विराटनगर । कोरोना महामारीका कारण सबै क्षेत्र संकटमा परेका बेला दुई महिलाले विराटनगरमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउने भएका छन् । महिला व्यवसायी अन्जुला प्याकुरेल र हुमादेवी भट्टराईले १० करोड रुपैयाँ लगानी गरेर सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउन लागेका हुन् । होटल निर्माणको काम ९० प्रतिशत सकिएको सञ्चालक प्याकुरेलले बताइन् ।उनले दीपालीदेखि होटल सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिइन् ।
निर्माणाधीन होटल विराटनगर एयरपोर्ट नजिक रहेको छ । लामो समयदेखि ट्राभल एजेन्सीमा काम गरिरहेका अन्जुला र हुमादेवीले संयुक्त रूपमा होटल सञ्चालनमा ल्याउन लागेका हुन् । होटलमा दुवै जनाको आधा–आधा लगानी छ ।
होटल निर्माण कोरोना आउनुभन्दा अगाडि नै सुरु भएको हो । ‘हामीले ट्राभल एजेन्सीमा काम गर्दा गर्दै विराटनगरमा अझै होटलको आवश्यकता छ भन्ने लागेर सञ्चालन गर्न लागको हो’, उनले भनिन्, ‘पछि कोरोनाले असर गर्यो, हामीले काम पनि रोक्न पर्यो, केही समय काम रोकेर फेरि सुरुवात गरेको हो ।’
चारतले होटलमा सुविधासम्पन्न कोठाहरू रहने अर्का सञ्चालक भट्टराईले जानकारी दिइन् । ‘होटलका रुम सुविधासम्पन्न हुनेछन्’, उनले भनिन्, ‘छतमा रुफटप रेष्टुराँ राखेका छौं, अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकको चाहना अनुसारको सेवा सुविधा दिनसक्ने खालको व्यवस्था होटलमा हुनेछ ।’ न्यून मूल्यमा राम्रो सेवा दिने प्रयास आफूहरूको रहेको उनको भनाइ छ ।
विराटनगर प्रदेश १ को राजधानी हो । त्यसले गर्दा पनि पर्यटकलाई लक्षित गरी धेरै होटलहरू निर्माण हुने अवस्थामा थिए । तर, कोरोना कहरका कारण सञ्चालनमा रहेका पुराना ठूला होटलहरू बन्द भएका छन् । पुराना बन्द भए पनि नयाँ होटलहरू सञ्चालन हुने क्रम पनि उत्तिकै बढेको छ ।
होटल निर्माण कोरोना आउनुभन्दा अगाडि नै सुरु भएको हो । ‘हामीले ट्राभल एजेन्सीमा काम गर्दा गर्दै विराटनगरमा अझै होटलको आवश्यकता छ भन्ने लागेर सञ्चालन गर्न लागको हो’, उनले भनिन्, ‘पछि कोरोनाले असर गर्यो, हामीले काम पनि रोक्न पर्यो, केही समय काम रोकेर फेरि सुरुवात गरेको हो ।’
२०७६ मंसिरदेखि नै भवन निर्माणको काम सुरु भएर माघसम्म एक तला निर्माण भइसकेको हुनाले सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको उनको भनाइ छ । कोरोना कम हुँदै गयो भने समस्या नआउने प्याकुरेलले बताइन् ।
विराटनगरमा होटलको आवश्यकता भएको उनको भनाइ छ । सुविधासम्पन्न होटलहरू कमै भएको बताउँदै प्याकुरेलले कोरोना महामारीमा अलि समस्या भए पनि पछि राम्रो हुने बताइन् ।
होटलहरू मारमा परेको अहिलेको अवस्थामा सञ्चालनमा ल्याउन समस्या भएकाले दीपावलीको अवसरमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको प्याकुरेलले बताइन् ।
२०७६ मंसिरदेखि नै भवन निर्माणको काम सुरु भएर माघसम्म एक तला निर्माण भइसकेको हुनाले सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको उनको भनाइ छ । कोरोना कम हुँदै गयो भने समस्या नआउने प्याकुरेलले बताइन् ।
तत्काल समस्या भए पनि महामारी न्यून हुँदै गएपछि अरू होटलहरू पनि विराटनगरमा आवश्यक पर्ने उनको भनाइ छ । प्रदेशको राजधानी भएकाले पनि विराटनगरमा अझै पनि सुविधासम्पन्न होटले थोरै छन् ।