काठमाडौं । एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर बजाज पल्सर हुने भएको छ । असाेज ९ गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने टी–२० क्रिकेटको टाइटल स्पन्सर बजाज पल्सर हुने भएको हो ।
योसँगै असोज ९ गते (सेप्टेम्बर २५ ) बाट सुरु हुने खेल बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको रूपमा सञ्चालन हुनेछ । उक्त १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरूको स्वामित्वमा रहेका फ्रेन्चाइजहरू छन् । टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स छन् ।
विश्वव्यापी क्रिकेटका व्यक्तिहरू पिचमा उत्रिएपछि प्रतियोगिताको स्टेजमा राम्रो अवस्था बन्ने बताइएको छ । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केही स्टार खेलाडीहरूमा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज)हरू सामेल छन् ।
बजाज पल्सरलाई नेपाली युवाले माया गरेको र पछिल्ला वर्षहरूमा क्रिकेट पनि नेपाली युवाको जोश बनेको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाको भनाइ छ । ‘हामीले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलका लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौं । हामीले सधंै नेपालमा खेलकुदलाई बढावा दिएका छौं र वर्षौंदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौं ।’
उनले भने, ‘यो एसोसिएसनले पक्कै पनि देशभरिबाट धेरै गुणस्तरीय खेलाडीलाई जन्म दिनेछ, र उनीहरू पनि राष्ट्रिय टोलीका लागि नयाँ खोजको रुपमा स्थापित हुन्छन् । बजाज पल्सर नेपालमा खेलकुदको विकासको लागि हरदम हरपल प्रतिबद्ध रहिरहनेछ ।’
त्यस्तै ईपीएलका प्रवन्ध निर्देशक आमिर अख्तर ईपीएलले स्थापनादेखि नेपाल र विदेशका क्रिकेट प्रेमीहरूबाट ठूलो ध्यान जुटाउन सफल भएको बताए । बजारीकरण क्षेत्रमा पनि ईपीएलको परिणाम स्वरूप प्रभाव देखिएको उनको भनाइ छ । ‘हामी सधैं पक्का छौं कि जुन ब्राण्डलाई ईपीएलले सधैं प्रायोजन गर्छ त्यो ब्रान्डको ईपीएलको समापन पछि सधैं उच्च सम्मान रहन्छ ।
बजाज–ब्रान्ड उत्कृष्टताको एक उदाहरण हो ।’ प्रवन्ध निर्देशक अख्तर भन्छन्, ‘अर्को कुरा, हामी ईपीएलमा लगातार उत्कृष्टताको लागी प्रयास गरिरहेका हुन्छौं र हामीलाई आशा छ यो एसोसिएसनले सबै सरोकारवालाहरूको लागी सफलता र खुशीको धेरै पलहरू ल्याउँनेछ ।’
बजाज पल्सर नेपालमा क्रिकेटको समर्थन गर्न उत्सुक रहेको बताइएको छ । सो संघले युवा क्रिकेटरलाई अवसर प्रदान गरी देशमा खेललाई बढावा दिनमा मद्दत गर्ने जनाएको छ । नेपालमा अत्यन्त लोकप्रिय रहेको उक्त लिगले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभासँग खेल्नेको अनुभव प्रदान गर्ने भएकाले नेपाली क्रिकेटलाई फाइदा हुने विश्वास लिइएको छ ।