सनल भेहिकल रजिस्ट्रेसनको’ संख्या नै १४ हजार पुगेको छ जब कि २०२० मा ९ हजार २०० थियो । करिब–करिब ५० प्रतिशतले नै यो संख्या बढिरहेको छ,’ उनले भने ।
साथै उनले टोयोटाले नेपाली बजारमा आगामी पाँच वर्षभित्रमा विद्युतीय सवारी लिएर आउने बताए । सोलिड प्रविधि र पूर्वाधारको काम भएपछि मात्र यो बजारमा छिर्ने उनको भनाइ छ ।
टोयोटाले आफ्नो विश्वासनीयता, इतिहास र ‘ट्रयाक रेकर्डका’ कारण ग्राहकहरूको माया पाएको कारण बजारमा कुनै पनि नयाँ ब्राण्ड र ‘मूल्य सेग्मेन्टले’ टोयोटालाई प्रभावित पार्न नसक्ने सूर्यान्सको विश्वास छ ।