सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट ‘म्यानेजमेन्ट ट्रेनीका’ रूपमा बैंकिङ करियर सुरु गरेका सुमन शर्मा अहिले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । ७ वर्ष एसबीआईमा काम गरेपछि उनी एमबीए अध्यन गर्न विदेश गए । स्वदेश फर्केपछि एनएमबी बैंकमा ‘ज्वाइन’ गरे । उनले एनएमबीमा १० वर्ष बिताए । माछापुच्छ«े बैंकमा डेपुटी डीसीओ भएर झण्डै ३ वर्ष काम गरेपछि ग्लोबल आईएमई बैंकमा पनि डेपुटी सीईओ भए । त्यहाँ शर्माले ८ महिना काम गरेका थिए । शर्मा सीईओ बनेर माछापुच्छ«ेमा फर्किए । २१ महिना माछापुच्छ«ेमा सीईओको रुपमा काम गरे । उनी ६ महिनदेखि सनराइज बैंकमा सीईओको रुपमा कार्यरत छन् । २४ वर्ष बैंकिङ क्षेत्रमा बिताएका सीईओ शर्मा अहिले सनराइज बैंकलाई अब्बल बनाउन लागिपरेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीति तथा बैंकका भावी योजनामा केन्द्रित रहेर क्यापिटल नेपालले सीईओ शर्मासँग गरेको कुराकानी ।
सीईओहरुले बैंक छाड्ने क्रम बढेको छ । यस्तो अवस्था किन आएको हो ?
केही सीईओहरू लामो समयसम्म एउटै बैंकमा बसेका छन् । केही सीईओ एउटा बैंकमा एक कार्यका पूरा गरेर र केहीले कार्यकाल पूरा नगरी छोडेका छन् । सीईओ कुनै बैंकमा बढी र केहीमा कम टिकेका छन् । कुनै ‘इस्युमा’ मन नमिल्दा र व्यावसायिक ‘टार्गेटले’ पनि कार्यकाल पूरा गर्न नसकेको हुन सक्छ । सीईओले कार्यकाल पूरा नगरी छाड्नुमा विभिन्न कारणहरू छन् । बोर्डसँग कुरा नमिल्दा छोड्नुपर्ने अवस्था आउने गरेको छ ।
सनराइजमा सञ्चालकसँगको टसलले गर्दा सीईओहरूले कार्यकाल पुरा नगरी छाडेका छन् । अहिले सञ्चालक समितिसँग तपाईको कस्तो सम्बन्ध रहेको छ ?
अहिलेसम्म सौहार्दपूर्ण वातावरण छ । राम्रोसँग काम गर्न पाइएको छ । म यहाँ आएको ६ महिना भयो । म यहाँ आएपछि बैंकले व्यवसाय विस्तार गरेको छ । गत आर्थिक वर्षको पछिल्लो ५ महिनामा यो किसिमको व्यवसाय विस्तार हुन सक्नु भनेको सौहर्दपूर्ण वातावरण छ भन्ने कुरा प्रमाणित गराउँछ ।
यसअघि बोर्ड र सीईओबीच विवाद हुने गरेको थियो । के कारणले होला ?
उहाँहरूका बीचमा केही असमझदारी भयो होला । त्यही कारणले अघिल्लो ७ महिनामा बैंकको व्यवसाय विस्तार हुन सकेन होला ।
४ वर्षको व्यावसायिक योजना लिएर बैंकमा आउनु भएको छ । यहाँको कार्यकालमा बैंक कुन स्थानमा पुग्नेछ ?
यति ‘बिजनेस ग्रोथ’ गर्छौं भनेर प्रत्येक वर्ष योजना बनाउँछौं । नाफाको लक्ष्य पनि प्रत्येक वर्षमा दिने गर्छौं । आज एउटा योजना दियो, नियमनबाट आउने थुप्रै परिवर्तनहरूले बैंकको नाफामा असर गर्ने हुन्छ । चालू आर्थिक वर्षमा बिजनेस बढाएर नाफा यति हुन्छ भन्ने प्रक्षेपणका आधारमा असार अन्तिममा एउटा ‘बिजनेस प्लान’ बनायौं । नयाँ मौद्रिक नीतिलाई हेर्दा त्यो अवस्था नरहने देखिन्छ ।
४ वर्षमा के हुन्छ भनेर बैंक ‘ज्वाइन’ गर्ने बेलामा भन्ने हैन । तर, दीर्घकालीन योजना बनाउने भन्ने कुरा यहाँ आइसकेपछि हुने हो । बैंकमा ज्वाइन गर्ने बेलामै बोर्डबाट यति बिजनेस बढ्नुपर्छ, नाफा र एनपीए यति हुनुपर्छ भनेर लक्ष्यहरू ‘सेट’ गरिएको छैन । ‘ओभरअलमा’ बैंकलाई राम्रो बनाउनुपर्छ भन्ने सञ्चालक ज्यूहरूको चाहना छ ।
मौद्रिक नीति भरखरै आएको छ । नयाँ मौद्रिक नीतिले बैंकहरूलाई केही अप्ठेरो परेको कुरा सार्वजनिक भएका छन् । मौद्रीक नीतिले बैंकहरूलाई गाह्रो बनाएकै हो ?
रिभाइज कन्डिसनमा’ नयाँ मौद्रिक नीतिले सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ । यसले गर्दा लगानीयोग्य पुँजी कम हुने देखिन्छ । यद्यपि राष्ट्र बैंकबाट सर्कुलर आइसकेको छैन । सीडी रेसियोको अवस्था हेर्दा सबै बैंकहरूले कर्जा दिन नसक्ने अवस्था आएको छ । ऋण बढाउन पहिला निक्षेप बढाउनुपर्यो । हाम्रै बैंकको गत वर्ष १०५ अर्ब रुपैयाँ निक्षेप थियो । १०३ अर्ब कर्जा लगानी थियो । पहिला गत वर्षको अवस्थालाई ९० प्रतिशतमा पुर्याउनु पर्यो । त्यो भनेको निक्षेप बढाउनु पर्यो । निक्षेप नबढाइ ऋण बढाउन पाइएन् ।
अप्ठेरो र सजिलो भन्ने केही छैन । नेपाल राष्ट्र बैंकबाट जुन निर्देशनहरू आउँछन् त्यसमै बसेर काम गर्ने हो । राष्ट्र बैंकको निर्देशनभित्र बसेर बैंकलाई कसरी राम्रो बनाउने भनेर काम गर्ने हो । पहिला ‘नेट इन्ट्रेस्ट स्प्रेड’ भन्ने थिएन । ५.५ प्रतिशत हुनुपर्ने भनेर निर्देशन आयो । त्यसपछि घटेर ५, ४.४ र अहिले ४ प्रतिशत भएको छ । विस्तारै परिवर्तन भएर आएको छ । स्प्रेड ५.५ प्रतिशतकै जति नाफा हुने अवस्था छैन । पहिला शुल्क र कमिसनमा नियमन थिएन ।
अहिले ऋण दिँदा शुल्क यति लिने नवीकरण गर्दा यति मात्र लिने पाउने भन्ने निर्देशन केन्द्रीय बैंकबाट आएको छ । त्यसैमा बसेर काम गर्नुपर्छ । ओभरअलमा बैंकहरूको नाफा र ‘रिर्टन अन इक्विटी’ कम भएको छ । पहिलाको सोचेर अहिले त्यति नै रिर्टन अन इक्विटी हुनुपर्यो भने त त्यही अनुसारको निर्देशन हुनुपर्छ । ‘रिभाइज कन्डिसनमा’ नयाँ मौद्रिक नीतिले सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ ।
यसले गर्दा लगानीयोग्य पुँजी कम हुने देखिन्छ । यद्यपि राष्ट्र बैंकबाट सर्कुलर आइसकेको छैन । सीडी रेसियोको अवस्था हेर्दा सबै बैंकहरूले कर्जा दिन नसक्ने अवस्था आएको छ । ऋण बढाउन पहिला निक्षेप बढाउनुपर्यो । हाम्रै बैंकको गत वर्ष १०५ अर्ब रुपैयाँ निक्षेप थियो । १०३ अर्ब कर्जा लगानी थियो । पहिला गत वर्षको अवस्थालाई ९० प्रतिशतमा पुर्याउनु पर्यो । त्यो भनेको निक्षेप बढाउनु पर्यो । निक्षेप नबढाइ ऋण बढाउन पाइएन् ।
यहाँको भनाइलाई आधार मान्ने हो भने अब बैंकहरूबीच निक्षेप उठाउन तानातानको अवस्था आउनेछ । अब ब्याजदर बढ्ने देखियो हैन ?
ब्याजदरको ग्राफ सीडी रेसियो लागू नहुँदै उकालो लाग्ने देखिसकेको छ । किनभने अस्तिको असार मसान्तभन्दा अघिल्लो असारमा भुक्तानी सन्तुलन (बीओपी) २ खर्ब ८२ अर्ब रुपैयाँले सकारात्मक थियो भने गएको असारमा ‘मार्जिनल्ली’ सकारात्मक देखिएको छ । यो बीचमा २ खर्ब ८२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट देशबाहिर गयो । यसको प्रभाव बैंक तथा वित्तीय संस्थाको निक्षेपमा पर्छ ।
त्यो निक्षेपले ‘मल्टिप्लायर इफेक्ट’ आउँछ । अहिले बीओपी सकारात्मक मात्र छ । यसरी नै पैसा बाहिर गइरहने हो भने आन्तरिक स्रोत कम हुन्छ । यो हुने बित्तिकै ब्याजदर बढ्ने छ । बैंकहरूले धमाधम निक्षेपको ब्याजदर बढाएका छन् । हामीले पनि बढाएका छौं । निक्षेपको अभाव हुनसाथ कर्जाको ब्याजदर पनि बढ्ने छ । ब्याजदर बढेपछि परियोजनाका साथै उत्पादन लागतसमेत वृद्धि हुन्छ ।
संस्थागत लगानीकर्ताहरूले पुनः एक पटक कमाउने अवस्था आएको हो ?
जोसँग बढी निक्षेप छ, उसलाई बढी फाइदा हुने भयो । व्यक्तिगत बचत र रिटायर्ड भएकाहरूले बैंकको मुद्दतीमा रकम जम्मा गर्नुभएको होला । संस्थागत निक्षेपकर्तालाई फाइदा हुने भयो । ३ वर्षअघि ‘क्रेडिट क्रञ्च’ हुँदा ब्याजदर बढेर साढे १३ प्रतिशतसम्म पुगेको थियो ।
क्रेडिट क्रञ्चको अवस्था आउने देखिएको छ । ब्याजदर माथिनै जानेछ । एक वर्ष मात्रै राम्रा भएको थियो । २ वर्षअघि नै त्यस्तै थियो । ४ वर्षअघि पनि क्रेडिट क्रञ्चको संकट देखिएको थियो । यो हुने संभावना देख्छु ।
जोसँग बढी निक्षेप छ, उसलाई बढी फाइदा हुने भयो । व्यक्तिगत बचत र रिटायर्ड भएकाहरूले बैंकको मुद्दतीमा रकम जम्मा गर्नुभएको होला । संस्थागत निक्षेपकर्तालाई फाइदा हुने भयो । ३ वर्षअघि ‘क्रेडिट क्रञ्च’ हुँदा ब्याजदर बढेर साढे १३ प्रतिशतसम्म पुगेको थियो । क्रेडिट क्रञ्चको अवस्था आउने देखिएको छ । ब्याजदर माथिनै जानेछ । एक वर्ष मात्रै राम्रा भएको थियो । २ वर्षअघि नै त्यस्तै थियो । ४ वर्षअघि पनि क्रेडिट क्रञ्चको संकट देखिएको थियो । यो हुने संभावना देख्छु ।
क्रेडिट क्रञ्चको अवस्था नेपालमा मात्रै हो कि विदेशमा पनि भइरहेको हुन्छ ? किन बारम्बार दोहोरिन्छ ? तयारी किन गरिँदैन ? के प्रणालीले काम नगरेको हो ?
निक्षेप र कर्जाले मात्रै भुक्तानी सन्तुलन सकारात्मक हुन्छ भन्ने हुँदैन । सबै मुलुकहरूले आफूले जति आयात गर्छन् सोही आधारमा निर्यात पनि गरिरहेका हुन्छ । त्यसैले गर्दा क्रेडिट क्रन्चको अवस्था ती देशहरूमा हुँदैन् । जुन ‘कम्पिटेन्सी’ छ, त्यो बराबरको वस्तु तथा सेवा निर्यात गर्छन् । नेपालको निर्यात एकदमै कम छ । आयात अधिक छ । कृषिजन्य उत्पादनमा पनि आयात गरिरहेका छौं ।
हामी केही गर्दैनौं । निकासीका कुरा छाडौं आफ्नो खपतका लागि पनि उत्पादन गर्न सक्दैनौं । जसले गर्दा भुक्तानी सन्तुलन प्रभावित हुन्छ । बैंकले गर्दा भुक्तानी सन्तुलनमा प्रभाव पर्यो भन्न मिल्दैन । एउटा के हुन सक्छ भने बैंकिङ क्षेत्रबाट दैनिक खपत हुने वस्तु, जस्तै गाडी किन्न, घर बनाउन ऋण दिएको पैसा बिदेसिने भएकाले यसमा बैंकले केही योगदान गरेको जस्तो देखिन्छ ।
तर, त्यो ‘कम्पोनेन्ट’ धेरै कम हुन्छ । हामीले घर बनाउँदा गिटी, बालुवा, सिमेन्ट र रडबाहेक सबै वस्तु आयात गर्छौं । घर बनाउँदा गिटी, बालुवा र सिमेन्टको कम्पोनेन्ट थोरै हुन्छ । पेन्टस, स्टिल रडहरूदेखि लिएर हरेक कच्चावस्तु बाहिरबाट आयात हुन्छ । भनेपछि घरका लागि कर्जा दिँदा पैसा विदेश जाने भयो । गाडी किन्दा १०० प्रतिशत जाने गरेको छ । हामी आत्मनिर्भर हुन सकेनौं । वार्षिक ५० अर्ब रुपैयाँको चामल बाहिरबाट आयात गरिरहेका छौं । आफैंले उत्पादन गरेको भए ५० अर्ब रुपैयाँ प्रणालीमा रहन्थ्यो ।
सीडी रेसियो ९० प्रतिशत भयो भने भोलिका दिनमा लगानीयोग्य पुँजीको अभाव हुने भयो । बैंकले कर्जा दिन सक्दैनन् । आर्थिक गतिविधि चलायमान बन्न पनि सक्दैन । बैंकहरूले जग्गा किन्न र ‘मार्जिन लेन्डिङमा’ लगानी गरे भन्ने कुरा आएको छ । मार्जिन लेन्डिङ र जग्गा किन्न दिएको कर्जाले तरलताको अभाव हुँदैन । एउटाको जग्गा अर्कोले किन्दा बैंकले कर्जा दिन्छ र त्यो पैसा पुनः बैंकमा फर्किन्छ । जग्गा र घर किन्दा प्रणालीबाट बाहिर पैसा जाँदैन ।
बरु गाडी किन्दा जान्छ । उद्योगलाई ऋण दिँदा मेसिन र कच्चावस्तु बाहिरबाट ल्याउनु पर्दा पैसा जान्छ । स्टिल बाहिरबाट ल्याउनु पर्यो पैसा विदेशियला । तर, एउटाले बेचेर अर्कोले पैसा पाउँदा तरलताको अभाव भने हुँदैन । सजिलो गरी पैसा कमाइ भयो भने त्यसैगरी खर्च गरिन्छ । यसले सहजै रूपमा पैसा बिदेसिने संभावना बढी हुन्छ ।
कर्जा लगानी बढाउन अब निक्षेप बढाउनु पर्ने देखियो । यसका लागि यहाँले के गर्दै हुनुहुन्छ ?
ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्ने हैन । २७ वटा वाणिज्य बैंकहरूको एउटाको निक्षेप अर्कोतिर जाने मात्रै हो । हाम्रो जस्तो मुलुकको ‘क्यापिटल एकाउन्ट कर्भटिबिलिटी’ नभएको हुनाले यो समस्या आएको हो । ब्याजदर उच्च भएका बेला विदेशबाट पैसा नेपालमा आउँछ र हाम्रो कम भएका बेला यहाँबाट पैसा विदेश जान्छ भन्ने छैन । विदेशबाट पैसा सहजै आउन सक्छ तर नेपालबाट बाहिर जान सक्दैन । त्यसैले ‘रेट अफ इन्ट्रिेस्टले’ अन्तर्राष्ट्रिय निक्षेप यहाँ आउने भन्ने कुरा कमै हुन्छ ।
अर्को कुरा ब्याजदर कम भएकाले व्यक्तिहरूले घरमा पैसा राखेका छन् र बढ्ने बित्तिकै बैंकमा ल्याउने भन्ने कुरा मलाई लाग्दैन । ४ वर्षदेखिको अवस्था हेर्नुभयो भने अघिल्लो वर्षको असारमा बैंकिङ प्रणालीमा तरलता २८५ अर्ब रुपैयाँ अधिक थियो । त्यसबेला ‘लिक्विडिटी फ्लस’ थियो । अब अहिले भुक्तानी सन्तुलन शून्य अवस्थामा छ । यसले बहुपक्षीय प्रभाव पार्छ ।
सनराइज बैंक व्यवसाय विस्तारमा किन सुस्त देखिएको हो ?
तपाईंले भनेको जस्तो सनराइज बैंक सुस्त छैन । हाम्रो बैंकको बिजनेस बढेको छ । गत वर्ष नाफा पनि १० प्रतिशतले बढेको छ । हाम्रो ‘ओभर द पिरियड’ ७, ८ वर्षको हेर्दा गत वर्ष धेरै निक्षेप लिए कर्जा प्रवाह गरेका छौं । बैंकको शाखाको आकारअनुसार ‘बिजनेस ग्रोथ’ हुन्छ । सनराइज बैंकको शाखा संख्या १३९ वटा छ । ४ सयवटा शाखा भएको बैंकसँग सनराइजलाई तुलना गर्नुभयो भने मिल्दैन । गत वर्षको पछिल्लो ५ महिनामा झण्डै १५ अर्ब रुपैयाँ कर्जा बढ्यो । सनराइजको इतिहासमा १० प्रतिशत वृद्धि भएको पछिल्ला दुई वर्षमा मात्र हो ।
त्यसअघि कम नै छ । पछिल्लो समयमा सनराइजले गति समाएको देखिन्छ । २ वर्षसम्म कायम भएमा हाम्रो अवस्था झनै मजबुत हुनेछ । मर्ज गरेर ठूला भएका बैंकको बिजनेस ठूलो देखिने भयो । ती बैंकले बिजनेस गरेरभन्दा पनि मर्जबाट ठूलो देखिएको हो । पुँजी र व्यवसायको अवस्था, इक्विटी र रिटर्नको अवस्था पनि हेर्नुपर्छ ।
उदाहरणका लागि तपाईंले १ लाख रुपैयाँ कुनै बिजनेसमा लगानी गरेर वर्षभरि २० हजार रुपैयाँ कमाउनु भएको छ । अर्को एक जनाले १० लाख रुपैयाँ लगानी गरेर उसले १ लाख रुपैयाँ आम्दानी गरेको छ भने कुनचाहिँ बेटर ? अनुपात हेर्दा तपाईंका लगानीबाट पाउने प्रतिफल बेटर देखियो । सेयर होल्डरले लगानी गरेको पैसाका आधारमा हेर्दा सनराइज बैंक सुस्त छैन । धेरै बैंकहरूभन्दा सनराइज राम्रो छ ।
सनराइजको नाफा १५० करोड रुपैयाँ हुँदा वितरणयोग्य नाफा ६० करोड मात्र छ । यस्तो किन भयो ?
वितरणयोग्य नाफाको कुरा गर्दा बैंकले डिबेञ्चर कति जारी गरेको छ । डिबेञ्चरको समय पनि हुन्छ । डिबेञ्चर परिपक्व भएको बेलाको वर्ष रिजर्भमा राखेको पैसा सिधै सेयरहोल्डरलाई दिन सक्ने स्थिति हुन्छ । १ अर्बको डिबेञ्चर ५ वर्षका लागि निष्कासन गरेको छ भने प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले छुट्ट्याएर रिजर्भ फण्डमा राख्नुपर्छ । त्यो २५ करोड रुपैयाँ वितरणयोग्य नाफामा राख्न पाइन्थ्यो । तर, डिबेञ्चर परिपक्व भएको वर्ष १ अर्ब रुपैयाँ नै वितरण योग्यमा राख्न सक्छौं ।
अर्को १ अर्बको डिबेञ्चर त्यही वर्षमा निष्कासन गरे पनि फरक पर्दैन । सेयरबाट बैंकहरूले कमाएको पनि हुन सक्छ । नाफाको आकार पनि हेर्नुपर्छ । कत्रो आकारको बैंक छ, त्यसले वितरणयोग्य नाफा कति छ । त्यो पनि हेर्नुपर्छ । अर्को भनेको पहिला ‘लोनलस प्रोभिजनिङ’ गरेर राखेको गैर बैंकिङ सम्पत्ति जस्तै जग्गाहरू बेचेर आएका पैसाहरू छन् । त्यो पनि वितरणयोग्य नाफामा राख्न मिल्छ ।
कोभिडका बेला बैंकले व्यवसाय विस्तार गरेर राम्रो नाफा गरेका थिए ।
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानी विस्तार गर्न नसक्दा नाफा घट्ने कुरा गर्नुभयो । अब बैंकहरुको नाफा घट्ने अवस्था आएको हो ?
मर्ज गर्ने हाम्रो तयारी छ । संस्थापकहरूका तहबाट केही बैंकका संस्थापकसँग कुरा भइरहेको छ । तर, यसैगरी अघि बढ्न भन्ने अवस्थामा पुगेको छैन । राम्रो पार्टनर पाएमा मर्जमा जान तयार छौं । यो बैंक त्यो बैंक नभनौं । अहिले ३, ४ वटा बैंकहरूसँग ‘प्रोमोटर लेभलमा’ कुरा भएको छ । तर, फाइनल भएको छैन । सनराइजले उपयुक्त पार्टनर पाएमा मर्जमा जान्छ ।
पहिलो कुरा सीसीडी रेसियो कि सीडी रेसियो हुनुपर्नेमा विषयमा ‘डिबेट’ हुनुपर्छ जस्तो लाग्छ । केन्द्रीय बैंकले ल्याएको सीडी रेसियोको अवधारणा नै उपयुक्र्त छ । यो विश्वव्यापी रूपमा चलेको छ । तपाईंले ल्याएको पुँजी सहायक कम्पनी खोलेर पैसा उता गएको हुन्छ । घरजग्गा किनेर पैसा ‘कन्ज्यूम’ भएको हुन्छ । त्यो पैसा तरल नगद हैन । भोलि निक्षेपकर्ताले ठूलो रकम झिक्न आउँदा बैंकसँग पैसा हुँदैन । त्यसैले सीसीडीभन्दा सीडी रेसियो राम्रो भन्ने कुरा छ । नेपालको सन्दर्भमा ९० प्रतिशतमा सीडी रेसियो हुँदा बाँकी १० प्रतिशत निक्षेप छ, त्यो पैसा लगानीमा हाल्नुपर्छ ।
लगानीबाट प्रतिफल लिन हाम्रो मुद्रा बजार (मनी मार्केट) को विकास भएको छैन । त्यसैले बैंकहरूले त्यसबाट प्रतिफल पाउँदैनन् । सीडी रेसियो ९० प्रतिशत भनेको ‘अप्टिमम्’हो । त्यहाँभन्दा माथि जानुभएन । त्योभन्दा तल हुनुपर्छ । भोलि संकट आए ठूलो रकम झिक्ने अवस्था आउने संभावनालाई याद गरेर सीडी रेसियो नकट्ने अवस्था हुनुपर्यो । त्यही अनुसारको पुसन राख्नुपर्ने हुन्छ । त्यसैले मुद्रा बजार राम्रो विकास भएको भए बैंकहरुले १० प्रतिशत रकम त्यता लगानी गरेर आम्दानी गर्न सक्थे । अहिले मुद्रा बजार विस्तारै आएको छ । अहिले केही बैंकले कृषि बण्ड र ऊर्जा बण्ड निष्कासन गर्न थालेका छन् । जुन बैंकहरूले लगानी गर्छन् । यो सुरुवाती चरण हो । अन्य ‘पोर्टफोलियो’ बनाएर लगानी गर्नुपर्छ ।
नाफामा ‘हिट’ गर्ने संभावना कतिको रहन्छ ?
निश्चय नै नाफामा हिट हुन्छ । आजको दिनमा बैंकहरूले जति ऋण दिएका छन् । सीडी रेसियो ९० प्रतिशत कायम गर्न बैंकहरूले ऋण लगानी घटाएर निक्षेप बढाउनु पर्ने अवस्था आएको छ । सीडी रेसियो ९० प्रतिशत कायम गर्ने बित्तिकै बैंकहरूले ऋण लगानी घटाएर ‘इन्भेष्टमेन्टमा’ बढाउनुपर्छ । कर्जाको भन्दा लगानीको प्रतिफल कम छ । ट्रेजरी बिल्स र सरकार बण्डमा लगानी गर्दा ४ प्रतिशत मात्र प्रतिफल आउँछ । निक्षेपको ब्याजदर ८ प्रतिशत र लगानीको प्रतिफल ४ प्रतिशत हुने बित्तिकै नोक्सान भइहाल्छ । बण्डको बजार राम्रो भएको भए कमसेकम निक्षेपको लागतलाई धान्न सक्ने हुन्थ्यो होला । सीसीडी ८५ प्रतिशत भनेको भए बैंकहरूले ८० वा ८२ सम्म पुर्याउँथे होलान । लगानीबाट पनि राम्रो प्रतिफल आउने भएकाले जोखिम कम गर्नुपथ्र्यो होला । सीसीडीले गर्दा सबै बैंकको नाफा घट्नेछ ।
राष्ट्र बैंकले मर्जरलाई जोड दिँदै आएको छ । सनराइजको मर्जको योजना के हो ?
मर्ज गर्ने हाम्रो तयारी छ । संस्थापकहरूका तहबाट केही बैंकका संस्थापकसँग कुरा भइरहेको छ । तर, यसैगरी अघि बढ्न भन्ने अवस्थामा पुगेको छैन । राम्रो पार्टनर पाएमा मर्जमा जान तयार छौं । यो बैंक त्यो बैंक नभनौं । अहिले ३, ४ वटा बैंकहरूसँग ‘प्रोमोटर लेभलमा’ कुरा भएको छ । तर, फाइनल भएको छैन । सनराइजले उपयुक्त पार्टनर पाएमा मर्जमा जान्छ ।
मर्ज गर्न सक्ने र परिपालन राम्रो भएकाले बोर्डले यहाँलाई सीईओ बनाएको हो । मर्जमा जान बोर्डबाट यहाँलाई कतिको दबाब छ ?
मर्जमा जान भनेर मलाई यहाँ पक्कै ल्याएको हैन । सीईओ एउटा मात्रै हुन्छ । मर्जसम्म सहजीकरण गर्ने काम मेरो हुनेछ भनेको छु । मर्जपछि कसलाई सीईओ राख्ने र ‘वाइबाइ’ गर्ने निर्णय संयुक्त सञ्चालक समितिको हुन्छ । म यसमा तयार छु । मैले प्रतिज्ञा गरेको छु ।
राष्ट्र बैंकले मर्जमा जान दबाब दिइरहेको अवस्थामा हामी प्रारम्भिक चरणमा छौं कि धेरै अघि बढेको छौं ?
कुरा मिलेमा तुरुन्त मर्ज भइहाल्छ । मिलेन भने हुँदैन । दुवै पक्ष सकारात्मक भएमा ‘क्लिक’ हुन समय लाग्दैन । प्रक्रिया लामो होला ।
तपाईं आउनुअघि बैंकमा एक किसिमको द्वन्द्व थियो । बैंकको नेतृत्व सम्हालेपछि बाहिर आएको छैन । मनपरेको सीईओ भएर हो ?
मेरो तर्फबाट समस्या आउन नदिन भरसक कोसिस जारी रहन्छ । दुई पक्षका बीचमा विवाद भएमा मिलाउने प्रयास हुन्छ । लाभ लिनका लागि एउटा पक्ष यस्तो भन्दै थियो भन्ने र अर्को पक्षको नराम्रो कुरा सुनाउँदा समस्या सिर्जना हुन्छ ।
म एक अर्काको राम्रो कुरा मात्र सुनाउनेछु । आवश्यक र चाहिने कुरा मात्र गर्छु । यसअघि मिडियामा आएका कुरा हुन् । अहिलेसम्म ६ महिनामा १४ पटक सञ्चालक समितिको बैठक बसिसकेको छ । यसबीचमा ‘स्मुथ’ रूपमा बैठकमा ‘प्रोफेसनल’ रूपमा छलफल भइरहेको छ । बिजनेस एजेन्डामा समस्या छैन । व्यक्तिगत असहमति होला । तर, त्यो बैंक बाहिर छ ।
सनराइज डिजिटल बैंकिङमा पछि परेको हो ?
हैन, हामी यसमा अघि छौं । ‘प्रोडक्ट इनोभेसनमा’ हाम्रो राम्रो छ । ‘ब्रान्डिङ’ खर्च गरेर हुने नगरे नहुने भन्ने हैन । ‘प्रोडक्ट सर्भिस’ र ‘इनोभेसनमा’ राम्रो काम भएको छ । हामीले क्यासभन्दा डिजिटलमा जोड दिइरहेका छौं ।
उद्योग व्यवसायी सधैं घाटामा र बैंकहरू सधैं नाफामा भइरहने आरोप लाग्ने गरेको छ । यसमा तपाईंको बुझाइ के हो ?
यहाँले बुझ्नु भएको छ । मबाट निकाल्ने कोसिस गर्नुभएको मात्र हो । ‘ओभर द पिरियड अफ टाइम’ यो बैंक १४ वर्ष पूरा भएको छ । आजको दिनमा सनराइज सुस्त छ भन्नु भएको थियो । आजको दिनमा बैंकले जम्मा भएको पैसा र नाफाबाट आएको रकम पुनः बैंकमै लगानी गरेको छ । चाहे त्यो रेगुलेटरी होस् वा अन्य कारण हो । त्यो पैसाको प्रतिफल कति छ । ‘रिर्टन अन इक्विटी’ १० प्रतिशत बढी छ । अरू व्यवसायमा पारदर्शी कति छ । सोहीअनुसार प्रतिफल कति दिएको छ, त्यो हेर्नुहोस ।
हामीले एउटा स्टिल उद्योगको अध्ययन गर्दा एक वर्षमा झण्डै बैंकको जति नाफा भएको पायौं । यस्तो अवस्थामा बैंकको नाफा धेरै भन्न मिल्दैन । अझै स्टिल उत्पादक कम्पनी वा अन्य उत्पादनमूलक कम्पनीको वित्तीय अवस्था कहिले तल कहिले माथि जान्छ । बैंकको ‘रिर्टन अन इक्विटी’ १० प्रतिशत रिर्टन कम हो । कोभिडका कारणले बैंक पनि नोक्सानमा जान्थ्यो होला ।
केन्द्रीय बैंकले गत वर्ष ‘रिल्याक्सेन’ दिएर बचाएको छ । यदि यसो नगरेका भए बैंकको नाफा देखिन्दैन थियो । कोभिडका बेला बैंकको नाफा बढिरहेको यो कारणले गर्दा हो । उद्योग भोलि रिभाइभ गरेर पुनः पहिलाको जस्तो काम गर्छ गर्दैन भन्ने कुरा छ । त्यसलाई मध्यनजर गरेर प्रोभिजनिङ हटाइयो । यसले बैंकको नाफा बढायो । यो वर्षको मौद्रिक नीति रोचक छ । पर्यटन क्षेत्रलाई पेनाल्टी चार्ज लिन नपाइने र असारसम्मको ब्याज पार्क गरेर राख्नुपर्ने भनेको छ । बैंकको एनपीए नहुने भयो । प्रोभिजन नहुने भयो ।
बैंकहरूले मार्जिन लेण्डिङमा कर्जा दिन छाडेको कुरा आएको छ । सनराइजले पनि बन्द गरेको हो ?
प्रतिबद्धता गरेको कर्जा दिनुपर्छ । अफर लेटर दिएर कस्टमरले स्वीकार गरेपछि कर्जा दिनुपर्छ । ४ करोड सीमा पुगेको भए बेग्लै कुरा हो । नत्रभने दिनुपर्छ ।