विराटनगर । २०५७ सालमा विराटनगरमा बुवा युवराज श्रेष्ठले भ्यालेनटाइन्स बेकरी क्याफे सुरु गर्दा युनेशराज श्रेष्ठ ९ कक्षामा पढ्थेँ । उनलाई क्याफेको सम्पूर्ण जिम्मेवारीसहित साँचो दिए । बुबाले भनेअनुसार उनले क्याफे चलाए । विराटनगरमा कफी सपको कुनै पनि बेकरी नभएकाले पनि राम्रोसँग चल्यो । उनले बेकरीमार्फत व्यवसाय गर्न सक्ने आफ्नो क्षमता देखाए ।
श्रेष्ठ सानैदेखि आफ्नै होटलमा काम गर्थे । होटलमा अरुलाई जसरी काम गर्न लगाइन्थ्यो, उनलाई पनि उनका बुबाले त्यसरी नै काम गर्न लगाउँथे । उनले काम बिगारे तलब काटिदिन्थे । उनले कक्षा ५ मा पढ्दा नै कुकको काम गर्थे । कामदारको रुपमा उनले आफ्नै होटलमा काम गरे र सानै उमेरमा होटलको काम सिकें।
१९८० मा स्थापना भएको होटल नमस्कारमा कामदारको रुपमा काम गरेका श्रेष्ठले तल्लो लेवलदेखि काम सिक्दै गए । प्लस टु पढेपछि उनले अकाउन्टको जिम्मेवारी पाए र ब्याचलरको तेस्रो सेमेस्टार गर्दै गर्दा उनले निर्देशकको जिम्मेवारी पाए । निर्देशकको जिम्मेवारी पाएसँगै उनलाई बल्ल एउटा अफिस पाए जस्तो महसुस भयो ।
बेकरी क्याफेको जिम्मेवारीसँगै होटलको जिम्मेवारी सम्हालेपछि उनमा अझै केही नयाँ काम गर्ने सोच आयो । र, होटलमा नै २०७२ सालदेखि नमस्कार होटल म्यानेजमेन्ट स्कुल सञ्चालन गरे । जहाँ बेकरी, कुक, ६ महिने होटल म्यानेजमेन्टको डिप्लोमा कोष, तीन महिने कोर्षलगायतका कोर्षहरू सञ्चालन हुन्थ्यो ।
व्यावसायिक परिवारका श्रेष्ठ सानैदेखि आफ्नै व्यवसायमा सहभागिता भएर विभिन्न जिम्मेवारी सम्हाल्दै पढाइलाई पनि सँगसँगै अगाडि बढाएका थिए । व्यावसायिक परिवारका धेरै छोराछोरी राम्रो देश खोज्दै विदेश जाने चलन पनि धेरै थियो । तर, उनलाई कहिले त्यो सोंच आएन । उनको सोंच थियो त केवल कसरी नयाँ–नयाँ तरिकाबाट व्यवसाय गर्ने ? ग्राहकको इच्छा चाहना के छ बुझ्ने र के आवश्यकता छ, त्यहीअनुसारको सेवा प्रदान गर्ने । अनि सँगसँगै कसरी रोजगारी सिर्जना गर्ने ।
व्यावसायिक परिवारका धेरै छोराछोरी राम्रो देश खोज्दै विदेश जाने चलन पनि धेरै थियो । तर, उनलाई कहिले त्यो सोंच आएन । उनको सोंच थियो त केवल कसरी नयाँ–नयाँ तरिकाबाट व्यवसाय गर्ने ? ग्राहकको इच्छा चाहना के छ बुझ्ने र के आवश्यकता छ, त्यहीअनुसारको सेवा प्रदान गर्ने । अनि सँगसँगै कसरी रोजगारी सिर्जना गर्ने ।
आफूले सिकेर अरुलाई सिकाउनुपर्छ भन्ने दायित्व सम्झेँ
सानै उमेरमा होटल व्यवसायमा अब्बल बनेका श्रेष्ठलाई आफूले मात्र सिकेर हुँदैन अरुलाई पनि सिकाउनुपर्छ भन्ने लाग्यो । उनले अरूलाई सिकाउनु आफ्नो दायित्व हो भन्ने सम्झे । एकजनाले मात्र सिकेर हुँदै धेरैलाई सिकाउनुपर्छ र यो व्यवसाय अझै व्यापक हुनुपर्छ भन्ने उनलाई लाग्थ्यो ।
पहिलो होटल, कफिसप, कफी उद्योग नखोलेको भए यति छिट्टै यति धेरै होटल क्षेत्रको विस्तार हुँदैन थियो कि भन्ने उनलाई लाग्छ । उनले धेरैलाई सिकाए । अझै पनि सिकाउँदै छन् । उनले बेकरीसम्बन्धी तालिम दिएकाहरू अहिले अष्ट्रेलियामा गएर बेकरी क्याफे सम्हालेर बसेका धैरै छन् ।
अन्य देशमा पनि राम्रो काम गरिरहेका छन् । विराटनगरमा पनि उनले सिकाएका धेरै जनाले वेकरी क्याफे सञ्चालन गरिरहेका छन् । धेरै जना बेकरी क्याफेको जिम्मा लिएर आफ्नो जिम्मेवारी कुशलताका साथ निभाइरहेका छन् । आफूले सिकाएका विद्यार्थीले राम्रो काम गरेको देख्दा उनलाई आनन्द लाग्छ ।
आफूले नल्याएको भए, अझ ढिलो आउने हुन्थ्यो, सिकाइ ढिलो हुन्थ्यो । उनलाई लाग्छ जति छिटो आफूले सिक्यो र सिकेका कुरा अरुलाई सिकाइहाल्यो भने विकास पनि छिटो हुन्छ भन्ने कुरा उनको अनुभवले बताउँछ ।
उनले अहिलेसम्म ५०० जनाभन्दा बढीलाई सिकाइसकेका छन् । आफैंले सिकाएका केही व्यक्तिलाई नै ट्रेङ्नगर रुपमा राखेका पनि छन् । अहिले उनले सिकाएका विद्यार्थीले अरुलाई सिकाउने गरेका छन् ।
कफीको आफ्नै ब्रान्ड
विराटनगरमा पहिलो कफीसप अर्थात बेकरी क्याफे सञ्चालन गरेका श्रेष्ठलाई अहिले धेरै कफीसप सञ्चालन भएको देख्दा खुसी लाग्छ । सायद त्यतिबेला आफूहरूले सञ्चालन नगरेको भए हुँदैन थियो कि जस्तो लाग्छ उनलाई । व्यवसाय बाँडिएको महसुस गर्ने श्रेष्ठ अझै व्यापकता होस् भन्ने चाहन्छन् ।
आफ्नो बेकरी क्याफे सञ्चालन गरिरहँदा श्रेष्ठ नयाँ–नयाँ आइडिया पनि सोच्ने गर्थे । उनको बेकरी क्याफेमा बढी मात्रामा कफी नै बिक्री हुन्थ्यो । उनको क्याफेमा ‘लावजा’ इटालिएन कम्पनीको कफी प्रयोग हुन्थ्यो । उनले नै उक्त कफी विराटनगरमा भित्र्याएका थिए । त्यस कम्पनीबाट उनले कफी कसरी उत्पादन गर्ने, कत्ति प्रकारका कफी हुन्छ, कसरी बनाउने लगायतका सबै कुराहरू सिके । इटाली पुगेर कम्पनीमा नै कफीका बारेमा जानकारी लिए । त्यसपछि उनमा कफीप्रतिको लगाव झन् बढ्न थाल्यो ।
उनलाई लाग्यो अब आफ्नै ब्रान्ड ल्याउनुपर्छ । उनले ‘बारी’ ब्रान्ड कफी बजारमा ल्याए । २०७२ सालदेखि बेकरी तालिम पनि सञ्चालन गरिरहेका उनलाई ब्रान्डिङ गरेर बजार पुर्याउने समस्या थिएन । पूर्वमा आफ्नै कफी खेतिबाट उत्पादित कफी ब्रान्डिङ गर्ने उनी पहिलो थिए । अन्तैबाट कफी ल्याएर प्याकेजिङ्ग गर्ने भए पनि आफैं खेती गरेर गर्ने श्रेष्ठ मात्र हुन् ।
धनकुटामा ६० रोपनी जग्गामा कफी खेती छ । वार्षिक ३० हजार टन उत्पादन हुन्छ । १०० रोपनी जग्गामा बढाउने उनको लक्ष्य छ ।
बारी रोष्टरीमार्फत आफ्नै ब्रान्ड पूर्वका बजारमा देख्दा उनलाई आनन्द आउँछ । बारी ब्रान्डका कफी अहिले पूर्वका सबै जिल्ला, काठमाडांै र पोखरामा पनि निर्यात हुने गरेको छ । बारी ब्रान्डको कफी अहिले प्रतिकेजी ५२० रुपैयाँ पर्छ । उनले कफी बनाउने मेसिन पनि आफंै बेकरीहरूलाई उपलब्ध गराउँछन् ।
कुशल नेतृत्व गर्ने क्षमता
व्यवसायमा आफ्नै पहिचाहन बनाएका श्रेष्ठको कुशल नेतृत्व गर्ने क्षमताका कारण अहिले सबैको प्रिय छन् । श्रेष्ठ अहिले नेपाली युवा उद्योमी मञ्च विराटनगरका अध्यक्ष हुन् । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप कार्यक्रमको समिति सदस्य पनि हुन् ।
युवा उद्योमी मञ्च विराटनगरले पनि युवा व्यवसायको क्षेत्रमा काम गर्दै आएको छ । नयाँ आइडिया लिएर काम गर्ने युवा तथा सरकारलाई राजस्व कम तिर्ने तर सानो व्यवसायबाट पनि धेरैलाई लाभ पुर्याइरहेका व्यावसायिक युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक सहयोग गर्ने कामलाई अघि बढाएको छ ।
युवा उद्योमी मञ्चको उद्देश्यले भनेको युवालाई व्यवसायमा संलग्न गराउने । नेपालमा बनेका र युवाहरूले उत्पादन गरेका कुराहरूको प्रोत्साहन गर्ने हो । श्रेष्ठले युवाहरूलाई व्यवसायमा आकर्षण बढाउनका लागि उद्योमी बनेर सफल भएका युवा व्यवसायीलाई ल्याएर छलफल गराइरहने गरेका छन् । जसले गर्दा युवाहरूले नयाँ आइडिया सिक्ने र व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने कुरा सिक्न पाउने उनको विश्वास छ ।
संस्थाको अध्यक्ष भइरहँदा आफूले युवाहरूका लागि कसरी नयाँ–नयाँ किसिमका कार्यक्रम ल्याउन सकिन्छ भनेर श्रेष्ठ सोची रहन्छन् । आफ्नो कार्यकालमा युवाहरूका लागि देखिने र उनीहरूले महसुस गर्ने खालको काम गर्ने उनको उद्देश्य छ ।
धनकुटामा ६० रोपनी जग्गामा कफी खेती छ । वार्षिक ३० हजार टन उत्पादन हुन्छ । १०० रोपनी जग्गामा बढाउने उनको लक्ष्य छ । बारी रोष्टरीमार्फत आफ्नै ब्रान्ड पूर्वका बजारमा देख्दा उनलाई आनन्द आउँछ । बारी ब्रान्डका कफी अहिले पूर्वका सबै जिल्ला, काठमाडांै र पोखरामा पनि निर्यात हुने गरेको छ । बारी ब्रान्डको कफी अहिले प्रतिकेजी ५२० रुपैयाँ पर्छ । उनले कफी बनाउने मेसिन पनि आफंै बेकरीहरूलाई उपलब्ध गराउँछन् ।
नेपालमा संभावना नै संभावना
युवा व्यवसायी श्रेष्ठ नेपालमा संभावना नै संभावना देख्छन् । युवाहरूले दुःख गर्न विदेश जान नपर्ने उनको भनाइ छ । ‘नेपाल काँचै छ, जस्तो बनायो तेस्तै बन्छ’, उनले भने, ‘कृषिमा राम्रो संभावना छ, पर्यटन क्षेत्रमा उस्तै सम्भावना छ, उद्योग क्षेत्रमा नयाँ आइडिया लिएर गर्नेलाई उत्तिकै संभावना छ, बस काम गर्ने इच्छाशक्ति हुनुपर्यो ।
नयाँ आडिया भएकालाई लगानी गर्न धेरै निस्किन्छन् । पैसा छैन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । यहाँ त आइडिया सुनाउन नै चाहँदैनन् । विदेश जान पाए के–के न हुन्थ्यो भन्ने हुन्छ । तर, आफ्नै देशमा काम गर्न बाहना बनाउँछन् ।
अहिले पछिल्लो समयमा युवाहरू आफ्नै ठाउँमा केही गर्न लागि परेका छन् । यो राम्रो कुरा हो । कसैले आप खेती गर्छ भने, उ आफैं आपको जुस बनाएर बेच्न सक्छ, वाइन बनाउन सक्छ, आँप बेच्न नि पायो । तर, उसमा काम गर्ने आँट र आइडिया हुनुपर्यो । अरुले गर्दैनभन्दा पनि पहिला आफू गर्नुपर्यो । बजारमा प्रतिस्पर्धी बन्न सक्नुपर्छ । अरुलाई असर गर्ने गरी काम गर्न थाल्यो भने आफ्नै हानी हुन्छ । अरूलाई नि फाइदा पुग्ने गरी काम गर्नुपर्छ । आफ्नो पहिचाहन बनाउन सक्यो भने आफैं स्थापित भइन्छ । अनुशासन, काममा इमान्दारिता भयो भने व्यवसायमा सफलता पाइन्छ ।
नयाँ स्वरूपमा होटल खोल्ने तयारी
होटल नमस्कारका निर्देशक श्रेष्ठ आफूले नयाँ स्वरुपमा होटल सञ्चालन गर्ने सोचमा रहेको बताए । कोरोनाको सुरुवातमा विराटनगरको पुरानो होटल नमस्कार बन्द भएको थियो । होटलको संरचना पुरानो भएको र अहिले नयाँ–नयाँ कुरामा ग्राहकको आकर्षण हुने भएकाले होटल बन्द गरेको उनको भनाइ छ । विराटनगरको पहिलो कफीसप पनि अहिले बन्द भइसकेको छ । अहिले ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा रहेको छ ।
कफीसप पनि पुनःसञ्चालन गर्ने उद्देश्यले छ । अहिले विभिन्न कफी सपमा बारी कफीको काउन्टरहरू सञ्चालनमा छन् । कोरोना महामारी सकिएपछि नयाँ स्वरूपमा होटल सञ्चालन गर्ने तयारी छ । आफ्नो व्यवसायलाई अगाडि बढाउने, सिकेका कुरा युवाहरूलाई सिकाउने र व्यापक रूपमा बजार विस्तार गर्ने उद्देश्य छ । बजारमा स्वस्थ प्रतिस्पर्धा भयो भने व्यवसाय जति बढे पनि चल्छ ।
समय परिवर्तनसँगै आफ्नो व्यवसायलाई पनि परिवर्तन गर्न सक्नुपर्छ र अनुशासन र इमान्दारीलाई छाड्नुहुँदैन । सानैदेखि बुबाको नयाँ–नयाँ सोचबाट प्रभावित भएका श्रेष्ठलाई नयाँ आइडियामा काम गर्ने प्रेरणा बुबाबाटै मिलेको हो । सानैदेखि बुबाको नया आइडिमा काम गरेका उनलाई अहिले पनि आफ्नो नयाँ आइडियामा काम गर्न मन लाग्छ । त्यसै अनुरुप काम पनि गरिरहेका छन् । श्रेष्ठ अहिले धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छन् ।