काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो चरणको लकडाउन यता बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले आफ्ना ४० वटा आउटलेट काठमाडौंका विभिन्न स्थानहरुमा विस्तार गरेको छ ।
यसबाहेक एभोगाडो रेस्टुराँले ठमेलमा एउटा र ओपियमले साइनो नामको नयाँ रेस्टुराँ खोल्ने तयारी गरिरहेको छ । हाल उपत्यकालगायत देशका विभिन्न स्थानहरुमा स–साना रेस्टुराँ, क्याफेहरु पनि खुलिरहेका छन् ।
कोभिड-१९ र निषेधाज्ञाबाट अति प्रभावित क्षेत्र मानिएको होटल, रेस्टुराँ तथा क्याफेहरु धराशायी भएर यो क्षेत्रमा टाँट पल्टिएको समाचार सुनिरहँदा यस्तो विषम परिस्थितिमा नयाँ हस्पिटालिटी व्यवसायको सम्भावना क्षीण देखिन्छ ।
तर, तथ्यांकले भने हाम्रो अनुमानलाई गलत सावित गरिदिएको छ । कम्पनी रजिस्टार कार्यालयको तथ्यांकअनुसार पहिलो चरणको निषेधाज्ञा यता बितेको १७ महिनामा १५ सय ८८ वटा नयाँ साना ठूला रेस्टुराँ, क्याफे तथा होटलहरु दर्ता भएका छन् ।
यस्तै निषेधाज्ञा हुनुभन्दा अघिको १७ महिनामा रेस्टुराँ, तथा हस्पिटालिटी क्षेत्रमा २४ सय ७१ वटा संस्थाहरु दर्ता भएका थिए । पछिल्लो कोभिड संक्रमणले सिर्जना गरेको यो विषम परिस्थितिमा हस्पिटालिटी व्यवसायमा नयाँ संस्था थपिने संख्या ३५.७३ प्रतिशतले मात्र कमी भएको कार्यालयको तथ्यांकले देखाउँछ ।
यस्तै बितेको १७ महिनामा कम्पनी रजिस्टार कार्यालयमा बन्द भएका हस्पिटालिटी क्षेत्रको संख्या एउटा मात्र रहेको पाइएको छ । कोभिड संक्रमणको अनिश्चितताबीच पनि हस्पिटालिटी उद्योगको दर्ता नरोक्किनुको पछाडि लोकल रेस्टुराँहरुको संख्या बढ्नु प्रमुख कारण रहेको यस क्षेत्रका सरोकारवालाहरु बताउँछन् ।
यस्तै कोभिड अघि निर्माणको योजना र सम्झौता भएका ठूलो होटलको निर्माणले पनि गति लिँदा, तथ्यांक त्यस्तो देखिएको होटल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्य बताउँछन् ।
‘अहिले तथ्यांकमा देखिएका होटलहरु नयाँ बनाइएका होइनन् । यी त कोभिड अघि नै तीन चार वर्षअघि लगानी भएर सम्झौता भइसकेका होटलहरु हाल निर्माण हुने तयारी भइरहेका हुन्,’ उनी अगाडि भन्छन्, ‘तर स्थानीय रेस्टुराँहरुको संख्या भने बढेकै हो ।’
कोभिड–१९ र निषेधाज्ञाबीच लोकल रेस्टुराँ र क्याफेको संख्या बढेकोमा रेष्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) महासचिव एकराज अधिकारी पनि सहमत छन् । कोभिड र निषेधाज्ञाका कारण होटलहरुले कर्मचारी घटाएपछि बेरोजगार बनेको कर्मचारीहरुले रेस्टुराँ र क्याफे खोल्ने लहर नै चलेको अधिकारी बताउँछन् ।
‘यहाँका ठूला होटल रेस्टुराँहरुले निषेधाज्ञाका कारण आर्थिक भार थेग्न नसकेर उपदान दिई अवकाश दिएका कर्मचारीहरुले अहिले एकाएक लोकल रेस्टुराँतिर हात हालिरहेका छन्,’ उनी अगाडि भन्छन्, ‘बेरोजगार बनेपछि उनीहरुसँग पनि घर फर्किने वा विदेश जाने बाहेक अन्य विकल्प थिएन ।
कोभिड–१९ भन्दा अगाडिको जस्तो नभए पनि हाल व्यवसाय करिब ८० प्रतिशतको हाराहारीमा रहेको लामा बताउँछन् । ‘रेस्टुराँमा आउने खानेहरुको कमि छैन,’ उनले भने । नयाँ ट्रेण्डहरुलाई समातेर युवा जमातमा केन्द्रित भएको कारण पनि लोकल रेस्टुराँहरुको व्यवसाय बढेको अधिकारी बताउँछन् । टिकटक स्टेसन, फोटो स्पोट, झुलाहरु निर्माण गरेर युवा जमातलाई आकर्षित गरिरहेको उनले बताए ।
यसैले जानेकै सीपलाई नै प्रयोग गर्न अहिले साझेदार भित्राएर हुन्छ वा ऋण लिएर हुन्छ नयाँ हस्पिटालिटी व्यवसाय सुरु गरिरहेका छन् ।’ लोकल रेस्टुराँहरु जानेको संख्यामा खासै ठूलो असर नदेखिएको र होटल तथा पर्यटनमा आधारित रेस्टुराँहरुको तुलनामा ती कम जोखिमयुक्त हुने उनीहरु बताउँछन् ।
लोकल रेस्टुराँहरुको सन्तोषजनक व्यवसायको अवस्थाका कारण, आफू पनि यतातिर ढल्किने सोचमा रहेको रेबानका महासचिव अधिकारी बताउँछन् । हाल उनको ठमेलमा पर्यटकीय स्तरको रेस्टुराँ केटु बन्द अवस्थामा छ । लोकल रेस्टुराँको ढाँचामा आफ्नो रेस्टुरेन्टको सेवा अन्यत्रै सञ्चालन गर्ने हो कि भन्ने सोचमा आफू पनि रहेको उनी बताउँछन् ।
‘विदेशी पर्यटक बाहेक २५ देखि ३० प्रतिशत ग्राहक पर्यटक क्षेत्रमा लागेका स्थानीय नेपालीहरु पनि मेरो होटलमा आउँथे तर निषेधाज्ञा पछि पूरै बन्द भएको छ,’ उनी भन्छन्, ‘बीचमा एकपटक रेस्टुराँ खोल्दा लाखौंको घाटा ब्यहोर्नु पर्यो, अबचाहिँ केटुको परिकारलाई स्थानीयहरुसम्म पस्कन लोकल रेस्टुँरामा जाने बारे पनि मन्थन गर्दैछु ।’
तर, एउटाले राम्रो गरेको देखि आफू पनि हाम्फाल्नेहरुको संख्या बढेको कारण लोकल रेस्टुराँहरु पनि धेरै हताहत भइरहेका छन् । २०७२ सालदेखि बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको फ्रेन्चाइजी कोभिडपछि मात्र ४० वटा आउटलेट विस्तार भएको संस्थापक बसन्त लामाले जानकारी दिए । हाल बर्गर हाउसको देशभर कुल ७५ वटा आउटलेट छन् ।
निषेधाज्ञा हुनुभन्दा अघिको १७ महिनामा रेस्टुराँ, तथा हस्पिटालिटी क्षेत्रमा २४ सय ७१ वटा संस्थाहरु दर्ता भएका थिए । पछिल्लो कोभिड संक्रमणले सिर्जना गरेको यो विषम परिस्थितिमा हस्पिटालिटी व्यवसायमा नयाँ संस्था थपिने संख्या ३५.७३ प्रतिशतले मात्र कमी भएको कार्यालयको तथ्यांकले देखाउँछ ।
कोभिड–१९ भन्दा अगाडिको जस्तो नभए पनि हाल व्यवसाय करिब ८० प्रतिशतको हाराहारीमा रहेको लामा बताउँछन् । ‘रेस्टुराँमा आउने खानेहरुको कमि छैन,’ उनले भने । नयाँ ट्रेण्डहरुलाई समातेर युवा जमातमा केन्द्रित भएको कारण पनि लोकल रेस्टुराँहरुको व्यवसाय बढेको अधिकारी बताउँछन् । टिकटक स्टेसन, फोटो स्पोट, झुलाहरु निर्माण गरेर युवा जमातलाई आकर्षित गरिरहेको उनले बताए ।
‘कोभिडका कारण घर बसिरहेका सहरीयाका लागि अहिले दिनभर समय बिताउने थलो पनि लोकल रेस्टुराँ नै बनेका छन् । यसैले पनि लोकलको व्यवसायमा खासै प्रभाव नपरेको हो ।’
यसबाहेक हाल अनलाइन फुड डेलिभरी जस्ता ई–कमर्स कम्पनीहरुका कारण पनि बन्द अवस्थामा समेत खानाको अर्डर आउने कारण लोकल रेस्टुराँ व्यवसायलाई चलायमान राख्न योगदान पुगेको उनीहरु बताउँछन् ।
निषेधाज्ञाकैबीच नाङ्गलो ग्रुपको बकेरी क्याफेले पनि आफ्नो ६ वटा आउटलेट बन्द गरिसकेको छ । विमानस्थलको समेत बन्द गर्ने तयारीमा छ ।
लोकलबाहेक ठूला होटल तथा पर्यटकीय स्तरका होटलहरु भने हाल अनिश्चिकालीन दुविधामा फसेँका छन् । हानले त विषम परिस्थितिलाई ध्यानमा राख्दै पाँच वर्षसम्म होटल निर्माणका लागि लाइसेन्स नै नदिन सरकारसँग समेत आग्रह गरिसकेको छ ।
यसबाहेक २०२० को भ्रमण वर्षलाई लक्षित गरी पर्यटन स्तरीय रेस्टुराँहरुले विकास गरेको करोडौं रुपैयाँको पूर्वाधार र भवन संरचना हाल निस्प्रयोग अवस्थामा छन् । लगानीको प्रतिफल पाउनको सट्टा हाल सञ्चालनमा पनि यी होटललाई सकस छ ।
हानमा हाल देशभरका ३ हजार ५ सय सदस्य होटलहरु छन् । कोभिड र निषेधाज्ञापछि यी सबै होटलहरुले मासिक कूल दुई अर्बको क्षति बेहोरेको महासचिव शाक्यले बताए ।
‘बैंकको ब्याज र कोठाभाडा बढेको बढेकै छ, बन्द गरौं भने यति ठूलो संरचनाको खर्च के गर्ने, नबेचौं भने कहिलेसम्म धान्ने तर लामो समय अवस्था प्रतिकूल नरहला भन्ने आशाले अहिले होटलमा तालाचाबी लगाएर, अनुकूल समय कुरिरहेका छौं,’ हानका महासचिव शाक्यले भने ।
हानमा हाल देशभरका ३ हजार ५ सय सदस्य होटलहरु छन् । कोभिड र निषेधाज्ञापछि यी सबै होटलहरुले मासिक कूल दुई अर्बको क्षति बेहोरेको महासचिव शाक्यले बताए ।
रेस्टुराँहरुको कुरा गर्दा १७ महिनामा एउटा रेस्टुराँ बराबर करिब १ देखि १ करोड ५० लाखसम्म क्षति बेहोरेको रेबानका महासचिव अधिकारी बताउँछन् । अझ नेपाली चुलो जस्ता ठूला पर्यटकीय रेस्टुराहरुले त १० करोड क्षति बेहोरी सकेको उनले बताए ।
तर, सरकार, बैंकभन्दा पनि घरबेटीहरुको सहयोगका कारण हस्पिटालिटी व्यवसाय पलायनको बाटोमा नगइसकेका व्यवसायीहरु बताउँछन् ।