काठमाडौं । नेपालमा विश्वबजारका करिब–करिब सबै ब्रान्डहरू उपलब्ध छन् । चाहे ग्याजेट्स होस् वा आउटफिट । सौखिन नेपालीहरू सपिङका लागि ठूला मल र ब्रान्डेड सोरुम पनि धाइरहेको पाइन्छ । छनौटको विकल्प हुँदा उपभोक्ताहरू पनि रोजीरोजी आफ्नो ब्रान्डलाई आफ्नो शरीरमा सजाइरहेका छन् ।
बजारमा अहिले अन्तर्राष्ट्रिय ब्राण्डका कपडाहरूको तीव्र प्रतिस्पर्धा छ । सिजन अनुसारका विभिन्न डिजाइनमा उपलब्ध हुने भएकाले धेरैको रोजाई अन्तर्राष्ट्रिय ब्राण्डमै परेको हुन्छ । विवाह होस् वा अन्य पार्टी, जाडो होस् वा गर्मी मौसम । सबैलाई फिट हुने खालका कपडाहरू उपलब्ध हुने भएकाले पनि अन्तर्राष्ट्रिय ब्राण्डका कपडाहरू नै प्रयोग गर्न खोज्छन्, धेरैले ।
तर, पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्दै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको होमग्रोन ब्रान्ड हो, ‘नेकेड एक्सप्रेस’ । यो ब्राण्डका कपडाहरू अहिले राजधानीका सपिङ मलदेखि कर्णाली प्रदेशको सुर्खेतसम्म फैलिएको छ ।
यही बीचमा नेपालीहरू माझमा नेकेड एक्सप्रेसले प्रख्याति मात्र कमाएको छैन धेरैको रोजाईमा समेत परिरहेको छ । विदेशी ब्राण्डलाई चुनौती दिँदै ७ वर्ष अघिबाट नेपाली बजारमा आफ्ना ब्राण्डलाई स्थापित गराउने व्यवसायी हुन्, किशोर खतिवडा ।
२० वर्षदेखि रेडिमेट सामानहरू आयात गरी बिक्री वितरण गर्दै आएका खतिवडाले विश्वका विभिन्न ब्रान्डहरू बेच्दाबेच्दै आफ्नै ब्राण्डमा कपडाहरू उत्पादन गरी बिक्री थालेका हुन् । खतिवडाले २०७१ सालबाट नेकेड एक्सप्रेस नामबाट विभिन्न कपडाहरू उत्पादन गरी बिक्री थालेपछि यसले बिस्तारै नेपालभर बजार लिन थालेको हो ।
पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्दै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको होमग्रोन ब्रान्ड हो, ‘नेकेड एक्सप्रेस’ । यो ब्राण्डका कपडाहरू अहिले राजधानीका सपिङ मलदेखि कर्णाली प्रदेशको सुर्खेतसम्म फैलिएको छ । यही बीचमा नेपालीहरू माझमा नेकेड एक्सप्रेसले प्रख्याति मात्र कमाएको छैन धेरैको रोजाईमा समेत परिरहेको छ । विदेशी ब्राण्डलाई चुनौती दिँदै ७ वर्ष अघिबाट नेपाली बजारमा आफ्ना ब्राण्डलाई स्थापित गराउने व्यवसायी हुन्, किशोर खतिवडा ।
‘बहुराष्ट्रिय ब्राण्डहरूले नेपालको बजार ओगटी रहेको अवस्थामा अब अरूको कपडाहरू मात्र बेच्नुभन्दा आफ्नै ब्राण्डको अवधारणामा गयौं भने अवश्य सफलता मिल्छ भन्ने सोच राखेर अगाडि बढेको हो,’ उनले भने ।
विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सुपथ मूल्यमा नेकेड एक्सप्रेसका ब्राण्डहरू बिक्री गरिएकैले अहिलेसम्म सफलतामा रहेको उनले बताए ।
ग्राहकहरूको रोजाईमा भने मेडइन नेपाल लेखियो भने त्यो सामान कमजोर नै हुन्छ भन्ने मानसिकताले नै गर्दा मेडइन चाइना र मेडइन इण्डिया लेख्न बाध्य भएको अवस्था बजारमा रहेको बताउँछन् ।
त्यही भएर ग्राहकको विश्वासका लागि चाइना र नेपालमा पनि ट्रेडमार्क दर्ता गरेर नेकेड एक्प्रेसले आफ्नो उत्पादनहरू बिक्री वितरण गरिरहेको छ ।
अहिले नेकेडले चीन र नेपालमा उत्पादन गरिरहेको छ । नेपालमा अहिले हाफ पाइन्ट, कटन पाइन्टहरू उत्पादन गरिरहेका छौं, अर्थात जुन कपडा ‘वास’ गर्नुपर्दैन तिनीहरू नेपालमै बनाइरहेका छौं । कपडाको वास निकाल्न चीनको गोन्जाओमै जानुपर्छ ।
टिर्सटहरू पनि नेपालमा बनाउन सकिन्छ तर यसको स्टेचिङ्गदेखि लिएर केही आवश्यक सामग्रीहरूको अभाव हुने भएकाले उतै उत्पादन गरेको खतिवडा बताउँछन् ।
‘चीनबाट सामान ल्याएर यतिका वर्षसम्म व्यापार गर्दा अहिलेसम्म चाइनिज नामले मात्र चिनिएकाले अब, आफ्नै नाममा चिनिनुपर्छ भन्ने सोचका साथ नेपाली ब्राण्डलाई स्थापित गर्न नेकेड एक्सप्रेस लिएर आएको हुँ,’ उनी भन्छन् । ‘चाइनामै उत्पादन भएको सामान बेच्दा पनि त्यहाँको नामबाट चिनिने भएकाले नेपाली ब्राण्डमा ल्याएको हुँ , अहिले नेपालमा मात्र होइन, विदेशमा समेत यसको लोकप्रियता बढिरहेको छ’, सञ्चालक खतिवडाले भने ।
ठूला ठूला ब्राण्डहरू सयौं वर्ष भइसकेको छ । तर, हामी ७ वर्षको अन्तरालमा पनि बजारमा प्रतिस्पर्धी भइसकेका छौं । ‘मल्टिनेसनल ब्राण्डसँग प्रतिस्पर्धा गर्नु भनेको हामीले केही नयाँ सिक्नु पनि हो जस्तो लाग्छ,’ उनले भने ।
त्यसैले सिक्दै काम गर्दै गएको छु । ५/६ वर्ष अघि नेपाली ब्राण्डलाई हेर्ने दृष्टिकोण र अहिलेको दृष्टिकोणमा ग्राहकहरूमा धेरै परिवर्तन आइसकेको छ । नेपाली ग्राहकहरूको मनमस्तिष्कमा नै नेकेड एक्सप्रेस बसिसकेको छ ।
नेकेड एक्सप्रेस भनेको राम्रो ब्राण्ड हो, यसका उत्पादनहरू किन्दा हामी ठगिदैनौैं भन्ने छाप धेरै नेपालीहरूमा परिसकेको छ । अरू ब्राण्डको सामान बेचिरहँदा एक्कासि आफ्नै ब्राण्डमा आउँदा आफू केही समस्या नआएको उनी बताउँछन् । ‘किनभने लामो समयदेखि रेडिमेड सामानहरू बिक्री गरिरहेकाले ग्राहकले सहजै रूपमा विश्वास गरिदिनुभयो,’ उनले भने ।
ठूला–ठूला ब्राण्डहरू सयौं वर्ष भइसकेको छ । तर, हामी ७ वर्षको अन्तरालमा पनि बजारमा प्रतिस्पर्धी भइसकेका छौं । ‘मल्टिनेसनल ब्राण्डसँग प्रतिस्पर्धा गर्नु भनेको हामीले केही नयाँ सिक्नु पनि हो जस्तो लाग्छ,’ उनले भने । त्यसैले सिक्दै काम गर्दै गएको छु । ५/६ वर्ष अघि नेपाली ब्राण्डलाई हेर्ने दृष्टिकोण र अहिलेको दृष्टिकोणमा ग्राहकहरूमा धेरै परिवर्तन आइसकेको छ । नेपाली ग्राहकहरूको मनमस्तिष्कमा नै नेकेड एक्सप्रेस बसिसकेको छ ।
बजारमा अहिले ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ । तथापी, आफ्नो ब्राण्डको विषयमा सबैले राम्रो भन्छन्, तर हामी ग्राहकको रोजाईमा छौं ।
‘मल्टिनेसनल ब्राण्डहरूसँग नेकेड एक्सप्रेसलाई प्रतिस्पर्धा गर्न कुनै समस्या छैन । किन कि हाम्रो उत्पादन गुणस्तरीय छ । गुणस्तरमा कुनै सम्झौता नभएकाले नै अहिलेसम्म टिकिरहेका छौं,’ उनले भने ।
पहिला¬–पहिला ग्राहकहरूले पाइण्ट खोज्दा लिभाइज, लाइकी र पेपे ब्राण्डलाई धेरै खोज्नुहुन्थ्यो । अहिले ७/८ वर्षको अन्तरालमा हामीले पनि त्यही गुणस्तरका सामानहरू प्रयोग गरेर पाइण्टहरू बजारमा ल्याएपछि त्योभन्दा सस्तोमा दिन थालेपछि धेरैको रोजाइमा परेको छ ।
नेकेडसँग जिन्सका सबै प्रकारका लुगाहरू पाइन्छ भने अबको केही समयपछि बालबालिका र महिलाहरूलाई लक्षित गरी ल्याउने तयारीमा लागिएको छ । योसँगै जुत्ता र ब्यागसमेत ल्याउन लागिएको छ । यसरी हेर्दा मानिसलाई चाहिने पैतालादेखि शिरसम्मका सबै कपडाहरू नेकेड एक्प्रेसमा उपलब्ध गराउने तयारीमा जुटेका छौं ।
‘नेकेड ब्राण्डको कपडाहरू चाहियो भनेर अस्ट्रेलिया लगायतका मुलुकबाट समेत डिमाण्ड आइरहेको छ,’ सञ्चालक खतिवडाले भने, त्यही भएर यो ब्राण्डलाई नेपाली नाममा विश्वबजारमा चिनाउने उद्देश्यका साथ गुणस्तरीय सामानहरू उत्पादनमा ध्यान दिइरहेका छौं ।’
नेकेड एक्सप्रेसको होलसेल पसल काठमाडौं बाहिर १० र काठमाडौंभित्र २ वटा छ । खुद्रा व्यवसायीका लागि काठमाडौंमा जुन मूल्यमा सामान दिन्छौं त्यही मूल्यमा बाहिरका होलसेल पसलहरूबाट पाउने छन् । नेपालभरिका ८ सयवटा पसलहरूमा नेकेड एक्प्रेसका सामानहरू बिक्री भइरहेको छ । चाइनामा नेकेडको आफ्नै उद्योग छ । ‘नेपालीको नाममा चाइनमा ट्रेडमार्क दर्ता गरेर काम गर्दै आएका छौं,’ उनले भने ।
नेकेडले चाइना बाहेक भियतनाम, इन्डोनेसियाबाट पनि कपडाहरू उत्पादन गरेर ल्याउने तयारी गरेको छ । तर, इन्डोनेसियाबाट नेकेड एक्सप्रेसको नाममा उत्पादन गरेर ल्याउँदा भने भन्सारमा समस्या हुने भएकाले अहिलेलाई त्यतिकै राखिएको छ ।
जुत्ता उत्पादन भने भियतनाममा गरेर ल्याउने सोच बनाएका छौं । नेपाल पनि अहिले जुत्ताका लागि आत्मनिर्भर भइरहेको बेला अब रेडिमेड सामानका लागि पनि आत्मनिर्भर बन्न सक्छ भन्ने लागेको छ ।
डलरको मूल्य बढेको कारणले पछिल्लो समय सामानको मूल्य केही मात्रामा बढेको छ । सरकारले पनि भन्सारमा शुल्क केही बढाएको छ । पहिला जिन्स पाइटको ३ डलरसम्म भन्सार शुल्क थियो भने अहिले बढाएर ६ देखि ७ डलरसम्म पुर्याएको छ ।
नेकेड एक्सप्रेसको होलसेल पसल काठमाडौं बाहिर १० र काठमाडौंभित्र २ वटा छ । खुद्रा व्यवसायीका लागि काठमाडौंमा जुन मूल्यमा सामान दिन्छौं त्यही मूल्यमा बाहिरका होलसेल पसलहरूबाट पाउने छन् । नेपालभरिका ८ सयवटा पसलहरूमा नेकेड एक्प्रेसका सामानहरू बिक्री भइरहेको छ । चाइनामा नेकेडको आफ्नै उद्योग छ । ‘नेपालीको नाममा चाइनमा ट्रेडमार्क दर्ता गरेर काम गर्दै आएका छौं,’ उनले भने ।
यसले गर्दा आयातीत सामानहरू महँगो हुन पुगेको हो । अन्तर्राष्ट्रिय ब्राण्डकै जस्तो गुणस्तरीय कपडा सस्तोमा दिएकै कारण ग्राहकहरूको रोजाईमा परिएको उनको दाबी छ ।
‘एक हिसाबले उद्योगहरू नेपालमै सञ्चालन होस् र यही रोजगारी सिर्जना होस् भन्ने पनि होला तर त्यसका लागि आवश्यक कच्चा पदार्थहरू चीन र भारतसँग नै आत्मनिर्भर हुनुपर्ने भएकाले त्यति सहज भने देखिँदैन,’ उनी भन्छन् ।
रेडिमेड सामान बेच्दा बेच्दै उद्यमी बनेका खतिवडा
खतिवडा लामो समयदेखि चीनबाट रेडिमेट सामान ल्याएर बिक्री गर्ने व्यवसायी हुन् । बागमती प्रदेशको हेटौंडामा जन्मिएका खतिवडा स्कुल लेभलको पढाइसकेपछि व्यवसाय गर्नभन्दै नेपालगन्ज गएका थिए ।
उनले त्यहाँ करिब १० वर्ष बिताए । त्यहाँबाट चीनबाट आउने सामान व्यापारका लागि काठमाडौं आए । चीनबाट सामान ल्याएर बिक्री गर्न थालेकै २० वर्ष भइसकेको उनी बताउँछन् । उनले आफ्नै ब्राण्ड उत्पादन र बिक्री सुरु गरेको भने ७ वर्ष मात्र भयो ।
२०५८ सालमा नेपालगन्जमा रेडिमेड (तयारी लुगा) को पसल गर्दै आएका खतिवडा २०६६ सालमा काठमाडौंमा आएका हुन् । काठमाडौंमा आएपछि पनि उनले विभिन्न ब्राण्डका कपडाहरूकै व्यापार सुरु गरे ।
उनले त्यो बेला विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरू लिभाइज, एडिडास, नाइकी लगायतका उत्पादनहरू बिक्री गथ्र्ये । धेरैको रोजाईमा अन्तर्राष्ट्रिय ब्राण्ड किन मन पर्दो रहेछ भन्ने उनले केही समय अध्ययनसमेत गरे ।
उनले ग्राहकहरूसँग त्यहाँका विभिन्न ब्राण्डहरूको विश्वासकै कारण धेरैको रोजाई पर्ने देखेपछि हामी नेपालीले पनि यस्तै ब्राण्ड बनाउन सकिँदैन त भन्ने सोच आएको उनी बताउँछन् ।
ग्राहकलाई गुणस्तरीय सामान दिन सकियो भने नेपाली ब्राण्ड पनि लोकप्रिय हुन्छ भन्ने अठोटका साथ उनले नेकेड एक्सप्रेसलाई अगाडि बढाउने निधो गरे । त्यति मात्र होइन, ब्राण्डको नाममा करोडौं रूपमा विदेशमा गइरहेको बेला नेपाली ब्राण्डले नै बजार हिंसा ओगट्न सक्यो भने त्यो पैसा यही राख्न सकिन्छ भन्ने लागेपछि काम सुरु गरिएको उनको भनाइ छ । जुन, अहिलेको सफलता र लोकप्रियता देख्दा आफूले आफैंलाई नै गर्व महसुस गर्ने बताउँछन् ।
राजनीतिक स्थिरता रह्यो र बिजुली अहिलेकै अवस्थामा सधैंभरि पाउने भयो भने नेपालमै आवश्यक सबै कपडाहरू उत्पादन गर्न सकिने उनको भनाई छ । यदि, यसका लागि सरकारले आवश्यक पहलकदमी र उद्योगमैत्री वातावरण बनायो भने मेड इन नेपाल भनेरै आफ्ना उत्पादनहरू बिक्री वितरण गर्न सकिने उनी बताउँछन् । यदि, यसो गर्न सकिएमा उत्पादनका लागि बिदेशिने रकम जोगिन्छ र यही रोजगारीको पनि सिर्जना हुने उनको दाबी छ ।