काठमाडौं । चेरी कारको नेपालका लागि अधिकारिक बिक्रेताका रुपमा शारदा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालि छनोट भएको छ । विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरीले अधिकारिक बिक्रेताको रुपमा एसपीजीलाई छनोट गरेको हो ।
चेरीको गाडी भने नेपालमा चाँडै सञ्चालनमा आउने कम्पनीले जनाएको छ । चेरी ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालि अटोमोबाइल्स व्यवसाय क्षेत्रमा लामो समयदेखिको अनुभवी कम्पनी हो ।
उक्त सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ । नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्ड इन्टरनेसनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने बताइएको छ ।
जनवरी ८, १९९७ मा चेरी ब्राण्डको स्थापना भएको कम्पनीले जनाएको छ । ब्राण्डको अटोमोबाइल्स कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलो कारले, १८ डिसेम्बर १९९९ बजार प्रवेश गरेको हो । हाल चेरी ब्राण्डको वार्षिक ९ लाख कार, इन्जिन र ४ लाख ट्रान्समिसन उत्पादन क्षमता रहेको छ ।
त्यस्तै चेरी ब्राण्डले पेसेन्जर, कमर्सियल सवारीसाधनको अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्छ । चेरी ब्रान्डका एसेम्बल र पार्टपुर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देशमा फैलिएको छ । हाल विश्व बजारमा चेरी ब्राण्डका २० भन्दा बढी मोडलहरु बिक्रि भइरहेका छन् । साथै कम्पनीले सुरक्षा, ऊर्जा बचत, वातावरण अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जनभन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना कम्पनीले बनाएको छ ।
चेरी ब्राण्डले क्रमिक रूपमा आएसओ ९००१ र जर्मन टीयुभी रेनल्यान आएसओ/टीएस १६९४९ आदिको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । साथै कम्पनीले लगातार पाँच वर्षसम्म चीनमा ‘सर्वश्रेष्ठ विदेशी छवि उद्यम’को सम्मानित उपाधि र उपकरण विनिर्माण उद्योगमा पहिलो स्थान हासिल गरको छ ।
इण्डिपेन्डेन्ट इनोभेसन चेरी ब्राण्ड मुख्य रणनीति रहेको छ । चेरी ब्राण्डले अत्याधुनिक र कोर प्रविधि जस्तै टीजीडीआई, डीभीभीटी, सीभीटी र नयाँ ऊर्जामा धेरै उपलब्धिहरू हासिल गरेको छ । चेरी ब्राण्डले आफ्नो स्थापनादेखि विश्वव्यापीकरण रणनीति लागू गरेको छ र चीनको पहिलो प्यासेन्जर कार कम्पनी बनेको छ ।
त्यस्तै पूरा गाडी, सीकेडी भाग, इन्जिन, विनिर्माण प्रविधि र उपकरणहरू विश्व बजारमा निर्यात गर्छ । हालसम्म, चेरी ब्राण्डले ८० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ । यसले १.८ मिलियनभन्दा बढी सञ्चित निर्यात मात्रासहित १५ सयभन्दा बढी बिक्री तथा सेवा आउटलेटहरू स्थापना गरेको छ । यो एक पंक्तिमा १८ वर्षसम्म चीनमा पेसेन्जर गाडीको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको छ ।
सन् २०१२ मा चेरी र जगुआर ल्यान्ड रोभर मोटर्सले संयुक्त रूपमा चेरी जगुआर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनामा लगानी गरेको थियो । चीनको पहिलो सिनो-ब्रिटिस संयुक्त उद्यम अटोमोबाइल कम्पनी हो। चेरीले ‘इन्डिपेन्डेन्ट इन्नोभेसन, वल्र्ड फस्र्ट क्लास, सर्भिङ मेन्काइन्डू भन्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।