काठमाडौं । नेपाली बजारमा रेनोको नयाँ कार ‘काइगर’ सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले काइगर एसयूभी सार्वजनिक गरेको हो ।
५ सिट भएको साे कारलाई ३ मोडमा चलाउन सकिने कम्पनीले जनाएको छ । सामान्य, इको र स्पोर्ट मोडमा चलाउन सकिने काइगरको आवरण आकर्षक रहेको छ ।
९९९ सीसी क्षमता भएको काइगरमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन रहेको छ । त्यस्तै ७१ बिएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । साथै रेनोले छोटो समयमै नेपालमा राम्रो बजार पाएको कम्पनीले दाबी गरेको छ ।
आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड गरी सो कार ४ संस्करणमा उपलब्ध छ । त्यस्तै नेपालमा उक्त कार ६ रङमा पाइनेसमेत कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार, निलो, रातो, खरानी, सिल्भर, सेतो र खैरो रङ रहने छन् । त्यस मध्ये एक रङ वा दुई मिश्रित रङमा (सिंगल र डुअल टोन) विकल्पमा उपलब्ध हुन्छ । कम्पनीले काइगरको बजार मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रूपैयाँसम्म पर्ने जनाएको छ ।
साथै एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, सी(आकारको एलइडी टेललाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रिकग्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसीलगायत विशेषता सो कारमा छन् ।