विराटनगर । विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्टस (बाटा) को नयाँ नेतृत्व चयन भएको छ । दोस्रो कार्यकालका लागि पुनः फडिन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्षमा नविन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई, कोषाध्यक्षमा भैरब रिजाल चयन गरेको छ ।
त्यस्तै सदस्यमा तुलसी नेपाल, नारायण पौडेल, हिमा गौतम, लक्षमण घिमिरे, नुतन राई, मन्दिप दाहाल चयन हुनु भएको नव निर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारी नेतृत्वको बाटाले प्रदेश सरकारसंगको सहकार्यमा माउन्टेन फ्लाइट, २० पर्यटन क्षेत्रका युबाहरूका लागि पर्यटक ब्यवहार बिकास तालिम बिराटनगर र दमकमा आयोजना गरिएको थियो । २०७४ र २०७५ सालमा धरानमा इस्ट टुरिजम मार्ट सन्चालन, नेपाल भ्रमण बर्ष २०२० मा प्रदेशको कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह, विभन्न संघ–संस्थाको सहकार्यमा कार्यक्रमहरू संचालन गरेका थिए ।
अधिकारीले दोस्रो कार्यकालको जिम्मेबारी पाएपछि व्यावसायिक क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यहरूको पहिचान प्रचार, प्रसार र प्रवर्द्धन, विराटनगरबाट प्रदेश १ का गन्तव्यहरूमा प्याकेज टुरको व्यवस्थापन, सीमावर्ती क्षेत्रमा बजार बिस्तारका लागि व्यवसायीहरूलाई उत्प्रेरित गर्ने योजना रहेको बताए ।
यसैगरी विभिन्न खाले मार्टहरूमार्फत पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने, सबै पर्यटनसम्बन्धी कार्य गर्ने संघ–संस्थाहरूसँग सहकार्य गर्ने र नयाँ गन्तव्यमा उडानको व्यवस्थापन गर्न एयरलाइन्स कम्पनिहरूसँग संयोजन गर्ने लक्ष्य लिएको उनले बताए ।