काठमाडौं । कोभिड महामारी सुरु हुनुअघि दरबारमार्गमा लण्डन पब र मात्सुरी टोकियो खुले पनि लगत्तै कोभिडले प्रभाव देखिएपछि बन्द भयो । लगानी गरेका व्यवसायी प्रकाश घिमिरेलाई के गर्ने अन्योल भयो नै । किनभने उनले जापानमा पनि केही व्यवसायमा लगानी गरेका थिए ।
कोभिडले विश्वव्यापी प्रभाव र असर पुर्याइरहँदा उनको नेपाल र जापान दुवै देशको व्यवसायलाई पनि असर पुर्यायो । बन्द हुने र आंशिक खुल्ने क्रमले एक वर्ष नाघे पनि अmभैसम्म पूर्ण क्षमतामा दुवै देशको व्यवसाय सञ्चालनमा आएको छैन ।
कोभिडलाई नियन्त्रण गर्न नेपाल र जापान दुवै देशमा लकडाउन भइरहेको छ । लकडाउनकै बीचमा कहिले जापान त कहिले नेपाल ओहोरदोहोर गरिरहेका घिमिरेले व्यवसायमा मात्र होइन कोभिडले समाजमा पुर्याएको असरको समेत अनुभव गर्न पाए ।
घिमिरे डेढ वर्षअघि निषेधाज्ञाकै बीचमा नेपाल आए ।
नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै आएका घिमिरेले त्यसबीचमा केही समय अघिबाट बन्द भएको लण्डन पब र मात्सुरी टोकियोको बिजनेसलाई केही गति दिन सफल भए । पब सञ्चालनमा आउन सकेको छैन भने मात्सुरी टोकियो भने आंशिक सञ्चालनमा आएको छ । उनको अर्को बिजनेस सनरेज ह्याण्डिक्राफ्ट भने निषेधाज्ञाकै बीचमा पनि सञ्चालनमा रहेको थियो ।
निषेधाज्ञा खुकुलो भएसँगै व्यवसायले रफ्तार लिन्छ होला भन्ने सोच बनाएका घिमिरेको मनमा पछिल्लो समय फेरि चिसो पसेको छ । कोभिडका बिरामीहरूको संख्या बढ्दै जानु र प्रशासनले कडाइ गर्दै गएकाले फेरि कडा लकडाउन वा निषेधाज्ञा हुन्छ कि भन्ने अनुमान उनको मानसपटलमा घुम्न थालेको छ ।
नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै आएका घिमिरेले त्यसबीचमा केही समय अघिबाट बन्द भएको लण्डन पब र मात्सुरी टोकियोको बिजनेसलाई केही गति दिन सफल भए । पब सञ्चालनमा आउन सकेको छैन भने मात्सुरी टोकियो भने आंशिक सञ्चालनमा आएको छ ।
उनको अर्को बिजनेस सनरेज ह्याण्डिक्राफ्ट भने निषेधाज्ञाकै बीचमा पनि सञ्चालनमा रहेको थियो ।
४ महिनाअघि मात्र जापान गएर २ साताअघि नेपाल आएका घिमिरे निषेधाज्ञा कडाइको हल्लासँगै फेरि जापान फर्कने सोच बनाउन थालेका छन् । यसअघिका लकडाउन र निषेधाज्ञाको बेला पनि उनी जापानमा गएका थिए ।
जापानमा अहिले पनि संकटकाल घोषणा गरिएको छ । तर, त्यहाँ व्यापार व्यवसाय भने एकदिन पनि बन्द भएको छैन । त्यही भएर निषेधाज्ञामा नेपालमा घरभित्र थुनिएर बस्नुभन्दा उतै गएर काम गर्ने सोच उनको हो र यसअघि पनि त्यस्तै गरेका थिए ।
घिमिरे भन्छन्, नेपाली र जापानीजबीच धेरै अन्तर छ, उनीहरूले कोभिड अघिबाटै मास्क प्रयोग गर्दै आएका थिए, जुन अहिले पनि कायम छ । ‘जापानीजहरू सरकारले भनेको पूर्णरूपमा अनुशासित भएर कार्यान्वयन गर्छन् भने नेपालीहरूले भने अटेर गर्ने गरेको पाइन्छ ।’
जापानमा अहिले पनि संकटकाल लागू गरिएको छ । तर, त्यहाँ सबै गतिविधिहरू चलायमान छन् । सुरुमा एक साताजति विद्यालयहरू बन्द गरिए पनि त्यसपछि भने नियमित रूपमा चलिरहेको छ । मान्नु पर्ने कुराहरू मानिरहेका छन् । रेष्टुराँ होटलहरू चलिरहेकै छन् । मात्र अल्कोहल भने नबेच्न भनिएको छ, सरकारले एक पटक आग्रह गर्याे भने त्यहीअनुसार मानिएको घिमिरे बताउँछन् ।
जापानमा प्राथमिकताको आधारमा आफ्नो पालोमा मात्र खोप लगाउने र त्यो पनि पूर्ण व्यवस्थित रूपमा लगाउने गरेको छ । नेपालमा खोप अव्यवस्थित हुँदा त्यहीको भीडबाट नै कोभिड सरिरहेको छ, खोप पनि होटल, रेष्टुराँ र व्यक्ति–व्यक्तिको घरमा भेटिएको छ । एउटा कुरा हामी नेपालीले खोप लगाउनुपर्छ भन्ने जागरुकता जापानीजको भन्दा बढी देखिन्छ । जापानीजहरू खोप लगाउने विषयमा त्यति चासो राखेको भने देखिँदैन ।
‘त्यहाँ सरकारको तर्फबाट व्यवसायीहरूलाई राहत दिँदै आएको छ । जापानमा जसरी कर तिर्छौं, त्यसैगरी राहत पनि दिँदै आएको छ । नेपालमा कर तिरे पनि यहाँ सुविधा पाइँदैन । त्यहाँको सरकारले गत वर्ष प्रतिदिन ५०० डलरसम्म दिएको थियो । यो वर्ष भने विगतका वर्षको व्यापारको आधारमा राहत दिँदै आएको छ,’ उनले भने ।
‘त्यहाँ सरकारको तर्फबाट व्यवसायीहरूलाई राहत दिँदै आएको छ । जापानमा जसरी कर तिर्छौं, त्यसैगरी राहत पनि दिँदै आएको छ । नेपालमा कर तिरे पनि यहाँ सुविधा पाइँदैन । त्यहाँको सरकारले गत वर्ष प्रतिदिन ५०० डलरसम्म दिएको थियो । यो वर्ष भने विगतका वर्षको व्यापारको आधारमा राहत दिँदै आएको छ,’ उनले भने ।
नेपालको सरकारबाट राहत पाइन्छ भन्ने धेरै अपेक्षा छैन । जापानमा जस्तो नेपालमा पनि चाहिन्छ भन्न पनि मिल्दैन । मात्र व्यापार व्यवसाय गर्ने भएकाले कोभिडकालको बैंकको ब्याजमा छुट गराइदिने र भाडामा छुट दिने व्यवस्था मात्र गरिदियो भने पनि सबैभन्दा ठूलो राहत मिल्ने उनी बताउँछन् ।
‘व्यवसायीहरूलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गरेर काम गर्ने वातावरण सरकारले मिलाइदिए पनि अर्थतन्त्र चलायमान बनाउन र रोजगारीलाई यथावत् राख्न सहयोग पुग्छ,’ उनले भने । जापानमा भाडामा छुट दिने, बिमा गरेका कर्मचारीहरूलाई सरकारले नै तलब दिने गरेको छ यस्ता प्रोत्साहनमुखी कार्यक्रम यहाँ पनि लागू गर्न सकिने उनी बताउँछन् ।
कोभिडले कुनै नेपालीहरूले रोजगारी गुमाएको र अलपत्र परेका छैनन् । सबैले काम पाएका छन् । त्यहाँको कानुन पनि कडा भएकाले कसैले रोजगारी भने गुमाएको छैन । खाना बस्ननै गाह्रो भयो भन्ने अवस्था आएको छैन । कामको अवधि र तलब भने केही घटेको उनले बताए ।
‘यहाँ कहिले कुन नियम आउँछ र के–के गर्न पाइन्छ पाइँदैन भन्ने नै थाहा पाइँदैन । कम्तीमा सरकारी नीति नियम त स्थिर हुनुपर्ने हो । तर, यहाँ गरिएका निर्णयहरू नै कार्यान्वयन भएको पाइँदैन,’ उनले भने ।
विदेशमा केही रकम कमाएपछि नेपालमा लगानी विस्तार गरेकाहरू यहाँको नियम कानुनकै कारण अन्योलमा पर्ने गरेको घिमिरेको गुनासो छ । ‘सरकारले लगानीमैत्री वातावरण र त्यही किसिमको नीति नियम ल्याउन आवश्यक छ, जसले गर्दा विदेशमा रहेका हजारौं व्यवसायीहरूले नेपालमा पनि केही लगानी बढाओस्,’ उनले भने ।