सरकारले बजेटमार्फत नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई अघि बढाउन विशेष कार्यक्रम ल्याएको छ । सोही कार्यक्रमका आधारमा उद्योग संगठन मोरङले नवीन व्यावसायिक सोच विचार तथा अवधारणा भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्ने उद्देश्यले ‘स्टार्टअप एण्ड इनोभेसन’ कार्यक्रम सुरु गरेको छ । साउन १ गतेदेखि सुरु भएको कार्यक्रमको अनलाइनमार्फत आवेदन माग्न सुरु गरिएको छ ।
प्राविधिक तथा व्यावसायिक विकास सेवाहरूको सहयोग गर्नुका साथै वित्तीय एवं अन्य लगानी पहुँचका लागि सहजीकरण तथा समन्वय गरी नयाँ व्यवसायहरूको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यक्रम शुभारम्भ गरिएको संगठनले जनाएको छ ।
संगठनका कार्यकारी सदस्य सुरेन्द्र गोल्छाको संयोजकत्वमा स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरिएको छ । यो कार्यक्रम किन सुरु गरियो ?रोजगारीको अवस्था, लगानी लगायतका विषय केन्द्रित रहेर क्यापिटल नेपालका लागि संवाददाता चीना थापाले समितिका संयोजक गोल्छासँग गरेको कुराकानी ।
उद्योग संगठनले ‘स्टार्टअप एण्ड इनोभेसन’ सुरु गरेको छ । यो कस्तो कार्यक्रम हो ?
स्टार्टअप भन्नाले व्यावसायिक विकासको बृहत्तर सम्भावना भएको त्यस्तो कुनै नवीन सोच, आइडिया वा अवधारणामा आधारित सुरुआती व्यवसाय हो । कुनै पनि व्यावसायिक आइडिया जसले उपलब्ध साधन स्रोतलाई अधिकतम उपयोग गर्दै सामाजिक आवश्यकताहरूको परिपूर्तिका लागि नौलो वा हाल भइरहेको कार्यलाई फरक, आकर्षक, सर्वसुलभ ढंगले परिपूर्ति गर्छ वा गर्ने प्रयास हुन्छ त्यसलाई स्टार्टअप भन्छौं । आयातित वस्तु तथा सेवाहरूलाई प्रतिस्थापन गर्ने वा निर्यातलाई बढावा दिने वस्तु तथा सेवा उत्पादन तथा वितरणको प्रक्रियामा आबद्ध व्यवसायलाई स्टार्टअप व्यवसाय भनिएको छ ।
यसमा कस्ता व्यक्तिहरू सहभागी हुन सक्छन् ?
आफ्नो व्यवसायको कार्यक्षेत्र प्रदेश नं १ भित्र हुनुपर्यो । कार्यक्षेत्र प्रदेश १ बनाउने गरी सबै नेपाली नगरिकले आवेदन दिन मिल्छ । उहाँहरूलाई हामी छनौट प्रक्रियामा सहभागी गराउँछौं । व्यक्ति जहाँसुकैको हुन सक्छ । काम प्रदेश १ को जुनसुकै ठाउँमा गर्न सकिन्छ । प्रदेश १ को व्यक्ति छ भने अन्य ठाउँमा गएर आफ्नो व्यवसाय गर्न पनि सकिन्छ ।
यो कार्यक्रमले नवीन सोचमा आधारित, स्तरोन्नति तथा अनुशरण गर्ने सम्भावना भएकालाई प्राथमिकतामा राखेको छ । भइरहेका उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा आधारित जुनसुकै क्षेत्रको व्यवसायको सम्भावना बोकेको आइडिया वा व्यवसायलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी, कृषि तथा कृषिजन्य व्यवसाय र यसको मूल्य श्रृंखलाभित्र पर्ने सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित व्यवसायलाई विशेष ग्राह्यता दिइएको छ ।
कार्यक्रमले कस्तो व्यावसायिक सोचलाई प्राथमिकता दिएको छ ?
यो कार्यक्रमले नवीन सोचमा आधारित, स्तरोन्नति तथा अनुशरण गर्ने सम्भावना भएकालाई प्राथमिकतामा राखेको छ । भइरहेका उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा आधारित जुनसुकै क्षेत्रको व्यवसायको सम्भावना बोकेको आइडिया वा व्यवसायलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी, कृषि तथा कृषिजन्य व्यवसाय र यसको मूल्य श्रृंखलाभित्र पर्ने सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित व्यवसायलाई विशेष ग्राह्यता दिइएको छ ।
यहाँ नवीनतम, नवीन व्यावसायिक अवधारणा भन्नाले विल्कुलै नयाँ, संसारमा नभएको भन्ने अर्थमा प्रयोग भएको होइन । नवीन भन्नाले कुनै पनि चिजलाई फरक तथा आकर्षक, एवं प्रभावकारी रूपमा प्रस्तुत गर्नु पनि हो भन्ने अर्थमा लिइएको छ । तसर्थ, कुनै नौलो वा नवीन वस्तु तथा सेवाका साथै अहिले हामीले देखेका उद्योग व्यवसाय र तिनको उत्पादन प्रक्रिया, बजारीकरण, वितरण वा अन्य स्टेपमा भइरहेको प्रयोगभन्दा फरक तर प्रभावकारी ढंगबाट गरिने सोच नवीन हुन् ।
दुई वा दुईभन्दा बढी व्यक्ति वा समूह मिलेर आवेदन गर्न सक्छन कि सक्दैनन् ?
दुई वा दुईभन्दा बढी व्यक्ति वा समूह मिलेर आवेदन गर्न पनि सकिने छ । तर, कार्यक्रममा सहभागी हुने मुख्य प्रतिनिधिको नाम तथा सम्पर्क विवरण, बायोडाटा, नागरिकतालगायत आवेदनले माग गरेअनुसार उल्लेख हुनुपर्छ । कार्यक्रमले उक्त तोकिएको प्रतिनिधिलाई मात्रै आफ्ना कार्यक्रमहरूमा सहभागी गराउने, सेवा उपलब्ध गराउने र सम्पर्क गरिनेछ ।
एक व्यक्तिले कति वटासम्म आइडिया वा व्यवसायका लागि आवेदन गर्न सक्छ ?
एक जनाले एकभन्दा बढी आइडिया वा व्यवसायका लागि आवेदन दिन सक्नेछ । तर, कार्यक्रमले एक व्यक्ति वा समूहको १ भन्दा बढी आइडिया वा व्यवसायलाई छनोट गर्ने छैन । आफूसँग भएको सबैभन्दा नवीन तथा सम्भावना भएको १ मात्र स्टार्टअप व्यवसायको आवेदन पेश गर्न कार्यक्रमका तर्फबाट अभिप्रेरित गर्छ ।
छनोट भएपछि नवीनतम् व्यवसाय सुरु गर्न पुँजी चाहिन्छ । स्टार्टअपलाई लगानीको व्यवस्थापन कहाँबाट गर्दै हुनुहुन्छ ?
कार्यक्रमले लगानी तथा कर्जा प्रवाहका लागि सहजीकरण गर्छ । नबिल बैंकले छनोट भएका व्यवसायलाई कर्जा पहुँच उपलब्ध गराउन यो कार्यक्रममा सहकार्य गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पनि सहकार्य गरिँदैछ । लगानी तथा कर्जा प्रवाहका लागि कार्यक्रमका तर्फबाट अधिकतम प्रयास रहनेछ ।
उद्योग संगठन मोरङ र यस कार्यक्रमका साझेदार सबै संस्थाहरू नवीन आइडिया वा विचारहरू सुरक्षित र तिनको संरक्षणका लागि अत्यन्तै संवेदनशील छन् । साथै, कार्यक्रममा संलग्न सबै व्यक्तिहरू जस्तैः कर्मचारी, छनोटमा संलग्न विज्ञहरू, मेन्टर, परामर्शदाताहरू, साथी उद्यमी, अन्य अनुसन्धान एवं प्रयोगशालामा सहजीकरण गर्ने कार्यमा संलग्न सबैलाई कार्यक्रमले नैतिक रूपमा प्रतिवद्ध गराउनेछ ।
नवीन आइडियाहरूको संरक्षण गर्न यो कार्यक्रमले के कस्तो रणनीति अपनाएको छ ?
उद्योग संगठन मोरङ र यस कार्यक्रमका साझेदार सबै संस्थाहरू नवीन आइडिया वा विचारहरू सुरक्षित र तिनको संरक्षणका लागि अत्यन्तै संवेदनशील छन् । साथै, कार्यक्रममा संलग्न सबै व्यक्तिहरू जस्तैः कर्मचारी, छनोटमा संलग्न विज्ञहरू, मेन्टर, परामर्शदाताहरू, साथी उद्यमी, अन्य अनुसन्धान एवं प्रयोगशालामा सहजीकरण गर्ने कार्यमा संलग्न सबैलाई कार्यक्रमले नैतिक रूपमा प्रतिवद्ध गराउनेछ ।
यो कार्यक्रममार्फत उपलब्ध हुने सेवा के–के हुन् ?
मेन्टरसीप सेवाः छनोट भएका स्टार्टअपहरूलाई व्यवसायिक योजना तर्जुमा, वित्तीय, बजार, उत्पादन, व्यवस्थापन, कानुन, प्रशासन, व्यवसाय दर्ता, कानुनी, प्रशासनिक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मावनस्रोत व्यवस्थापन, लगायतका विषयहरूमा मेन्टरसिप सेवा प्रदान गरिनेछ । यस्तो सेवा संगठनले छनोट सदस्य उद्योगहरूमा विभिन्न क्षमतामा काम गर्ने विज्ञहरू, सफल उद्यमीहरू, विषय विज्ञ प्राविधिकहरू, वरिष्ठ वित्तीय विश्लेषक चार्टर एकाउन्टेन्ट, कानुन विज्ञहरूलाई मेन्टरका रूपमा छनोट गरिएको छ । यसरी छनोट भएका विज्ञहरूबाट मेन्टरसिप सेवा उपलब्ध गराइनेछ ।
प्रयोगशाला परीक्षण तथा अनुसन्धानमूलक सेवाः छनोट भएको स्टार्टअपको आवश्यकताअनुसार नमुना उत्पादन (प्रोटोटाइपिङ), प्रयोगशाला परीक्षण तथा अनुसन्धानका लागि साझेदार संस्थाहरूमार्फत सेवा उपलब्ध गराइनेछ । अनुसन्धानमूलक र प्रयोगशाला परीक्षणसम्बन्धी सेवाको व्यवस्थापनका लागि पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, राष्ट्रिय आविष्कार केन्द्र र क्षेत्रीय कृषि अनुसन्धान परिषद् जस्ता शैक्षिक एवं अनुसन्धानमूलक संस्थाहरूसँग सहकार्य गरिएको छ ।
लगानी तथा सञ्जालीकरण सेवाः छनोट भएको स्टार्टअप व्यवसायमा लगानीको व्यवस्थापन गर्न भेन्चर क्यापिटल र एन्जेल क्यापिटल लगायतका लगानीहरूको समन्वय गर्न, यस्तो लगानीको मोडेल विधि र प्रक्रिया तयार पारी लगानीका लागि सहजीकरण गरिनेछ । यसका लागि अन्तरप्रेरणा प्रालि नामक संस्थासँग सहकार्य गरिएको छ ।
कर्जा पहुँचमा सहजीकरण सेवाः छनोट भएको उद्यमीलाई कर्जा पहुँचमा सहजीकरण गर्न नबिल बैंकसँग सहकार्य गरिएको छ । नबिल बैंकले यस कार्यक्रममार्फत सरकारले घोषणा गरेका सहुलियतपूर्ण कर्जा तथा अन्य कर्जाका लागि योग्य स्टार्टअपलाई कर्जा प्रदान गर्न नबिल र अन्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत अधिकतम सहजीकरण गरिने छ ।
साथी उद्यमी सेवाः छनोट भएको उद्यमीलाई कार्यक्रम अवधिभर साथी उद्यमी सेवा उपलब्ध गराइनेछ । यस सेवाअन्तर्गत संगठनको एक सफल उद्योगीसँग अनुभव सेयर गर्ने, व्यावसायिक तौरतरिका सिक्ने अवसरका रूपमा स्टार्टअपले उपयोग गर्न सक्नेछन् । कर्जा पहुँचमा सहजीकरण गर्न नबिलसँग सहकार्य गरिएको हो ।
विराटनगर आएर सहभागी हुन नसक्ने दूरदराजकालाई सहभागी गराउन कस्तो व्यवस्था गरिएको छ ?
कार्यक्रमले उपलब्ध गराउने सेवाहरू भौतिक तथा भर्चुअल माध्यमबाट, समूहमा वा व्यवसायको प्रकृतिका आधारमा एक जनालाई छुट्टैसमेत सेवा उपलब्ध गराउनेछ । कतिपय प्राविधिक, व्यावसायिक परामर्शसम्बन्धी सेवाहरू टेलिफोन, इमेल वा भर्चुअल कन्फेरेन्स, बैठक तथा कुराकानीबाट समेत उपलब्ध गराउन सकिनेछ ।
त्यसैगरी, कार्यक्रमले समयको निश्चित अन्तरालमा मात्रै विराटनगरमा बोलाउन सक्छ । यो कार्यक्रमले व्यावसायिक विकास सेवाहरूको एउटा बृहत्तर ‘इकोसिष्टमको’ जग बसाल्न विश्वविद्यालय एवं अनुसन्धान केन्द्रहरू, तिनै तहको सरकार र निजी क्षेत्रबीच संरचनागत सहकार्यका मार्फतबाट एउटा सफल प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ । तसर्थ, स्टार्टअप व्यवसायको अवधारणालाई निश्चित कोठाभित्र बसेर गरिने तालिम आदिको रूपमा मात्रै हेर्नुहुँदैन ।
त्यसैगरी, कार्यक्रमले समयको निश्चित अन्तरालमा मात्रै विराटनगरमा बोलाउन सक्छ । यो कार्यक्रमले व्यावसायिक विकास सेवाहरूको एउटा बृहत्तर ‘इकोसिष्टमको’ जग बसाल्न विश्वविद्यालय एवं अनुसन्धान केन्द्रहरू, तिनै तहको सरकार र निजी क्षेत्रबीच संरचनागत सहकार्यका मार्फतबाट एउटा सफल प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ । तसर्थ, स्टार्टअप व्यवसायको अवधारणालाई निश्चित कोठाभित्र बसेर गरिने तालिम आदिको रूपमा मात्रै हेर्नुहुँदैन ।
त्यसकारण जो जहाँ भए पनि आफ्नो ठाउँमा नै बसेर स्टार्टअप व्यवसाय अघि बढाउन सक्छन् । कार्यक्रमले आवश्यक देखेमात्र विराटनगर आउनुपर्ने हुन्छ । यसरी आउँदा जाँदा लाग्ने खर्च सम्बन्धित स्टार्टअप कै हुन्छ । टेलिकन्फेरेन्स, टेलिफोन तथा अन्य माध्यमबाट समेत मेन्टर, परामर्श तथा प्राविधिक परामर्श उपलब्ध गराउन सकिनेछ । प्राविधिक निरीक्षण गर्नुपर्ने आवश्यकता भएको खण्डमा कार्यक्रमले रोष्टरमा रहेको सम्बन्धित प्राविधिकले सेवा दिन सक्नुहुनेछ ।
छनोटको प्रक्रिया कस्तो हुन्छ ?
प्राप्त आवेदनहरूलाई २ चरणमा छनोट गरिने छ । पहिलो चरणमा आवेदनमा उल्लेख गरिएको सूचना जानकारी, आवेदकको पृष्ठभूमि बायोडाटाका आधारमा प्रस्तावको प्रष्टता, सोचको स्पष्टता, प्रस्तावको नवीन सोच, नवीन प्रविधि, लगायतका आधारमा छनोट गरिनेछ । पहिलो चरणमा छनौट भएका आवेदकलाई दोस्रो चरणमा प्रस्तुतीकरण र अन्तर्वार्ताको माध्यमबाट छनोट गरिनेछ ।
कतिपयलाई यसको जानकारी नै छैन, प्रचार–प्रसार कत्तिको भएको छ ? अहिलेसम्म कति आवेदनहरू परेका छन् ?
आवेदकलाई आवेदनका लागि सहजीकरण संगठनले ७ देखि साउन १५ गतेसम्म भर्चुअल अन्तरक्रियासमेत आयोजना गर्दैछ । संगठनको फेसबुक पेजमार्फत समय र लिंकको जानकारी गराइनेछ ।स्टार्टअप तथा इनोभेसन कार्यक्रमका बारेमा धेरैभन्दा सम्भावित आवेदनकर्ताहरू समक्ष सूचना सम्प्रेषण गर्न र आवदेन प्रक्रियामा सहजीकरणमा गर्न आगामी साताभरि विभिन्न चरणमा भर्चुअल अन्तरक्रिया आयोजना गर्ने तयारी संगठनले गरेको छ । अहिलेसम्म ठ्याक्कै त भन्न सक्दिन २० देखि २५ वटासम्म आएका छन् ।
रोजगारीको अवस्था कस्तो हुन्छ ? अर्थतन्त्रमा यसले कस्तो योगदान दिनेछ ?
नेपालको अर्थतन्त्रलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो । सरकारले पनि नवीन सोचले व्यवसाय गर्ने र नयाँ आइडिया भएकालाई सहयोग गर्ने नीति लिएको छ । यो नेपालका लागि नयाँ हो । नेपालको अर्थतन्त्रलाई उकास्न हामीले यो नयाँ सोच अगाडि सारेका हौं । एक जनाले कम्तीमा पनि १० जनालाई रोजगारी दिन सक्यो भने ३/४ सय जनाले रोजगारी पाउँछन् । त्यो क्रम बढ्दै जान सक्छ । रोजगारी सँगसँगैै अर्थतन्त्रमा यो कार्यक्रमले टेवा पुर्याउनेछ ।
यो नयाँ कार्यक्रम हो । निकै प्रभावकारी हुने हामीले सोचेका छौं । पहिलो चरणमा ५ सय जतिको आवेदनको अपेक्षा गरेका छौं । पहिलो १ सय आवेदनलाई यथार्थ र सम्भाव्यताको आधारमा छनोट गरिनेछ । १८ महिनाको कार्यक्रम हो । यो सकिएपछि हामी फेरि अर्को लटलाई लिने छौं । यसरी निरन्तर हाम्रो कार्यक्रम अघि बढिरहनेछ ।