काठमाडौं । ८३ अर्ब डलरभन्दा धेरै रकम खर्चेर अमेरिकाले दुई दशकसम्म प्रशिक्षण दिइ तयार पारेको अफगान सुरक्षाबल एक निमेशमै पूर्णरुपमा धराशायी बन्यो । अन्ततः दुई दशक लामो अमेरिकी लगानीको अन्तिम लाभग्राही विद्रोही तालिवान नै बन्न पुगेका छन् । उनीहरुले अफगानको राजनीतिक सत्ता शक्ति मात्र होइन अमेरिकाले आपूर्ति गर्दै आइरहेको बन्दुक, हात हतियार तथा विमानहरु प्नि कब्जा गरेका छन् ।
अफगान सैनिकहरुले जिल्ला केन्द्र रक्षा गर्न असफल भई मैदान छाड्दा तालिवानले धेरै आधुनिक सैन्य उपकरणहरुमा कब्जा जमाएको छ । आज विश्वका १६६ राष्ट्रहरुसँग भन्दा धेरै तालिवानसँग सैन्य ब्ल्याकह्वाक हेलिकप्टर छन् ।
वास्तवमा भन्ने हो भन्ने बाइडेन प्रशासनले तालिवानलाई २० अर्ब डलर बराबरको विश्वको सबैभन्दा घातक र शक्तिशाली सैन्य हार्डवेयर उपहार स्वरुप सुम्पिएर गएको छ । अमेरिकाको कारण अब तालिवानसँग आफ्नै सैन्यबल र ११ सैन्य शिविर छन् ।
यी उपकरण र पूर्वाधार बाहेक अब उनीहरुसँग अत्याधुनिक हतियार, ग्याजेट र उच्च स्तरका सैन्य शिविरसहितका तालिमप्राप्त सैनिकहरु छन् । यीमध्ये पनि सबैभन्दा ठूलो कुरा भनेको सैन्य बल हो जसबारे तालिवानले कहिल्यै कल्पनासमेत गरेको थिएन ।
२०२१ को तीन महिना अप्रिलदेखि जूनसम्म अमेरिकाले अफगान राष्ट्रिय तथा सुरक्षा बललाई ६ ओटा ए २९ लाइट अट्याक एयरक्राफ्ट, १७४ ओटा हाई मोबिलिटी मिल्टपर्पोज ह्वल्ड भेहिकल, करिब १० हजार ओटा २.७५ इन्चको हाई एक्सप्लोसिभ रकेट, ६१ ह्जार वटा ४० एमएमको हाई एक्सप्लोसिभ राउण्ड, ५० क्यालिब्री एम्मो र २० लाख १५ हजार ६ सय राउण्ड ७.६२ एमएम बुलेट प्रदान गरेको थियो ।
ऋफगान हवाई सैन्य बले तीन किसिमका हेलिकप्टरहरु सञ्चालन गर्दै आइरहेका छन् । जसमा ४५ यूएच¬–६० ब्ल्याकह्वाक, ५० एमडी–५३०एस र ५६ एमआई–१७हेलिकप्टर छन् । यसबाहेक ए–२९ सुपर टुकानो फाइटर्स, सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट, सी–२०८ युटिलिटी एयरक्राफ्ट र एसी–२०८ फिक्स्ड–विङ एयरक्राफ्ट रहेका छन् ।
समग्रमा अफगान हवाई सैनिकसँग अहिले २११ ओटा हवाई प्लेटफर्म छन् जसमध्ये १६७ वटा २०२१ को जून ३० सम्म सञ्चालनमा थिए ।
हलै मात्र ११ ओटा बेस तथा मिलिटरी कम्प्लेक्सहरु हालै अफगान राष्ट्रिय सुरक्षा बललाई हस्तानतरण गरिएको थियो ।
ती नयाँ एन्टोनिक, कान्दाहार हवाईक्षेत्र, क्याम्प मोरहेड, न्युँ काबुल कम्प्लेक्स, ब्लकहाउस, क्याम्प स्टिभनसन, क्याम्प डवयर, क्याम्प लिङ्कन, क्याम्प अरेना, बाग्राम हवाईक्षेत्र र रिजोल्युट सपोर्ट मूख्यालय छन् । जुन अफगान सरकारलाई २०२१ को जून ६ मा मात्र हस्तानतरण गरिएको थियो ।