काठमाडौं । ज्यागौर क्यापिटलका प्रबन्ध निर्देशक निरज कर्माचार्य एक उदयीमान युवा उद्यमी हुन् । अमेरिकामा वित्तीय व्यवस्थापनका विषयमा स्नातहकोत्तर पूरा गरी त्यहाँकै चर्चित वेल्स फार्गो बैंकमा काम गरिसकेका निरज २०१६ देखि नेपालमा आफ्नै भेन्चरमा काम गरिरहेका छन् ।
३६ वर्षीय निरज हाल १७ जनाको समूह रहेको क्यापिटल इन्भेस्टर भेन्चर ज्यागौर क्यापिटल र ई–कमर्स कम्पनी बेबी ट्री सञ्चालन गरिरहेका छन् । अमेरिकामै अध्ययन पूरा गरी निरजले आठ वर्षसम्म वेल्स फार्गोलगायत विभिन्न १६ वटा अमेरिकी कम्पनीहरुमा काम गरें ।
बैंकको मोर्टगेज बिजनेसमा काम गरिरहेको हुँदा उनलाई सधै वित्त र लगानीको क्षेत्रमा खुब रुचि थियो । तर, करिन्दा भएर अरूको आईडियामा काम गर्न उनलाई इच्छा थिएन । त्यहाँ काम गरिरहँदा उनको दिमागमा वित्तीय क्षेत्रमा प्रयोग गर्न सकिने विभिन्न नवीन आईडिया र उद्यमशीलताको भोक जन्मिएको थियो । जसलाई नेपालमा आएर प्रयोग गर्ने तीव्र इच्छा उनको मनमा बढ्न थाल्यो ।
त्यसैबीच उनी २०१२ मा नेपाल फर्किए । नेपाल फर्किँदै गर्दा आफूभित्र जन्मिएको आईडियालाई नेपालमा प्रयोग गर्न सकिने हो कि होइन, प्रयोगको सम्भाव्यता छ कि छैन भन्ने कुरा सोचर निरजको मनमा डर पनि नपलाएको होइन ।
बैंकको मोर्टगेज बिजनेसमा काम गरिरहेको हुँदा उनलाई सधै वित्त र लगानीको क्षेत्रमा खुब रुचि थियो । तर, करिन्दा भएर अरूको आईडियामा काम गर्न उनलाई इच्छा थिएन । त्यहाँ काम गरिरहँदा उनको दिमागमा वित्तीय क्षेत्रमा प्रयोग गर्न सकिने विभिन्न नवीन आईडिया र उद्यमशीलताको भोक जन्मिएको थियो । जसलाई नेपालमा आएर प्रयोग गर्ने तीव्र इच्छा उनको मनमा बढ्न थाल्यो ।
यसैले नेपाल फर्किएको दुई वर्षसम्म नेपालको वित्तीय क्षेत्रको परिवेश र आफ्नो आईडियाको सम्भाव्यता बुझ्न उनले विभिन्न वित्तीय क्षेत्रका कम्पनीहरुमा काम गरेँ । त्यहाँबाट लिएको अनुभवलाई समेटेर निरजले २०१६ मा आफ्नो भेन्चर ज्यागौर क्यापिटल स्थापना गरेँ ।
व्यवसाय सुरु गर्ने सबै जसोले भोग्दै आइरहेको पुँजीको समस्या उनलाई पनि नभएको होइन । व्यवसाय नगरेकाहरुको कुनै ट्याक रेकर्ड हुँदैन यसैले जोकसैले त्यस्ता नयाँ अनुभव विहीनहरुको भेन्चरमा लगानी गर्न खोज्दैन । यो कुरा उनलाई राम्रोसँग थाहा थियो । यसैले अमेरिकामा काम गरेको पैसा बचत गरी पछि नेपालको आफ्नो भेन्चरमा उनले सोही पैसा लगानी गरेका थिए ।
हाल निरजको ज्यागौर क्यापिटलले स्टक मार्केट, रियल स्टेट लगानीका साथै नवीन आईडिया र भेन्चरहरुमाथि लगानी र उद्यमशीलताको परामर्श प्रदान गरिरहेको छ ।
‘हामी ज्यागौरामार्फत स्टकमार्केट, रियल स्टेटमा लगानी गर्ने र नयाँ बिजनेस आईडियामा इक्विटी फण्डिङको काम गर्छौं,’ निरज भन्छन्, ‘युवा उद्यमशीलता र नवीन सोचलाई कर्पोरेट फाइनेन्स एड्भाइजरी तथा रणनीतिक योजना विकास, कम्पनी सञ्चालनका विषयमा समेत परामर्श प्रदान गर्छौं ।’
रियल स्टेटमा भने प्रवेश गर्ने तयारीमा रहेको ज्यागौर हाल दर्ता र क्यापिटल इनपुटको काम गरिरहेको उनले बताए । हालसम्म निरजको ज्यागौर क्यापिटलले नेपाली पैसा र सोर्स कोड जस्ता ठूला कम्पनीहरुमा इक्विटी लगानी गरिसकेको छ ।
‘वित्त सधैं मेरो रुचि र ज्ञानको क्षेत्र थियो, भविष्य केन्द्रित हुने मेरो स्वभावको कारण प्रविधिलाई आफ्नो बिजनेस मोडलमा सधैं समाहित गर्ने इच्छा थियो, यहीँ रुचि र भविष्यलाई प्रतिचनाखो रहेर वित्त र प्रविधिलाई समायोजन गरी म समग्र सिस्टममा नयाँ योगदान थप्न चाहन्थे यसैले मैले फिनटेक तिर नै अगाडि बढ्ने सोच बनाए ।’
यसैले ज्यागौर क्यापिटलले आफ्नो वित्तीय विज्ञता र प्रविधिको प्रयोग गरी नेपाली पैसा एप बनाउनेदेखि स्टक मार्केट ट्रयाकर, पोर्टफोलियो ट्रयाकरहरु बनाएको छ । ताकी स्टक मार्केटमा लगानी गर्न चाहनेहरुले समाचार विश्लेषण तथा आवश्यक जानकारी पाउन सकून् । हाल नेपालको शीर्ष तीन स्टक मार्केटसम्बन्धी अनलाइन पोर्टल मध्येमा नेपाली पैसा पनि एउटा हो ।
यसैगरी निरजको कम्पनीले सोर्स कोडमा पनि लगानी गरी त्यसका सफ्टवेयर निर्माणको काममा सहकार्यहरु गरेको छ । सोर्सकोड एउटा प्रविधिमा आधारित कम्पनी हो जसले क्यापिटल मार्केटका लागि प्रविधिबाट सहजीकरणको काम गर्छ । सोर्स कोडले मर्चेन्ट बैंक, स्टक ब्रोकर तथा लगानीकर्ताहरुका लागि नवीन प्रविधिका प्रोडक्टहरु निर्माण गर्छ ।
हाल यिनै भेन्चरहरुमार्फत निरज र उनको टिमले आफ्नो ज्ञान र प्रविधिको प्रयोग गरी पुँजी बजारमा प्रवेश गर्न चाहाने सामान्य मानिसहरुलाई सहजीकरणको भूमिका खेलिरहेको छ ।
ज्यागौर क्यापिटलले आफ्नो वित्तीय विज्ञता र प्रविधिको प्रयोग गरी नेपाली पैसा एप बनाउनेदेखि स्टक मार्केट ट्रयाकर, पोर्टफोलियो ट्रयाकरहरु बनाएको छ । ताकी स्टक मार्केटमा लगानी गर्न चाहनेहरुले समाचार विश्लेषण तथा आवश्यक जानकारी पाउन सकून् । हाल नेपालको शीर्ष तीन स्टक मार्केटसम्बन्धी अनलाइन पोर्टल मध्येमा नेपाली पैसा पनि एउटा हो ।
यसबाहेक दुई वर्षदेखि निरज बालबालिकाहरुका लागि अत्यावश्यक सामग्रीहरुको एकीकृत अनलाइन स्टोर बेबी ट्री पनि सञ्चालन गरिरहेका छन् । यसरी निरज हाल आफ्नो नेतृत्वमा दुई फरक किसिमका बिजनेस मोडल एक साथ सञ्चालन गरिरहेका छन् ।
नेपालको वित्तीय लगानी र पुँजी बजारको क्षेत्रमा लगातार उद्विकास हुने क्रममा विभिन्न नयाँ प्रोडक्ट तथा विजनेस मोडलहरु उत्पन्न भइरहेको उनी बताउँछन् । आफूले ती अवसरहरु र प्रोडक्टहरु पनि हेरिरहेको र उपयुक्त समय आएपछि नेपालमा पनि तीनको अभ्यास गर्ने उनी बताउँछन् ।
‘नेपाल वित्तिय क्षेत्रको नवीन प्रयोगका लागि अझै सुरुवाती चरणमै छ । कतिपाय नयाँ प्रोडक्ट नेपालमा आएकै छैन । अहिले श्रीलंका, पाकिस्तान, इन्डियाहरुको मार्केटमा डेरिभेटिभ्सहरुदेखि लिएर विभिन्न किसिमका कमोडिटीहरु आइसकेका छन् । तर नेपालमा त्यस्तो विविध प्रोडक्ट नै छैन । यहाँ पनि विस्तारी आउला प्रतिक्षामा छौं,’ निरज भन्छन् ।
तर, पछिल्लो समय कोभिडको पहिलो र दोस्रो लहरले नेपालको पुँजी बजारलाई प्रभावित पार्दा आफ्नो मूख्य व्यवसायसमेत प्रभावित भएको नमिठो अनुभव उनको पनि छ । तर, यस्तो प्रतिकूल अवस्थाबाट आफूले धेरै कुरा सिकेको उनी बताउँछन् ।
‘व्यवसायमा लागिसकेपछि सधै समयसँगै उद्विकास हुन र हरेक परिस्थितिसँग अडाप्टिभ अर्थात् नयाँ कुरामा अभ्यस्त हुन चहिँ सक्नुपर्ने रहेछ भन्ने बुझेको छु ।’ कोभिडको कारण मूख्य व्यवसाय नै प्रभावित भए पछि विभिन्न चुनौती आए । परिस्थितिसँग सुहाउँने गरी अडप्ट हुन सकिएन भने आफै हराएर गइने रहेछ उनी भन्छन् ।
नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरका अध्यक्षसमेत रहेका निरज कुनै पनि नविन आईडियामा काम गर्न चाहाने उद्यमीहरुले समय नकर्नु सल्लाह दिन्छन् । ‘विभिन्न परिस्थिति र बिघ्न आए भनेर समय पर्खियो भने भोलिको दिनमा त्यो आईडियामा अरुले काम गरिदिन्छ अनि आफूपछि परिन्छ, यसैले सकेसम्म आफूले बोल्ड निर्णय लिएर काम हिम्मत जुटाएर हाम फालिहाल्ने हो,’ उनले भने ।
साथै व्यवसायले कहिलेकाँही अपेक्षाकृतभन्दा राम्रो नतिजा ल्याउँदा सधंै धीर रहन उनी सुझाव दिन्छन् । जति राम्रो गर्दै गयो त्यति इगो बढ्दै जान्छ् । बढ्ने क्रममा त्यो एकदिन एउटा यस्तो चरणमा पुग्छ तपाईंका हरेक निर्णय क्षमतामा त्यसले असर गरी एकैपटक तल झारिदिन सक्छ ।
अमेरिकाको सुप्रसिद्ध बैंकमा राम्रो तलब र सम्मानपूर्वक जागिरे जीवन निर्वाह गरिरहेका निरजलाई उनकै इच्छा र केही गर्ने भोकले नेपालसम्म डोहो¥यायो । केही गर्ने सोच भए पनि अनिश्चितताको डर सबैलाई हुन्छ । तर आफ्नो काममा विश्वास र हार नमान्ने स्वभावले ढिलो चाढो सोचेका ठाउँमा पुर्याउने उनी बताउँछन् ।