काठमाडौं । पोकोले आज नेपालमा आफ्नो नयाँ स्मामर्टफोन मोडल एम थ्री प्रो फाइभजीलाई नेपालमा सार्वजनिक गरेको छ ।
पोकोको शक्तिशाली मोडल एम थ्री प्रो डुअल फाइभजी सपोर्टको साथ नेपाली बजारमा आएको छ । यसले इमर्सिभ ९० हट्र्जको फूल एचडी डिस्प्ले र फ्लेगसिप स्तरको ७ न्यानोमिटर इफिसियन्सी प्रदान गर्छ ।
“म्याड स्पिड, किलर लुक्स” को ट्यागलाइनका साथ विश्व बजारमा सार्वजनिक भएको पोको एम थ्री प्रोमा अत्याधुनिक प्रविधि र ट्रेण्डसेटिङ डिजाइनको संयोजन छ ।
यस फोनमा मिडियाटेक ७०० चिपसेट र डुअल फाइभजी सपोर्ट रहेको छ । यस उपकरणले ८–कोर सिपियुको साथ २.२ गिगाहट्र्ज सम्मको क्लक स्पिड प्रदान गर्छ । यसमा भएको शक्तिशाली एआरएम मेल जी ५७ जीपीयुले फ्ललेस युजर एक्सपेरियन्स प्रदान गर्छ ।
यस जीपीयुले मेसिन लर्निंगको लागि ६०५ सुधार, ३०५ बढी पर्फमेन्स डेन्सिटी र ३०५ बढी राम्रो इनर्जीको इफिसियन्सीको साथ पावर एक्सपेरियन्सलाई वृद्धि गरेको छ ।
यसमा फोनमा ल्याटेन्सी सुधारिनुका साथै उपकरणले अधिक विश्वासनीयता प्रदान गरेको छ । दुरतगति र उन्नत टेक्नोलोजीको संयोजनका साथ यो उपकरणले प्रयोगकर्ताहरुको लागि निजी र सुरक्षित डिभाइस इन्ट्रयाक्सन प्रदान गर्छ ।
यसमा भएको ७ न्यानोमिटर फाइभजी अल्ट्रा सेभका साथ ९० प्रतिशतको पावर कन्जम्सनलाई कम गर्छ । गेम खेल्दा चाढै लोड हुनका लागि यस उपकरणमा यूएफएस २.२ को फ्लास मेमोरी राखिएको छ जसले युएफएस २.१ र छिटो गेम लोडिङको समयभन्दा तीन गुणा छिटो अनुभव प्रदान गर्छ ।
६.५ इन्चको फुल हाई एचडी सिनेम्याटिक एक्सपेरियन्स प्रदान गर्ने स्मार्ट डिस्प्ले यस फोनमा छ । यसमा ९० हट्र्जको रियालिटी फ्लो छ । सामान्य हाई रिफ्रेस रेट डिस्प्लेको विपरित स्मार्ट डिस्प्लेले कन्टेन्ट फ्रेम रेटलाई चिन्न र एक स्मुथल्याग–फ्रिएक्सपेरियन्सको लागि कन्टेन्ट फ्रेमलाई मिल्दो प्रदर्शन गर्ने रिफ्रेस रेटलाई परिवर्तन गर्छ ।
यसमा पिटुआइ र कनिंग गोरिल्ला ग्लास राखिएको छ । यो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छः पावर ब्ल्याक, कुल ब्लू र पोको यल्लो । क्यामेराका कुरा गर्दा यसमा ४८ एमपीको ट्रिपल क्यामेर छ । यसमा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम–ल्याप्स मोड र क्लोन फोटो खिँच्न सकिन्छ ।
याे फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप र २२.५ वाटको फास्ट चार्जर छ । साथै यसमा १७ वाटको फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ । फोनको मूल्यको कुरा गर्दा यसको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २३ हजार ९ सय ९९ रहेको छ ।