काठमाडौं । चर्चित व्यक्ति तथा कुशल प्रशासक कुलमान घिसिङ दोस्रो पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सरकारले उनलाई ४ वर्षका लागि प्राधिकरणको बागडोर सम्हाल्ने जिम्मेवारी दिएको छ । काम गर्न र परिणाम निकाल्न माहिर भएकै कारण उनलाई शेरबहादुर देउवा नेतृत्व सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको हो ।
कुलमानलाई सोमबारको मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । आजै पत्र बुझेर प्राधिकरणको जिम्मेबारी सम्हाल्ने तयारी कुलमानको छ । कुलमानको नियुक्तिको खुसियालीमा सहरहरूमा दीपावलीसमेत गरिएको छ ।
पहिलाको जस्तै यो पटक पनि उनले सरकार र जनताको आशामा ऊर्जा थप्ने अपेक्षा गरिएको छ । ५ वर्षअघि कुलमानले विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्दा जुन किसिमको चमत्कार देखाएका थिए, दोस्रो कार्यकालमा उनले योभन्दा बढी गर्ने अपेक्षा गरिएको छ ।
५ वर्षअघि देशमा चरम लोडसेडिङ, अधिक बिजुली चुहावट, प्राधिकरणको नोक्सान बढेर ३४ अर्ब रुपैयाँ पुगेको थियो । संस्थागत सुशासनको अभाव, आयोजनाको काममा ढिलाइलगायत बग्रेल्ति समस्या भएका बेला कुलमान प्राधिकरणका कार्यकारी निर्देशक बनेका थिए । त्यसबेला उनले ठूलो चुनौतीको सामना गर्नुपरेको थियो । उनलाई कार्यकारी निर्देशक बनाउने जनार्दन शर्मा अहिले अर्थमन्त्री छन् । यस कारणले गर्दा पनि उनलाई काम गर्न थप सहज हुने देखिन्छ ।
पहिलो कार्यकालमा कुलमानले देश र जनताले अनुभूति हुने गरी लोडसेडिङको अन्त्य मात्रै गरेनन् विद्युत प्राधिकरणको आन्तरिक समस्या समधानमा पनि सफल नै भए । कार्यकारी निर्देशक हुनसाथ प्रबन्धक तहका युवा इन्जिनियरको टिम बनाएर काम सुरु गरेका थिए । त्यही टिमले उनलाई सफल बनाएको थियो ।
५ वर्षअघि देशमा चरम लोडसेडिङ, अधिक बिजुली चुहावट, प्राधिकरणको नोक्सान बढेर ३४ अर्ब रुपैयाँ पुगेको थियो । संस्थागत सुशासनको अभाव, आयोजनाको काममा ढिलाइलगायत बेग्रलित समस्या भएका बेला कुलमान प्राधिकरणका कार्यकारी निर्देशक बनेका थिए । त्यसबेला उनले ठूलो चुनौतीको सामना गर्नुपरेको थियो । उनलाई कार्यकारी निर्देशक बनाउने जनार्दन शर्मा अहिले अर्थमन्त्री छन् । यस कारणले गर्दा पनि उनलाई काम गर्न थप सहज हुने देखिन्छ ।
कुलमानले नेतृत्व सम्हालेका बेला प्राधिकरणमा चुहावट २७ प्रतिशत थियो । उनले छाडेर जाने बेला घटेर १५ प्रतिशतमा आयो । यस्तै ३४ अर्ब रुपैयाँ सञ्चित नोक्सानमा गएको प्राधिकरणलाई नाफामा लगे । उनले प्राधिकरण छाड्दा ११ अर्ब ६८ करोड रुपैयाँ नाफा भएको थियो । चरम बेथितिको अन्त्य गरेर उनले संस्थागत सुशासन कायम गरेका थिए ।
त्यसै कारण उनले जनताबाट वाही वाही तारिफ पाएका थिए । सफल प्रशासक भनेर चिनिए । लोडसेडिङ अन्त्यको महान काम गरेको भन्दै उनलाई दर्जनौं संघ–संस्थाहरूले सम्मान र पुरस्कृतसमेत गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारले निरन्तरता नदिने भएपछि गत भदौ २९ गते कुलमानले प्राधिकरण छाडेका थिए । ओली सरकारले लेखा निर्देशानलयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएपछि उनको निरन्तरता हुने ढोका बन्द भयो ।
त्यसबेला पनि प्राज्ञिक र जनस्तरबाट कुलमानलाई निरन्तरता दिन सरकारलाई चर्को दबाब आएको थियो । सेलिब्रेटी भएका कारण र कुलमानको छायाँमा पर्ने विश्लेषण ओली सरकारको थियो । कोइरालालाई निमित्त नियुक्त गरेको ३ महिनापछि वरिष्ठतमका आधारमा उपकार्यकारी निर्देशक तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रवन्धक सञ्चालक हितेन्द्र शाक्य कामु कार्यकारी निर्देशक भएका थिए ।
एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । ओली नेतृत्वको सरकारले शाक्यलाई माघ २७ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । गत वर्षको भदौ २९ गते कार्यकाल सकेर कुलमान घिसिङ प्राधिकरणबाट बाहिरिएका थिए ।
घिसिङले लोडसेडिङ हटाइ नोक्सानमा गएका संस्थालाई वित्तीय रूपमा सबल बनाएका थिए । हितेन्द्रले प्राधिकरणको नेतृत्व सम्हालेपछि नाफा ८ अर्ब रुपैयाँ घटेको छ । गत वर्ष साढे ३ अर्ब रुपैयाँ हाराहारीमा मात्र प्राधिकरणले नाफा गरेको छ । कुलमानले छाड्दा प्राधिकरणको नाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो ।
त्यसपछि गुमनाम जस्तै भएका कुलमान पुनः चर्चामा आएका छन् । तर, आज परिस्थिति फरक छ, चुनौती धेरै छन् । चुनौतीका चाङ धेरै भएको अवस्थामा कुलमान प्राधिकरणको कार्यकारी निर्देशक बन्दैछन् । पुनरागमनले उनलाई पहिलो ४ वर्षमा पूरा नभएका कामलाई फत्ते गर्न र नयाँ योजना सुरु गर्नका लागि स्वर्णिम अवसर दिएको छ ।
यस कारण हटाइए हितेन्द्र शाक्य
प्राधिकरणको कामप्रति सरकारले तीव्र असन्तुष्टि जनाउँदै शाक्यलाई सरकारले हटाएको हो । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ । प्रसारण लाइन समयमै नबन्दा आयोजनाबाट बिजुली उत्पादन हुन सकेको छैन ।
पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चुकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको थियो । झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको बिजुली चुहावट शाक्यको कार्यकालमा बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ ।
अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ । बिजुली आपूर्तिमा निरन्तर समस्या देखिएको छ । प्राविधिक रूपमा सक्षम भए पनि व्यवस्थापकीय रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप शाक्यमाथि लगाइएको छ । पछिल्लो समयमा बिजुली निरन्तर गइरहने र गुणस्तरीय बिजुली आपूर्तिमा चुकेको आरोप पनि शाक्यमाथि लागेको छ ।
अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ । बिजुली आपूर्तिमा निरन्तर समस्या देखिएको छ । प्राविधिक रूपमा सक्षम भए पनि व्यवस्थापकीय रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप शाक्यमाथि लगाइएको छ । पछिल्लो समयमा बिजुली निरन्तर गइरहने र गुणस्तरीय बिजुली आपूर्तिमा चुकेको आरोप पनि शाक्यमाथि लागेको छ ।
देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै जोड दिइएको भन्दै मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग किन त्यस्तो भएको हो ? भन्नेबारेमा जानकारी लिएको थियो । गत पुस र माघमा प्राधिकरणले ७०० मेगावाटभन्दा बढी बिजुली आयात गरेको थियो । यो परिमाण हालसम्मकै उच्च हो ।
यस्ता छन् कुलमानका चुनौती
माथिल्लो तामाकोसी जलविद्युत आयोजना आएपछि वर्षादमा करिब ५०० मेगावाट बिजुली खेर जाने कुरा आएको छ । आन्तरिक खपत बढाएर निर्यात गर्नुपर्ने छ । एक वर्षका बीचमा प्राधिकरणमा विभिन्न किसिमका विसंगतिहरू देखिएका छन् । तिनको अन्त्य गर्दै सेवा प्रवाहमा सुधार र सुशासन कायम राख्नुपर्ने छ ।
विद्युत बारम्बार गइरहने समस्याको दीर्घकालीन समस्याको समाधान गरी गुणस्तरीय बिजुली आपूर्तिको व्यवस्थापन विद्युत उत्पादन, प्रसारण, वितरण आयोजनाको निर्माण र सुधारका साथै, चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनीहरूबाट निर्माणाधीन २७० मेगावाटका ४ वटा आयोजना, प्राधिकरण आफैले सहायक कम्पनीबाट निर्माण थालेका थुप्रै तनहुँलगायत आयोजनाको बाँकी काम छिट्टै सक्ने ।
सोलु करिडोरमा बिजुली खेर गइहेको छ । जस्तै हेटौंडादेखि इनरुवासम्म ४०० केभी, बर्दघाट हेटौंडा प्रसारणलाइन निर्माणमा देखिएका अवरोध हटाउने ।
विद्युत खपतका संरचना निर्माण र विस्तार गर्न आवश्यक डेडिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानी ठूलो विवादित विषय बनेको छ । यो मिलाउन ठूलो चुनौती छ । यो मुद्धा उनकै कार्यकालमा उठेकाले समधानको जिम्मा कुलमानको काँधमा आएको छ ।
विद्युत बारम्बार गइरहने समस्याको दीर्घकालीन समस्याको समाधान गरी गुणस्तरीय बिजुली आपूर्तिको व्यवस्थापन विद्युत उत्पादन, प्रसारण, वितरण आयोजनाको निर्माण र सुधारका साथै, चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनीहरूबाट निर्माणाधीन २७० मेगावाटका ४ वटा आयोजना, प्राधिकरण आफैले सहायक कम्पनीबाट निर्माण थालेका थुप्रै तनहुँलगायत आयोजनाको बाँकी काम छिट्टै सक्ने
दूधकोसी, माथिल्लो अरुणलगायत ठूला जलाशययुक्त आयोजनाको अध्ययन पूरा गरेर वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्ने
पुनः बढेको चुहावट नियन्त्रणका साथै प्राधिकरणको नाफा बढाउने ।
निजी लगानी प्रोत्साहन गर्न नदी प्रवाही आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउनुपर्ने छ ।सहायक कम्पनीहरूको क्षमता विस्तार गरी आयोजनाहरूलाई अघि बढाउनेलगायत रहेका छन् ।
यि बाहेक कुलमानले धेरै काम गर्न बाँकी छ । कुलमानलाई हितेन्द्रका कार्यकालमा गुमेको प्राधिकरणको शाखलाई बढाएर नयाँ उचाइमा पुर्याउनु छ । यी काममा सुधार गर्नुका साथै ऊर्जा क्षेत्रलाई अझै नयाँ उचाइमा पुर्याउन ठूलो चुनौतीहरू देखिएका छन् ।
हिजोका दिनमा लोडसेडिङ अन्त्य गरेर वाही वाही कमाएका थिए । आज कुलमानलाई चुनौतीका चाङ छन् । गर्न सकेनन् भने पहिला कमाएका सबै शाख गुम्ने छ । उनी बदनाम हुनेछन् । प्राधिकरणलाई भित्रैबाट बुझेका कुलमानलाई काम गर्ने अवसर पुनः जुरेको छ ।
प्राधिकरणमा सुधार गर्नुपर्ने धेरै ठाउँ छन् । स्रोत र दक्ष जनशक्ति रहेको छ । यस्तै दाताहरू पनि लगानी गर्न तयार छन् । नयाँ काम थाल्न उनलाई सहज अवस्था रहेको छ । कुलमानलाई सफल कार्यकालको शुभकामना ।