काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले ताईवानी टु ह्वीलर्स ब्राण्ड एसवाईएमलाई नेपाली बजारमा भित्राएको छ ।
कम्पनीले बिहीबार भर्चुअल माध्यमबाट एसवाईएम साङयाङको नेपालमा भित्रिएको नयाँ बाइक एसवाईएम एनएच टी२०० लाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । डबल च्यानल इबीएस, ४ स्ट्रेक, ४ भल्भ एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् ।
अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् ।
यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले आफ्नो पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोेकमा सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रवन्ध निर्देशक अरिस राजकर्निकारले उक्त शोरुमलाई आज उद्घाटन गरेको छन् ।
कमलपोखरीसँगै कम्पनीले चाबहिल, शंखुवासभा र इलाममा पनि शोरुम सञ्चालनमा ल्याउँदैछ । देशभर शोरुम विस्तार गरिने कम्पनीले बताएके छ । पहिलो चरणमा टेष्ट ड्राइभ गर्न सकिने र बुकिङ गर्ने ग्राहकलाई छिट्टै बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख रुपैयाँ तोकिएको छ । पहिलो सय जना ग्राहकले ५ लाख ४८ हजार ८ सय ८८ रुपैयाँमा बाइक खरिद गर्न सक्नेछन् । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ ।
स्पेयर्स पार्टस्समेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।