काठमाडौं । इटालियन टु ह्वीलर्स ब्राण्ड बेनेलीले आफ्नो ११० औं वार्षिकोत्सव मनाइरहेको छ । सोही अवसरमा नेपालमा पनि बेनेलीको नयाँ मोडल ७५२ एस खरिद गर्ने पहिलो तीन ग्राहकले १ लाख १० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने एक मात्र आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले बताएको छ ।
बेनेली ७५२ एस सिरीजका मोडल मध्यमस्तरीय बाइक हुन् । यो बाइकको डिजाइन एकदमै बलियो र आनन्दायी छ ।
गतिशील, ठोस, व्यवस्थित तथा आधुनिक डिजाइन भएको बेनेली ७५२ एस धेरैको रोजाइभित्र पर्न सफल बाइक हो । चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५ सय आरपीएम, ६७ एनएममा ६५ सय आरपीएम पावर र अधिकतम टर्क जडान गरिएको छ । यो बाइकको प्रत्येक सिलिण्डरमा चारवटा भल्भ र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी रहेको छ ।
यसैगरी यसमा हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ सिस्टम, सेमी फ्लोटिङ डिस्क, अगाडि फोर पिस्टोन क्यालिपर र पछाडि डबल पिस्टन फ्लोटिङ क्यालिपर, १७ इन्चको एलुमुनियम एलोय रिम्स, १२०/७०-१७ र १८०/५५-१७ आकारको टायर र साढे १४ लिटर क्षमताको ट्याङकी रहेको छ ।
बेनेलीको ११०औं वार्षिकोत्सव अवसर पारेर नेपालमा ७५२एसको खरिदमा पहिलो तीन जना ग्राहकलाई १ लाख १० हजार रुपैयाँ आकर्षक छुट रहेको छ । यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिन्छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ ।